Prakash Rijal Page

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Rijal Page, Tutor/Teacher, Pokhara.

28/09/2024

यो देशका सरकारी नकाय र ती निकायहरुबीचको समन्वय यति निकम्मा भइसकेछ कि मौसम पूर्वानुमान महाशाखाले ९६ घण्टा पहिला एउटा र ७२ घण्टा अगाडि दोस्रो रेड अलर्ट जारी गर्दा पनि राजधानी मै सामजिक सञ्जालमा लाईभ हेर्दाहेर्दै नागरिकहरुले ज्यान गुमाउँछन्। हृदयविदारक त्यो घट्नाले हेर्नेहरुका मुटु कलेजो चिरिन्छन्, जीउ चिसो हुन्छ तर १० मिनेटसम्म (४ घण्टा कुरेका भनिएको पनि छ) पनि सरकारी तवरबाट कुनै प्रयत्न हुन्न । १० मिनेटमा त उद्धार गर्न सकिन्थ्यो होला । सकिएन/गरिएन। ती व्यक्तिहरु वास्तवमा विपद्/ दुर्घटनाले मरेका होइनन् । त्यो एक प्रकारको ‘हत्या' हो ।
फरक यत्ति हो 'हत्यारा'को किटानी हुन सकेन ।
👎🏻👎🏻नेपल सरकार !!

‘दिलसरा’ अर्थात् दह्रो दिल भएकी नारीको संघर्ष र सफलताको कथा 25/08/2024

मगर समुदायको संसकृतिमा आधारित चलचित्र 'दिलसरा'प्रति एक गैर मगर समुदायको नजरले जे देख्यो ......
सुझाव, सल्लाह र प्रतिक्रिया सदा झैँ ग्राह्य छन् 🙏🏼👏🏻।

‘दिलसरा’ अर्थात् दह्रो दिल भएकी नारीको संघर्ष र सफलताको कथा कास्की जिल्ला पोखरा महानगरपालिका–३३ निर्मलपोखरीको चिलाउनेखर्क भन्ने गाउँको मगर समुदायमा २४ सै घण्टा रक्सी खान....

06/07/2024

आजबाट नयाँ थिति बसाल्न पर्ला झैँ लाग्यो ।
श्रद्धाञ्जलि अर्पण गर्दाको दिन बधाइ एवम् शुभकामना नदिउँ झैँ लाग्यो ।

06/03/2024

अब हेर्नुहोस् है ......
बधाईको ओइरो आउँछ तर आफ्ना-आफ्ना गुट/समूह/ पार्टीका मुन्छेको फोटो र नाम हालेर ।
अनि लगत्तै तिनै 'एकताका पक्षपाती'हरुबाट एकताको राग र भाव अभिव्यक्त हुन्छन् ।
नवनियुक्त मन्त्रीहरुलाई एकमुष्ठ शुभकामना ।
अपेक्षित कार्यसम्पादन भएछ भने बधाई दिउँला ।

नेल्टा गण्डकीको नेतृत्वमा लम्साल 24/12/2023

http://www.educationnewsnepal.com/2023/12/blog-post_23.html

नेल्टा गण्डकीको नेतृत्वमा लम्साल जुना थापा पोखरा । अङ्ग्रेजी भाषा शिक्षकहरुको संगठन NELTA ( नेल्टा) गण्डकी प्रदेशको अध्यक्षमा कमलराज लम्साल चयन भएका .....

17/12/2023

नेपाली संस्कृति अनुसार नै छोरीको विवाह सु-सम्पन्न गराएकोमा भरतपुर मेयर Renu Dahal लाई हार्दिक धन्यवाद एवम् नवविवाहिता जोडीलाई दामपत्य जीवनको हार्दिक मंगलमय शुभकामना !

14/12/2023

आज एक जना विद्वान मित्रले 'शिक्षक पेसा हो...,पैसा लिएर आफ्नो काम गरेका हुन् ....., ...सम्मान गर्नु पर्दैन' भनेर फेसबुक पोष्ट भाइरल गर्नुभएछ ।
उहाँलाई मेरा केही जिज्ञासा:
१) शिक्षकले शिक्षा मात्रै दिँदैनन् दीक्षा पनि दिन्छन् भन्ने सायद भुल्नुभएको हो?
२) जागिर खानु र कर्तव्य पूरा गर्न फरक पाटाहरू हुन्न् ।कर्तव्य र जागिरको न्युनतम फरक छुट्याउनुभएको भए हुन्थ्यो ।शिक्षकले शिक्षालयमा जागिर मात्र खाँदैनन् आफ्नो कर्तव्य पनि पुरा गर्छन् भन्ने भुल्नुएको हो?
३) यहाँको तर्कलाई मानक मान्ने हो भने सन्तानले पनि बाबुआमालाई सम्मान गर्न नपर्ने होला किनभने मलाई जन्माउनभन्दा पनि 'आफ्नो रमाइलोको लागि' भन्ने अर्थ आउने होला ।कि नमिल्ला ?
४) शिक्षक शिक्षक मात्रै होइन, गुरु हो । गुरुले ज्ञान मात्र बाँड्दैन, उसले त अज्ञानताको अँध्यारोबाट ज्ञानको उज्यालोतर्फ डोर्‍याउँदछ ।अतः उसको कर्तव्य पेसाभन्दा सधैँ माथि हुन्छ ।
५) शिक्षक निशस्त्र र निर्बल पेसाकर्मी हो । उसँग कानुनी फौजी कुनै पनि बल प्रयोग गर्ने अधिकार हुँदैन र उसले आफूलाई सुरक्षित र सिकारुलाई नेतृत्व दिन प्रयोग गर्ने कार्यनीति ' सम्मान' नै होला।
अत: यहाँले आफ्नो शिक्षकलाई सम्मान नगर्नुस्, कर भएन तर समाजलाई विषाक्त विचार सम्प्रेषण नगरिदिनुस् ।
पुनश्च: म व्यक्तिगत रुपमा सम्मान खोज्दिनँ तर मेरो गुरुहरुलाई सदा सर्वदा सम्मान नमन गर्दछु ।🙏

13/11/2023

२०४६ सालपछि बनेका सरकारहरुले गरेका निर्णय मध्येका सबैभन्दा राम्रा दुई निर्णयहरु:
१) वृद्ध भत्ता वितरण र
२) टिकटक बन्द।

27/06/2023
15/04/2023

आज बैशाख २ गते ! ब्रह्मलीन दाजु नवराजको स्मृति दिवशको दिन दाजु प्रति हार्दिक श्रद्धासुमन ।

01/03/2023

नेपालका ७ प्रदेशहरूको नामाकरण यसरी भयो !
१. कोशी प्रदेश
२. मधेश प्रदेश
३. वाग्मती प्रदेश
४. गण्डकी प्रदेश
५. लुम्बिनी प्रदेश
६. कर्णाली प्रदेश
७. सुदूरपश्चिम प्रदेश
पञ्चायतकालका शेतामगुरालि र ६२/६३ पछिका 'पहिचानका पक्षधरहरु' खै कता गए? पहिचान त अाखिर भूगोलमा मात्रै सिमित भएछ । न कतै विराेध । हिजाेकाे पहिचानकाे अान्दोलन यति कमजोर थियाे त ?

27/02/2023

यो देशमा
१) टुप्पी काट्न सिकाइयो तर किन टुप्पी पालियो र किन काट्न लगाइयो भन्ने दुवै पक्षले भन्न र बुझाउन सकेनन ! एक थरीले बुर्जुवा भने अर्कोले संस्कृति भने तर तर्क र तथ्य दुवैले पस्केनन ।
२) संस्कृत भाषालाई निषेध गर्ने र देवभाषा भनेर मान्ने दुवैले न त यसको अध्ययनको आधारमा निषेध गरे न त चित्तबुझ्दो कारण देखाएर पक्षपोषण र सवलीकरण गरे ।
३) उत्पादन र वितरणको चर्का-चर्का कुरा जति गरिंदै गए उति उति देशको उत्पादन र निर्यात ओरालो लाग्यो रकेटको गतिमा व्यापार घाटा बढ्दो भयो ।
४) सबैभन्दा 'वैज्ञानिक दर्शन' मान्नेहरु सबैभन्दा जडतामा बाचेको देख्न किन परेको होला यी आँखालाई !
५) 'जनवाद' र 'प्रजातन्त्र' को वकालत गर्नेहरुले आफ्नो पार्टी/ संगठनमा यसको वास्तविक प्रयोग किन नगरेका होलान !
६) प्रजातान्त्रिक भन्नेहरुले 'व्यवहारिक, वैज्ञानिक' र जनवादी' शिक्षाको वकालत गर्नेहरु मध्ये कुनैले तीसौं वर्ष र कुनै ले २२/२३ वर्ष शासन गर्दा पनि किन कार्यान्वयन गर्न नसकेको होलान !
यी र यस्ता प्रश्नहरुले आजकल पिरोल्न पो थाले त हौ !
के हुन ला'को होला म ?

Photos from Prakash Rijal Page's post 27/02/2023

The called socialist (communist) movement paralyzes and the trust on socialist/communist movement now onwards can hardly gear up !😥

24/02/2023

पानी भएतिर पो थाप्न पर्छ त ! 😁

18/02/2023

किन चारवटा ?

16/02/2023

हिजो राती आफ्नै निवासमा ग्यास सिलिन्डर बिस्फोटन हुँदा मा.डाक्टर चन्द्र भण्डारीको शीघ्रातिशीघ्र स्वास्थ्य लाभको कामना र उहाँका ममतामयी माता प्रति भावपूर्ण श्रद्धाञ्जली !

12/02/2023

बोलीमा क्रान्तिकारी हुनु र व्यवहारमा हुनु फरक कुरा हो !!

27/01/2023

अदालतले त 'नाकको डाडी भाचिने' गरी दिएछ नि !

27/01/2023

क्याप्सनको जिम्मा यहाँहरुलाई ।

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Category

Website

Address

Pokhara
33700

Other Tutors/Teachers in Pokhara (show all)
Bijaya Acharya-विजय आचार्य Bijaya Acharya-विजय आचार्य
Pokhara

दैनिक जीवनमा गणित

Rashmi Computer and Training Center Rashmi Computer and Training Center
Rambazar, Kalika Chowk
Pokhara, 33700

Mathematics Problem  Fighter Mathematics Problem Fighter
Pokhara

Math Addicted

Shishir Devkota Shishir Devkota
Bindabasini
Pokhara

Mathematics Teacher

Studypoint Education Foundation. Studypoint Education Foundation.
Gairapatan
Pokhara, 33700

"Studypoint is a tuition center estalblished with an intention to guide the new generation."

Tutor Home Nepal Pvt. Ltd. Tutor Home Nepal Pvt. Ltd.
Birauta
Pokhara, 33700

"Good guidance matters, it can easily change a life." ~Unknown

Maths Lover From Nepal Maths Lover From Nepal
Birauta
Pokhara

आहा गणित ,हाम्रो गणित, राम्रो गणित , हँसिलो गणित, रसिलो गणित,सजीलो गणित।

GeoNerd GeoNerd
Pokhara, 33700

Pokhara math and opt math for class 8,9,10 home tuition Pokhara math and opt math for class 8,9,10 home tuition
Kahukhola
Pokhara

i provide math tuition for calss 8,9 and 10(1 week free classes of class 10)

NTA secretary Raju Chettri NTA secretary Raju Chettri
Archaibot Marg
Pokhara

बिकाश बहादुर अधिकारी बिकाश बहादुर अधिकारी
Pokhara

This is my official page of Bikash Bahadur Adhikari.

GR Paudel GR Paudel
Kaski
Pokhara, 977

Education and Research