Narayan Kafley

Warmest welcome to everyone here in this page, I will share my poetry and social experiences here. F

भुइँमान्छे 24/12/2022

पछिल्ला दिनहरूमा कविता लेखन यात्रा उस्तो उर्वर रहेको भने छैन। तथापि कविता पढ्नु मेरा निम्ति एकदमै प्रिय र अनिवार्य काम। आफ्ना कविता वाचन गर्नेबेल मात्र हेर्ने मान्छे म। आज आफ्नै कविता पढ्दा एकखाले सुखानुभुती भयो। हामी जतिसुकै राम्रो पाठक भएतापनि आफ्नै रचनाको पाठक बन्न अलि गारै पर्दो रहेछ। यसर्थ यस कविताप्रति हजुरहरूको पठन अनुभव साझा गर्नुहोस् ल। 😊

प्रस्तुत छ कविता - भुइमान्छे

भुइँमान्छे तिमीले देख्ने हरिया  चियाका बुट्टाहरूलाई मेरा आँखाहरूले कफन ओडेको बस्ती देख्दा तिमीले मलाई आफ्ना आँखा

07/05/2022

इतिहासमा शासक र प्रशासनले जब-जब असहमति र फरक आवाज सुन्यो, तब आफ्नो असफलता र कुरूपता लुकाउन सामाजिक कार्यकर्ता, कवि, पत्रिकाहरूमाथि अन्याय र ज्यादती गर्न कुनै कसर छाडेन। वर्तमान भारतमा पनि आफ्नो कलमको शक्ति प्रदर्शन गरे बापत थुप्रै सामाजिक कार्यकर्ता, कवि, पत्रिकाहरूले यो ज्यादती झेलिरहेका छन्। तीनै
सपुतहरुलाई समर्पित यो ऐना कविता।

ऐना

एक पल्ट आँखा नछोपि
ऐना अघि उभिएको मात्र थियौ,
ऐनामा देखिँदै गरेको
आफ्नै अनुहार
मन परेनछ तिमीलाई!
आफ्नै अनुहार कुरूप देखिनु
अति नै दुःखदायी हुन्छ हगि?

तिम्रा छिप्रै छिप्रा परेका
अनुहारका दागहरूलाई
प्रसंसा र महिमा गानका "क्रिम" धसेर
ढाकछोप गर्न सकेन
विचरो ऐनाले!
तिम्रा ओठ छेडेर
बाहिर निस्किएका
दाह्राहरूको त कुरै छोडौ!
जे छ
ऐनामा स्पष्ट छ!

आफ्नो धर्म निभाएर
के गलत गर्यो र ऐनाले?
जसको परिणाम
कालो पोतिदियौ ऐना माथि

तिमीले पोतेको कलो अपमानको
कारावास भित्र कैद छ ऐना अहिले
तर ऐना न हो
उसले कारावास भित्रपनि
चुपचाप उभिएको मौन पर्खाल जस्तै
तिमीले पोतेको कालो रङ्गको
प्रतिविम्ब बोकिरहेको छ !

#ऐना

21/07/2021

आजबाट अनुदित पुस्तक "शिक्षकलाई पत्र" साझा हुन गइरहेको छ। पढेर आफ्नो प्रतिक्रिया राखिदिनुहुनेछ भन्ने अपेक्षा सहित अत्यन्तै हर्षका साथ यो जानकारी साझा गरिरहेको छु।

पढ्न इच्छुक साथीहरूले www.hamrokitabghar.com मा गएर आफ्नो प्रति सुरक्षित राख्न सक्नुहुनेछ।

18/07/2021

" कुनै भद्र व्याक्तीले के आफ्नै छायाँसँग बहस गर्न सक्छ र? आफ्नै विकृत संस्कृतिलाई के उसले त्यही संस्कृतिको शब्दले प्रहार गर्न सक्छ?" __शिक्षकलाई पत्र (बारबियाना स्कुल)।।

विभिन्न विसङ्गति र शिक्षा व्यवस्थाका कमी कमजोरीमाथि कटाक्ष सहित शालीन क्रोध व्यक्त गर्दै तर्कसङ्गत सुझावहरू राखिएको पुस्तक हो यो। बारबियाना स्कुलका ८ जना १५ वर्ष भन्दा कम उमेरका छात्रहरूका बारेमा लेखिएको लेटर टु अ टिचर/ Letter to a Teacher नामक पुस्तक अब पहिलो पल्ट नेपालीमा पनि उपलब्ध भइसकेको छ, शिक्षकलाई पत्र।

अब प्रतिक्षा सकियो। मेरो पहिलो अनुवाद कृति प्रकाशित भइसकेको छ। म अत्यन्तै उत्साहका साथ यो जानकारी साझा गरिरहेको छु।

13/06/2021

Thank you Acoustic Akshar

https://m.facebook.com/story.php?story_fbid=1691757227678031&id=836363739884055

Narayan Kafle, a literature student, an activist, hailing from Doors, India is a dynamic personality among today's Nepali youths. Being an activist he is very vocal against the injustices in the society.
An active member of "Lali Guras" and "Doars Yuva Sahitya sambad" Mr.Narayan strongly voices his disgusts and opposition against the prevailing dismal socio-economic exploitative conditions of tea garden workers, patriarchy, and the social evils of Contemporary Society through his poems.
Acoustic Akshar is happy to have you with us!

To join the meeting on Google Meet, click this link:
https://meet.google.com/xkr-mysu-cvt

Or open Meet and enter this code: xkr-mysu-cvt

28/05/2021

मृत्युञ्जय सुखमन मोक्तानको रहरको घर भनेको भारतमा गोर्खाहरूको अस्तित्व, अस्मिता र पहिचान सुनिश्चित गर्नसक्ने एकमात्र माग छुट्टै राज्य 'गोर्खाल्याण्ड' हो। उहाँ मजस्तो घरमै बसेर सपना देख्ने व्यक्ति हुनुहुन्नथ्यो। आफूसँगै करोडौं गोर्खाहरूका सपनालाई साकार पार्न उहाँले आफ्नो जीवनका अन्तिम दिनसम्म पनि सङ्घर्षलाई जारी राख्नुभो। आफ्नै जीवनकालमै यो 'रहरको घर'-को जग बलियो बनाउने उहाँको आशा र सपना आखिर अधुरो नै रह्यो। तर उहाँको 'रहरको_घर' केवल उहाँमात्र नभएर हामी सम्पूर्ण भारतीय गोर्खाहरूका 'रहरको घर' हो। अहिलेलाई प्रस्तुत गर्न चाहन्छु सुखमन मोक्तानकृत 'एउटा घर'- कविता,आफ्नो आवाजमा:-

14/05/2021

Thank you so much poeti-kosh

https://www.facebook.com/watch/?v=281339590316248

कविताले मान्छे बाँचेको समाजलाई ऐना देखाउँछ - नारायण काफ्ले 07/05/2021

https://www.jhyaalonline.com/2021/01/blog-post_86.html?m=1

कविता माथी केही व्यक्तिगत विचारहरू राखेको छु। साथै चार टुक्रा कविता पनि छन्।
माथिल्लो झ्याल अनलाइनको लिङ्कमा गएर पढ्नुहोस् है त।

कविताले मान्छे बाँचेको समाजलाई ऐना देखाउँछ - नारायण काफ्ले कविताले मान्छे बाँचेको समाजलाई ऐना देखाउँछ - नारायण काफ्ले (कवि नारायण काफ्ले डुवर्सका एक शसक्त युवा कवि हुन्। आफ....

01/05/2021

Warmest welcome to everyone here in this page, I will share my poetry and social experiences here. Follow my page for more future updates.
Thank you.

Want your public figure to be the top-listed Public Figure in Siliguri?
Click here to claim your Sponsored Listing.

Videos (show all)

इतिहासमा शासक र प्रशासनले जब-जब असहमति र फरक आवाज सुन्यो, तब आफ्नो असफलता र कुरूपता लुकाउन सामाजिक कार्यकर्ता, कवि, पत्र...
मृत्युञ्जय सुखमन मोक्तानको रहरको घर भनेको भारतमा गोर्खाहरूको अस्तित्व, अस्मिता र पहिचान सुनिश्चित गर्नसक्ने एकमात्र माग ...

Category

Telephone

Website

Address


NH-31
Siliguri
734005

Other Writers in Siliguri (show all)
Parijat  Salig Sthapana Samity Parijat Salig Sthapana Samity
Siliguri Sevoke Raod Checkpost Near Bhaktinagar Police Station
Siliguri, 734008

Parijat Siliguri Salig Sthapana Samity

Alok Kumar Sharma Alok Kumar Sharma
Siliguri, 734005

What I feel I write, what I write I share, what I share please follow!

TTT KBS TTT KBS
New Paulpara
Siliguri, 734010

This is a bengali Shayeri , reels video chennel. some time we make the funny video, natok,

M.J Moner filings M.J Moner filings
Siliguri

m.j moner filings is a facebook Bangla page founded by Bengali youtuber m.j moner filings.This channe

jha_.aditi_ jha_.aditi_
Siliguri

Srijana Lilian Srijana Lilian
Siliguri
Siliguri

When emotions and feelings are scattered in the air, I gather it and pen it in my words .

Your Tanmoy Roy Your Tanmoy Roy
Siliguri

for your entertainment

Best Seen Best Seen
Siliguri

স্কুল, কলেজ ও বিভিন্ন ছাত্রছাত্রীদের পড়াশোনার ডিজিটাল মাধ্যম examnote.online এর প্রধান উদ্দেশ্য

খড়-কুটো খড়-কুটো
Siliguri

যেদিন আমার মুখের হাসির পিছনে লুকানো ক?

রম্যাণী গোস্বামী - Romyani Goswami রম্যাণী গোস্বামী - Romyani Goswami
Hakimpara
Siliguri, 734001

Fiction writer in Bengali language

SAD POEM SAD POEM
KOLKATA
Siliguri, 700012

Sagar Senn Sagar Senn
Siliguri, 734005

No word to say