अनिश रावल -Anish Rawal

आलोचना गर्न फराकिलो ज्ञान चाहिन प्रशंसा गर्न फराकिलो मन।तर समाजमाआलोचनाको नाममा ईष्र्या बढी हुने गर्छ

21/09/2023

सम्पूर्ण साथी भाई हरु मा यो महत्व पूर्ण संदेस,
सोमनाथ रिमाल ले आफ्नो साथी राजु कार्की लाई फोन गरेर भन्यो: "जसरी भएपनि मलाई पैसा चाहिएको छ यार, मेरो आमा बिरामी हुनुहुन्छ मसँग औषधि किन्नको लागि पैसा नै छैन।

सोमनाथ को साथी राजु ले जवाफ दियो: "ठीक छ यार मलाई साँझमा कल गर म पैसाको जोगाड गर्छु।"

सोमनाथ ले साँझमा उसलाई फोन गर्यो तर फोन स्वीचअफ थियो।

जबसम्म उ थाक्दैन तबसम्म उसले बारम्बार फोन गरिरह्यो, र अन्तिममा केही सीप नलागेपछी उसले पैसाको लागि छरछिमेक आफन्त नातेदार सबै सँग फोनमा कुरा गर्यो तर उसलाई कसैले पैसा दिएनन उसलाई पैसा पत्याएनन।
सोमनाथ निराश भयो र मोबाइल गोजीमा राख्दै आफ्नो घर गयो तब आमा सुतिरहेको सिरानीको छेउमा औषधि सहितको झोला र फलफुल उसले देख्छ।

उसले आफ्नो भाइलाई सोध्यो: यो कसले ल्यायो?

तपाईंको साथी राजु १ घण्टा अगाडी घरमा आउनुभएर औषधिको नामलिस्ट लगेर औषधी सँगै फलफुल ल्याएर भोलि आउँछु भनेर जानुभयो।

खुशी अनुहार पार्दै, भाइको कुरा सुन्नै बित्तिकै सोमनाथ साथीको घरतर्फ दौडियो, जब उसले आफ्नो साथी राजु लाई भेट्टायो र उसले सोध्यो: तिमी कहाँ थियौ? किन फोन अफ गरेको?
साथी राजुले उसलाई भन्यो: "यार, मैले मेरो मोबाइल फोन बेचेर तिम्रो आमाको लागि औषधि किने।"

के तपाईंले मित्रता के हो भनेर बुझ्नु भएको छ? एक सच्चा साथीले आफ्नो साथीलाई दु:खमा पर्दा आफ्नो हात लुकाउँदैन समस्याबाट भाग्दैन बरु डटेर समस्या सुल्झाउन तिर लाग्छ। साँचो मित्र भनेको फरक आमाको दुई सन्तान हुन,
भगवानले हामीलाई पनि राजु जस्तै असल साथी दिउन। 🙏

Photos from Tulsi Chand's post 21/09/2023
19/09/2023

समस्याकाे पहिचान गर्नुमात्र समाधानका लागि पर्याप्त नभएकाे बुझ्न जुरि छ ।

17/09/2023

कुकुरहरुलाई कहिले पनि पवित्र चिज नदिनुहाेस ।सुङ्गुरहरु तिर माेति नफाल्नुहाेस किनकि तिनिहरुले त्यस माथि खुट्टा राखेर धुलाेपिठाे बनाउने छन।र तपाईं माथि हमला गरिदिने छन ।
#ईसामसिहमैथ्यु

17/09/2023

समाजमा हल्ला गरेर, कराएर गुनासाे गरेर ,निन्दा गरेर पार्टीहरु खाेलेर आारन्दाेलन गरेर मात्रै सुधार हुन सक्दैन त्यसका लागि भावनाकाे जागृति र विचारहरुमा प्रगतिको आवश्यक्ता पर्छ।
#लियाेटाेल्यटाेय

16/09/2023

🐝मौरीको औसत आयु ४० दिनको मात्र हुन्छ र त्यो ४० दिनमा १२ वाट मौरीहरु मिलेर करिव १ हजार फूलको रसबाट एक चम्चा मह जम्मा गर्छन् ।

हाम्रो लागि यो केबल एक चम्चा मह मात्र होला तर
ती मौरी लागि आफ्नो पुरा जीवनकालको परिश्रम हो।

Thankyoubees 🐝

13/09/2023

बहसबाट पाइने क्षणिक बिजय वास्तवमा खाेक्रो हुन्छ ।यश बाट सामुन्ने भएका मानिसकाे बिचार बदलिलैन । यस्काे सट्टा उसकाे मनमा द्वेष र दुर्भावना उत्पन्न हुन्छ । जाे लामाे समय सम्म कायम रहन्छ । केही नबाेलिकनै आफ्नाे कामबाट अरुलाइ प्रभावित गर्नु अत्यन्तै सानदार हुन्छ। नबाेल्नुहाेस बरु काम गरेर देखाउनुहाेस ।
कहिलै बहस नगर्नुहाेस । समाजका कुनै पनि चिज माथि बहस गर्नु हुदैन । मात्रै परिणाम दिने तिर आफ्नाे ध्यान केन्द्रित गर्नुहाेस ।
#बेन्जामिनडिजराइलि१८०४

12/09/2023

राजनीति गल्ति र सत्य खाेज्ने माध्यम हाेइन । मात्रै चर्चित हुने खेल हाे ।
रिचार्ड आर्माेर

11/09/2023

विकासाेन्मुख तथा गरिब राष्ट्रहरुले शिक्षामा कम ध्यान दिएकै कारण उनिहरुले धेरै बिल गेट्स र अल्बर्ट आइन्सटाइनकाे संभावना बाेकेका युवाहरुलाई अझ गरिब बनाउदै आफ्नाे अभिरुचि नभएकाे काम गर्न युवाहरुलाइ बाध्य बनाइएको छ।
(एसमाेग्लु र जेम्स२०१३)

Photos from Loksewa Study Team's post 07/09/2023
01/09/2023

here? It is not necessary to justify and verbally respond to every accusation. The greatest answer is silence, patience and persistence in non-action. Here is the behavior according to the character!

29/08/2023

गाईको वैज्ञानिक महत्व !!
◘◘◘◘◘◘◘◘◘◘
• गाई धरतीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ।
• गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन्।
• गाईको दुधमा रेडियो विकिरण बाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ।
• गाईको दुधले हृदयको रोग बाट बचाउँछ।
• गाईको दुधले स्मरण शक्ति बढाउँछ।
• गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ।
• गाईको गोबरको गंधले अन्य रोगका कीटाणु पनि मर्छन्।
• गाईको एक तोला घीउ बाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ।
• गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।
• गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ।
• केवल एउटा गाईको गोबर बाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।
• दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।
• गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रिहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।
• गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।
• गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।
• गाईको गोबरमा विटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोंस्छ।
• गाईको शारीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ।
• गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस-पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।
• गाईको शरीर बाट प्राकृतिक रूपमा गूगलको सुगंध निस्कन्छ।
• गाई या त्यसका बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।
• यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।
• अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानी संग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा-भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ।
• इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबर बाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबर बाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्।
हाम्रा ऋषिमुनि हरुले लाखौँ वर्ष पहिले नै यी सब प्रयोग गरेर सिद्ध गरेका थिए तर विडम्बना नै भनौं, हामीले त्यो सब बिर्सी सक्यौं र ऋषि मार्गलाई त्यागी सक्यौं..!!!

स्रोत : सामाजिक संजाल

29/08/2023

म हिरा त्यागेकाे मान्छे हु तिमि नडराउ सुन देख्दा खासै मन लाेभिदैन मेराे ।❣️🙏

27/08/2023

विज्ञान शिक्षक समाज नेपाल - STAN
केन्द्रिय सचिवालय, काठमाण्डौं ।
****************************
विषय: विज्ञान दिवस २०८० असोज १को कार्यक्रम सूची पठाउने सम्बन्धी अत्यन्त जरूरी सूचना !

सम्पूर्ण सातै प्रदेश संयोजक, ७७ जिल्ला संयोजक तथा ७५३पालिका संयोजकज्यूहरू,
"विज्ञान साक्षरता र उद्यमशीलता : सफल अर्थतन्त्रको आधारशीला" भन्ने नारा लिएर विज्ञान दिवस २०८० असोज १गते भव्य रूपमा मनाउन यस विज्ञान शिक्षक समाज नेपाल - STANलाई पनि आयोजक मूल समारोह समितिमा राखिएको र सबै वैज्ञानिक निकायमा विविध कार्यक्रम गरी मनाउन आग्रह भए अनुसार त्यस प्रदेश, जिल्ला र पालिकाबाट सो दिन आ-आफ्नो ठाउँमा मिलेर प्रभात फेरीसँगै सप्ताह व्यापी विभिन्न कार्यक्रम गर्नु गराउनु हुन अनुरोध गर्दै सो अवसर पारेर त्यस दिन र अन्य दिनमा समेत गरिने कार्यक्रमको सूची र संयोजकको नाम राष्ट्रिय विज्ञान दिवस २०८०को मूल पुस्तिकामा प्रकाशित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विज्ञान महाशाखाबाट माग भई आएकोले विज्ञान दिवसको अवसरमा गर्ने कार्यक्रमहरू र संयोजकको नाम तथा सम्पर्क नंबर यही २०८० भाद्र १२गते भित्र केन्द्रको इमेल:
[email protected] मा पठाई प्राप्त हुने अवसर नगुमाउनु हुन निर्देशनानुसार अनुरोध छ ।

पुनश्च: गत वर्षदेखि शुरू गरिएको उत्कृष्ट विज्ञान शिक्षक पुरस्कार यस वर्ष पनि प्रत्येक प्रदेशबाट एकजना र थप यो वर्षदेखि संघिय मन्त्रालय बाटै एक जनालाई राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ ।

केन्द्रिय सचिव
STAN
२०८०/०५/०८

26/08/2023

Moral history of the day -

एउटा गिद्धको बच्चाले भन्यो "बुवा आज मलाई मान्छेको मासु खान मनलागेको छ" गिद्धले भन्यो "हुन्छ बाबु ! म बेलुका लिएर आउँछु" यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको मासु लिएर आयो ।
बच्चाले भन्यो "यो त सुँगुरको मासु हो, मलाई त मान्छेको मासु खान मन लागेको छ।"

गिद्धले भन्यो‌"पर्खि ! म बेलुकासम्ममा बन्दोबस्त गर्छु" फेरि यति भनेर ऊ उड्यो र बेलुकी मरेको गाईको मासु लिएर आयो। बच्चाले रिसाउँदै भन्यो "यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।"

गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकिदियो । केही समयपछि त्यहाँ मान्छेका लाशहरू छरपस्ट भेटिए र गिद्धका बाऊ छोरा मिलेर खुशी हुँदै टन्न मान्छेको मासु खाए।

गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र आफ्नो बाउलाई सोध्यो "यति धेरै मान्छेको मासुको व्यवस्था कसरी भयो ?" गिद्धले भन्यो "छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थका लागि 'धर्म' र "जात" नामको भाइरस फैलाएका छन्।

अनि यही धर्मको नाममा मान्छेहरु मर्न र मार्न सजिलैसँग तयार हुन्छन् भन्ने कुरा मलाई थाहा भएको हुँदा मैले आफ्नो बुद्धि लागाएर मान्छेहरुलाई मार्न र मर्न लगाएँ, अनि जताततै मान्छेको मासु नै मासु .... हाम्रो कुनै धर्म छैन अनि जात पनि छैन... त्यसैले तँ मज्जाले मासु खा !" चेतना भया ।

25/08/2023

धरातल बिर्सेका छैनौ भने
घमण्डले जति खुड्किला चढेका छौ
त्यति नै खुड्किला बिनम्रताले झर

24/08/2023

मैले नबुझेको चन्द्रमामा हावा छैन भनेर हामिलाइ पढाइयो।भारतीहरुको चन्द्रयान अवतरणको यो तस्वीरमा भारतीय झण्डा फरफराइ रहेकोछ ।हावा छैन भने कसरी फहरायो? जानकारी भएका साथिहरुले बुझाइदिए आभारी हुने थियौ ।

Photos from अनिश रावल -Anish Rawal's post 24/08/2023

सम्झने तरिका...
चन्द्रामामा यान सफल प्रक्षेपण गर्ने देश क्रमशः-
➠ रसिया, अमेरिका, चीन र भारत = (RUCI) रुसि 🙈
(नोट:- भारत दक्षिणी धुर्वमा यान पठाउने पहिलो देश)
#भारतको यान सन् 2023 जुलाई १४ मा प्रक्षेपण र आज अगस्ट २३ मा चन्द्रमा अवतरण गरेको ेर_हामिसङ्ग_जोडिनुहोला

Photos from अनिश रावल -Anish Rawal's post 21/08/2023

जानकी मावि बाट बिदाई २०८० /०४/29❣️🙏🙏

Photos from दृष्टि-Drishti's post 09/08/2023
Photos from अनिश रावल -Anish Rawal's post 08/08/2023

नलगाड नगरपालिका दल्लि जाजरकोट तिर ❣️❣️

Photos from अनिश रावल -Anish Rawal's post 06/08/2023

Jajarkot darbar❣️❣️❣️

04/08/2023

पुष्पलाल समूहको नेकपाबाट विद्रोह गरी मुक्तिमोर्चाको नामबाट नेकपा कोर्डिनेशन केन्द्र ( माले) मा जडिनुभई तत्कालिन नेकपा( मा .ले.) पार्टीको स्थापनामा सकृय , त्यसपछिका दिनमा उक्त नेकपा(माले) र नेकपा ( मार्क्सवादी ) मिलेर नेकपा( एमाले) भएपछि , पार्टीको संगठन विभागको केन्द्रीय नेतृत्वमा रहि कुशलतापूर्वक कार्य गर्दै रहँदा दास ढुंगामा रहस्यमय मृत्यु हुन पुग्दा अझै पनि नेता द्वय कमरेड मदन भण्डारी र जीवराज `आश्रित ´ प्रति जनआस्था कायम छ ।आज कमरेड जीवराज `आश्रित ´को आजकै दिन श्रावण १८ गते उहाँको जन्मदिनको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

01/08/2023

प्र.१ अन्तरक्रियात्मक विधिमा नपर्ने तलको मध्ये कुन हो ?
(क)प्रदर्शन विधि
(ख) छलफल विधि
(ग) प्रश्नोत्तर
(घ) सूक्ष्म शिक्षण विधि
लोक सेवा शिक्षक सेवा तयारी-Tsc/Psc ❣️

01/08/2023

🌻 सिकाइले कस्तो परिवर्तनलाई जनाउँछ ?

क. परिपक्वता
ख. आत्म
ग. परिवर्तन
घ. व्यवहार

01/08/2023

४. शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयले कसले स्वीकृत गरेको
पाठ्यपुस्तक लागु गर्नुपर्दछ?
(क) पाठ्यक्रम विकास केन्द्र
(ख) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(ग) नेपाल सरकार
घ) शिक्षा तथा मानव स्रोत बिकास केन्द्र

01/08/2023

🇦🇼शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार चार वर्ष उमेर पुरा गरेका बालबालिकाहरुलाई एक वर्षको प्रारम्भि बाल शिक्षा दिने विद्यालयलाई के भनिन्छ ?
(क) प्रारम्भिक बाल शिक्षा
(ख) प्राथमिक शिक्षा
(ग) आधारभूत शिक्षा
(घ) माध्यमिक शिक्षा

27/07/2023

घुम्ने कुर्सी आजिवनलाई नहोला, फर्केर फेरि पहिलेकै ठाउमा आउनुपर्ने त होला !नि
Copy : Sachin Roka

27/07/2023

निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन ।

26/07/2023

पैसा जीवनको लागि केहि होइन

जब बिश्वकी प्रख्यात फेशन डिजाइनर तथा लेखक Crisda Rodriguez प्राण घातक क्यान्सर रोगको उपचारार्थ अस्पतालको बेडमा थिइन्। र, उनलाई आफ्नो मृत्युको आभास भैसकेको थियो। तब उनले आफ्नो सँस्मरणमा लेख्छिन्:

१) मसँग, मेरो ग्यारेजमा, संसारकै महंगो मध्येको कार थन्किएको छ। तर म भने ह्विलचेयरमा अस्पतालको रुममा यताउता गराइएकी हुन्छु।

२) मेरो घर मूल्यवान् कपडा, गहना, जुत्ता आदिले भरिभराउ छ, तर म भने अस्पतालले उपलब्ध गराएको सामान्य कपडाको एउटा गाउनमा लपेटिएकी छु।

३) मसँग प्रशस्त बैंक ब्यालेन्स छ। रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन।४) मेरो घर कुनै सुविधा सम्पन्न पाँचतारे होटल भन्दा कम छैन। तर, म अस्पतालको दुइवटा साना रुमको क्षेत्रभित्र सीमित भएर करिब करिब जीवनको अन्तिम श्वास फेरिरहेकी छु।

५) एउटा शहरको पाँचतारे होटलबाट अर्को शहरको पाँचतारे होटलमा मिटिंग एवं लन्च-डिनरको लागि ओहोरदोहोर गर्ने म, यतिखेर अस्पतालको एउटा ल्याबबाट अर्को ल्याबसम्म नर्स र सहयोगीको सहारामा ओहोरदोहोर गराइएकी हुन्छु।

६) जीवनमा मैले सयौँ शुभचिन्तक, प्रशंसक वा मानिसलाई सिग्नेचर दिएँ, तर आज डाक्टरको प्रेश्कृप्शन र अस्पतालको रेकर्ड नै मेरो लागि सिग्नेचर भएको छ।

७) मेरो कपाल मिलाउनका लागि मात्र मसँग ७ जना बार्बर कार्यरत थिए। तर, आज मेरो टाउकोमा कपालको एउटा पनि रौँ बाँकी छैन।
८) म प्राइभेट जेटमा बिश्व भ्रमण गर्न सक्ने हैसियत भएकी मानिस हुँ। तर, आज उपचाररत अस्पतालको गेटसम्म पुग्नका लागि पनि मलाई अरु कसैको सहायता चाहिन्छ।

८) रोजेको स्वादिष्ट भोजनमा रमाउने म। तर, आज दिनमा २ वटा ट्याब्लेट र साँझमा थोरै नुनिलो पानी मात्र मेरो निम्ति खाना भएको छ।

९) आज मेरो लागि बैंक ब्यालेन्स, शानदार घर, महंगो कार, गहना लत्ताकपडा, ब्यापार-आम्दानी, नामको प्रख्याती, नातेदार साथीभाइ आदि केही - कोहि काम लाग्दैनन्।

तर मलाई अझै पनि मेरो परिवार, परिवारका सदस्यको प्रेम प्रार्थना, प्यारो लाग्छ। र, सबैभन्दा प्यारो मेरा लागि मृत्यु भएको छ। र, त्यो पनि छिटो मृत्यु अझै धेरै प्यारो हुनेछ।

स्वास्थ्य भन्दा ठूलो सम्पत्ति होइन रहेछ।

मुस्कुराउन नछोडौँ। सकृय जीवनमै भएको सकेको दान गरौँ। जीवनमा कहिल्यै कसैको चित्त दु:खाउने भूल कदापि नगरौँ। म सबैसँग माफि माग्दछु।

26/07/2023

जीवन भोग्नेहरू भन्छन् ! जब सम्म जीवनको सास रहन्छ, कतै माया होला, कतै असमझदारी होला । कतै सम्बन्ध आफै भित्र भित्रै बन्छ, कतै आत्मियताको कमी हुनेछ । जीवनमा कतै प्रशंसा मिल्छ भने, कतै असन्तुष्टिको स्वर पनि गुन्जिने छ । कतै साँचो हृदयबाट प्रार्थना गर्नेहरू हुनेछन्, कतै भावनामा गडबडी र खेलवाड पनि हुनेछ। कतै अरुको सम्बन्ध पनि हाम्रो आफ्नै बन्न पुग्छ, कतै आफ्नै मान्छेबाट पनि खिचिनेछौं । कतै अनुहारमा खुसी हुनेछ, कतै पछाडि दुष्टको घाउ भेटिन्छ । तपाईं आफ्नो कर्मको बाटोमा हिडिरहनू, तपाईंले आफ्नो मनोवृत्ति अनुसार प्रभाव पाउनुहुनेछ । आफ्नो स्वभावमा पवित्रताको 'स्पर्श' राख्नू, जीवन पक्कै आफ्नो गन्तव्यमा पुग्छ।

Photos from अनिश रावल -Anish Rawal's post 11/07/2023
Photos from अनिश रावल -Anish Rawal's post 11/07/2023

picture

Photos from अनिश रावल -Anish Rawal's post 11/07/2023

स्यार्पु ताल रुकुम पश्चिम ❤️❤️❤️

03/07/2023

गुरुव्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर:।
गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नम:॥

गुरुको महिमा के कति रहेछ भन्ने कुरो माथिकाे श्लोक नै काफी छ । अरु भनिरहनु र लेखिरहनु नै पर्दैन । आज गुरु पूर्णिमाकाे सर्न्दभमा गुरुका बारेमा केही लेखेका छाैँ ।

जसबाट सिकिन्छ वा ज्ञान लिएर सुमार्ग पहिल्याउन सकिन्छ, ती सबै गुरु हुन् भन्ने मान्यता सृष्टिकालदेखि रही आए पनि धर्मशास्त्रमा अविद्यालाई मासेर ज्ञान दिने व्यक्तिलाई गुरु भनिएकाे छ । वेद लेखी मान्छेकाे अज्ञानता हटाएर अन्तरदृष्टि खोलिदिने गुरु वेदव्यासको स्मरण गरी गुरु पूजन गर्ने परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिन आ-आफ्ना गुरुको सम्मान र स्मरण गर्ने संस्कार नै स्थापित छ ।

गुरु को हुन् ?

'गु' को अर्थ अन्धकार हो र 'रु' को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ती महान् व्यक्ति नै गुरु हुन् ।

स्कुल, कलेज पढ्दा औपचारिक शिक्षा दिनेहरूलाई मात्रै हैन, आफूलाई ज्ञान दिने सम्पूर्णलाई गुरु मान्न सकिन्छ।

आफूले चाहे गुरुबाट शिक्षा लिनु भएको होस् या नहोस् आफूसँग भएको ज्ञान सदा सर्वदा हामीलाई बाँड्ने हाम्री आमा हाम्रो पहिलो गुरु हुन् । आफ्नो जिन्दगीमा भोगेका तीतामीठा अनुभव संगालेर हामीलाई जस्ताेसुकै परिस्थितिसँग जुध्ने शिक्षा दिने हाम्रा दोस्रो गुरु हाम्रो बाबा नै हुनुहुन्छ ।

अब आमा र बाबा नै पहिलो अनि दोस्रो गुरु भएपछि हामीले 'गुरु महान् हुन्छन्' भनेर भनी रहनु पर्छ र ?

त्यसपछिको गुरुचाहिँ हाम्रो औपचारिक शिक्षा दिने गुरुहरू हुन् । आमा अनि बाबा त हाम्रो जिन्दगीका अनौपचारिक गुरुहरू हुन्, जसले जस्तो परिस्थितिमा पनि आफू बाचुन्जेली आफ्नो सन्तानलाई शिक्षा अनुभव बाँडिरहन्छ ।

जसरी मैनबत्तीले आफू सकिएर पनि हामीलाई उज्यालो दिन्छ,उसैगरी गुरुहरूले हाम्रो जीवनलाई उज्यालो पारिदिनुहुन्छ। आफू रित्तिएर पनि हामीलाई ज्ञानले भरिपूर्ण गरिदिनुहुन्छ ।

माया ज्ञान जति बाँड्न सकिन्छ, उति थपिँदै जाने कुरा पनि गुरुबाटै सिक्न सकिन्छ । आखाँले देख्ने, कानले सुन्ने अनि आत्माले महसुस गर्ने हरेकले ज्ञान दिन्छन्, ती सबै हाम्रा गुरु हुन् ! प्रकृति, जसले सधैँ राम्रो बन्न सिकाउँछ । खोलानाला, जसले सधैँ जीवनमा अगाडि बढ्न सिकाउँछन् । सूर्य, जसले सधैँ अटल बन्न सिकाउँछ, यी सबै हाम्रा गुरु हुन् !

जसले हाम्रो मनभित्र भएको अन्धकाररूपी माया मोहलाई नास गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउँछन्, हामीले उनैलाई साक्षात गुरु मान्न सक्छौँ । गुरु नै सर्वशक्तिमान प्रभु हुन् । गुरु नहुँदा ज्ञानको सम्भावना छैन ।





आफ्ना विद्यार्थीहरू विश्वको हजारौँ देश घुम्न अब्बल बनाउने गुरुहरूचाहिँ बर्सेनि उहीँ स्कुल/कलेज गएर आफूसँग भएको ज्ञान सधैँ प्रदान गर्छन् । साँच्चै गुरु महान् छन् ।

परापूर्वकालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो । वर्षाैंसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब काँचुली फेर्‍याे । तर, गुरुको महत्त्वलाई गूगलले उछिन्न सकेन । गुरु सधैँ महत्त्वपूर्ण नै छन् !

स्कुल, कलेज, विश्वविद्यालय वा अरु कुनै कला मन्दिर, जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन् । ती हाम्रा औपचारिक गुरु हुन्, जसले अज्ञानताको अँध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउने बाटो देखाउँछन ।

आजका सबै आविष्कारहरू सबै हाम्रा महान् गुरुका शिक्षा र ज्ञानका उपक्रमहरू हुन् । जसले गुरुको महत्त्व बुझेको छ, उसले ज्ञानको महत्त्व बुझेको छ ।

गुरु ती हुन्, जसले हाम्रो जीवनमा सत्य र ज्ञानको अमूल्य शिक्षा दिन्छन् । गुरु पूर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरूलाई श्रद्धा र भक्तिसहित मिठाइ, प्रसाद, लुगा, कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौँ । यस्ता उपहारहरूलाई गुरु दक्षिणा पनि भनिन्छ ।

गुरुको सबैभन्दा ठूलो दक्षिणा भनेको उनले देखाएको बाटो अवलम्बन र पढाएको पाठको सही पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुसी खोज्ने महान्ताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।

भागवत गीतामा साँचो गुरुको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरा लेखिएको छ । साँचाे गुरु उनै हुन्, जसमा साँचो रूपमा ज्ञान प्रदान गर्नसक्ने क्षमता हुन्छ । ज्ञानी भएर पनि उनमा घमण्ड रत्तीभर हुँदैन । जसलाई भगवान् सबै कारक हुन् र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ । जसलाई सही ज्ञानको अर्थ थाहा छ । जो त्यसैमा जीवन बिताउँछ । जो रिसराग, लोभमोहभन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन्छ ।

हामीलाई अक्षर चिनाउनेदेखि, बोल्न सिकाउने, हिँड्न सिकाउने, स्कूल, कलेज वा कुनै पनि ठाउँमा सधैँ सही सुमार्ग देखाउने ती सबै गुरुहरूलाई आज यस महान् गुरु पुर्णिमाको दिन पारेर एकमुष्ट नमनः तथा सतसत प्रणाम !

किताबको ज्ञान दिने गुरुदेखि
जीवनको ज्ञान दिने सबैमा कृतज्ञता
सबै गुरुहरूमा श्रद्धापूर्वक नमनः

गुरबे नमो नम:………….!
#श्रोत:शिलापत्र

03/07/2023

आमावुबाको कारुणिक दुखेसो !

गर्भमा भएदेखि वावाआमाले छोराको कल्पना गर्नु भो। ९ महिना आमाले कोखमा वोक्नु भयो, वावाले जिन्दगी भरि काँधमा जिम्मेवारी । आमाले रगत बगाउनु भयो, वावाले पसिना बगाउनु भयो -आफ्नो रहरहरू बन्दगी राख्नु भयो। छोरो कहिले ठूलो होला भन्नु भयो । छोराले राम्रो पढोस् भन्नु भयो, दुः गरेर पढाउनु भयो। छोरोको बिहे गर्न आत्तुर हुनु भयो, ऋण धन गरेर धुमधामसंग बिहे पनि गर्नु भयो ।

समय वित्दै जाँदा एक दिन आफ्नै रगत र कोखबाट जन्मिएको भविष्यको साहरा ठानेको छोराले छुट्टिन खोज्दै अंश मागेपछि बाध्य भएर आमावुबा दुबैले छोराको प्रस्ताव स्वीकार गरे। त्यस पछि घर छुट्टीयो, घर र भान्सा संग मन पनि छुट्टियो। बाँड्न त तिल देखि तेल सम्म बाँडियो, नूनदेखि सुन सम्म बाँडियो ।

तर विडम्बना आमाले ९ महिना सम्म गर्भमा राखी छोरा जन्माउँदाको ती प्रसव पिडाहरू बाँडिएन। वाबुले प्राण हत्केलामा राखी मुग्लान पसेको दुःख बाँडिएन । बाँड्नलाइ त बाबुले दुःख गरि कमाएको श्रीसम्पति सबै बाँडियो । तर त्यहि सम्पति कमाउँदाको ती पिडाहरू कत्ति पनि बाँडिएनन् ।

छोरो बिरामी हुन्छ कि, भोकै हुन्छ कि , रुन्छ कि, लड्छ कि, दिशापिसाबमा गड्छ कि भनेर अनिन्द्राले गुज्रिएका ती स्नेह र ममताको क्षणहरू कत्ति पनि बाँडिएनन्। आफूहरू भोकै बसेर छोराको पेट भरेको मर्मस्पर्शी यादहरू पि बाँडिएनन्। सारा सम्पति भनेको छोराहरू नै हुन् भनेर गरेको भरोसाहरू प बाँडिएनन्।

Photos from अनिश रावल -Anish Rawal's post 17/06/2023

पारिवारिक तस्बिर ❤️❤️❤️❤️

10/06/2023

बाबा अामाले कान्छाे छाेरा अनि दिदिबहिनी हरुले अाशा र भराेसाकाे केन्द्र भनेपछि सानाे सानाे कुरामा हार मान्न मेराे जिम्मेवारी ले दिदैन ।

08/06/2023

तितो सत्य !!!!

१) सुनैका अक्षरले लेखिएको किन नहोस, ५८ वर्षपछि कर्मचारी परिचयपत्र काम लाग्दैन ।

२) जतिसुकै महंगा कारहरू किनेर ग्यारेजमा राख्नुस्, ह्विलचेयरको प्रयोग गर्नेदिन आउँदा ती घरका ढॉड मात्र हुनेछन् ।

३ ) जतिसुकै किमती कपडा, जुत्ता, महङ्गा सरसामान थुपार्नुस्, बिरामी पर्दा अस्पतालले दिएको गाउनले तपाइको लाज छोप्नुपर्नेछ ।

४) जतिसुकै ठूलो धनराशीको बैंकव्यालेन्स गर्नुस्, तुलसीको मोठमा सुताएपछि त्यो पैसा तपाइको हुनेछैन ।

५ ) जतिसुकै ठूलो महल छ भनेर गर्व गर्नुस, आखिरी पर्दा चाहिने ७ फिटको जमिन मात्र हो ।

६) जतिसुकै ठूलो स्टार होटलको खाना खानुस, आखिरी पर्दा आफन्तहरुले ख्वाउने तुलसी पानी नै हो ।

७) धनी हुनुहुन्छ, निजी विमानमा चढ्न सक्नुहोला तर ख्याल राख्नुस कुनै दिन अस्पतालको बेडमा चढन पनि कसैको सहारा चाहिनेछ।

Want your public figure to be the top-listed Public Figure in Jajarkot?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Jajarkot
Jajarkot
DALLI

Other Writers in Jajarkot (show all)
धिरेन्द्र शाहि धिरेन्द्र शाहि
जुनिचादे २ जाजरकोट
Jajarkot

जे देखे त्यो लेख्य 🇳🇵

Ganesh Ganesh
Surkhet
Jajarkot

SÀ ÑȚ Õ ŚH SÀ ÑȚ Õ ŚH
Kushe Jajarkot
Jajarkot

Ridam budha 'Canvas Ridam budha 'Canvas
Jajarkot

Welcome to my official page .