NPWA
Service as our religion with this motto Nepal police wives association was established for social purpose. It is completely non- profit, committed to service.
Service as our religion with this motto Nepal Police Wives Association was established for social purpose. It is completely non-profit, committed to service during national calamities, consolidate humanitarian efforts & other good works of Human Welfare in the field of Education, Health & Sports through the use of Internal Resources. It is human welfare motivated organization, established on 20th
यस नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष कुसुम लता सिंह ज्यू र राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियसन नेपाल(N-PABSAN)का सह-अध्यक्ष सुवास न्यौपाने र निजी तथा आवासिय बिद्यालय अर्गनाईजेशन नेपाल(PABSON) का अध्यक्ष डि.के. ढुङ्गाना बिच भएको शैक्षिक सम्झौता बमोजिम आगामी शैक्षिक सत्र २०८० मा नेपाल प्रहरीका बहालवाला प्रहरी, अमर प्रहरी ,अशक्त प्रहरी र पुर्व प्रहरी परिवारका सन्ततीहरुले तपशिल बमोजिमको छात्रवृत्तिको सुविधा लिनको लागि सम्पुर्ण प्रहरी परिवारलाई अनुरोध गरिन्छ ।
तपशिलः-
-N-PABSAN मा आबद्ध नेपाल भर रहेका शैक्षिक संस्थामा १ कक्षा देखि १२ कक्षा सम्मको छात्रवृत्तिको विवरणः-
१ N-PABSAN मा आबद्ध नेपाल भर रहेको एक बिद्यालय एक पुर्ण दिवा छात्रवृत्ति ( १८०० भन्दा बढी बिद्यालय) ।
२ बार्षिक भर्ना शुल्क मिनाह अध्ययनरत सम्पुर्ण सन्ततिलाई ।
• नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरुका लागि PABSON मा आबद्ध नेपाल भर रहेका विद्यालयहरुमा विद्यालय शिक्षा कक्षा १ देखि १२ कक्षा सम्म प्रदान गरिने छात्रवृत्तिको विवरणः-
१ पुर्ण छात्रवृत्ती एक बिद्यालय एक पुर्ण दिवा छात्रवृत्ति (५००० + विद्यालय)।
२ भर्ना शुल्क मिनाह अध्ययनरत सम्पुर्ण नेपाल प्रहरीका सन्ततीलाई
थप जानकारीको लागि यस नेपाल प्रहरी श्रीमती संघको लिंङका Click गर्नुहुन अनुरोध (०)
https://www.nepalpolice.gov.np/other_links/detail/14/
https://www.nepalpolice.gov.np/other_links/index/33/
Other Important Links N-PABSAN र PABSON मा आबद्ध रहेका नेपाल राज्य भरका शैक्षिक संस्थाहरु, काठमाण्डौ स्थितमा रहेको एभरेष्ट कलेज, प्रिमियर कलेज, क....
मिताि २०७९/१२/०४ गते शनिबार सफा पशुपति, स्वच्छ पशुपति भन्ने मुल नारा बमोजिम पशुपति सफाइको ३ महिने अभियानको आज दोश्रो दिन श्री पशुपती नाथ क्षेत्र सरसफाईमा नेपाल प्रहरी श्रीमती संघकी कार्यसमितिका पदाधिकारी ज्यूहरु सहभागी हुनु भएका केही झलकहरु .....
उक्त पशुपति सफाई अभियान पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराति ज्यूको सक्रिय सहभागितामा सम्पन्न भएको छ ।
यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह ज्यूको प्रमुख आतिथ्यता तथा संघको कार्यसमितीका पदाधिकारी ज्यूहरुको उपस्थितिमा आज मिति २०७९।१२।०१ गते आसरा सुधार केन्द्र पानवारी, धरान, सुनसरीको तेस्रो बार्षिक साधारण-सभा तथा पाँचौ बार्षिकोत्सव २०७९ कार्यक्रम सम्पन्न भएको केही झलकहरु......
साथै यस संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह ज्यूबाट आसरा सुधार केन्द्र पानवारी, धरान, सुनसरीको निरीक्षण एवं अवलोकन गर्नु भई उक्त आसरा सुधार केन्द्रका कार्य संचालन समितिका पदाधिकारी ज्यूहरु र केन्द्रमा कार्यरत कर्मचारीहरुलाई आवश्यक निर्देशन प्रदान गर्नु भई प्राथमिक उपचारको सामग्री समेत हस्तान्तरण गर्नु भयो ।
उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुख श्री हर्कराज राईज्यू, अर्जुनधारा नगरपालिका झापाका नगर प्रमुख श्री बलदेव गोम्देन ज्यू ,धरान उपमहानगरपालिकाका उप प्रमुख श्री अईन्द्र विक्रम बेघा ज्यू, कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली ज्यू, धरान नगरका पुर्व नगर प्रमुख एवं आसरा सुधार केन्द्र पानवारी धरानका मानार्थ सदस्य श्री मनोज कुमार मेन्याङ्बो ज्यू, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोला ज्यू,कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा ज्यू लगायतको उपस्थिती रहेको थियो
मिताि २०७९/११/२७ गते शनिबार सफा पशुपति, स्वच्छ पशुपति भन्ने मुल नारा बमोजिम पशुपति सफाइ अभियानको आज पहिलो दिन श्री पशुपती नाथ क्षेत्र सरसफाईमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह ज्यू तथा कार्यसमितिका पदाधिकारी ज्यूहरु र आसरा सुधार केन्द्रका पदाधिकारी ज्यूहरु सहभागी हुनु भएका केही झलकहरु .....
उक्त पशुपति सफाइको ३ महिने अभियानको पहिलो दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराति ज्यूको सक्रिय सहभागितामा सम्पन्न भएको छ । उक्त सफाई अभियानमा सहयोग स्वरुप यस संघकी अध्यक्ष कुसुम लतासिंह ज्यूले २ वटा पोर्टेवल शौचालय हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ ।
११३ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसमा
नेपाल प्रहरी श्रीमती संघद्वारा
सुत्केरी आमा र नवजात शिशुमा समर्पित विशेष कार्यक्रम
११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमाको अवसरमा यही ८ मार्चको दिन (फागुन २४ गते) नेपाल प्रहरी श्रीमती संघद्वारा श्रमिक महिलाहरूको स्वास्थ्य हितको लागि सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता कपडा, खाद्यान्न (पौष्टिक आहारा) तथा खाना वितरण कार्यक्रम सम्पन्न गरियो ।
११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सम्बन्धमा यस नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष कुसुम लता सिंह ज्यूको भनाई.........
सुत्केरी आमा तथा बच्चाले यस्तो अवस्थामा उचित स्याहारसुसार तथा पौष्टिक आहारा पाएमा उनीहरूको स्वास्थ्य अवस्था दीर्घकालसम्म गुणात्मक र असल हुन्छ भन्ने निर्विवाद छ । यो सार्वभौम सत्यलाई मानेर विश्वका अधिकांश देशले सुत्केरी महिला र नवजात शिशुको हितमा कार्यक्रम र बजेट लागु गरेका हुन्छन् । श्रमिक सुत्केरी आमा तथा बच्चालाई सुरक्षा प्रदान गर्नु राज्य तथा समाजको दायित्व हो र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको सार्थकता पनि हो ।
यो निर्विवाद सत्यलाई आत्मसात गरी नेपाल प्रहरी श्रीमती संघले ११३ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा थापाथली (काठमाडौं) स्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको प्रसुती वार्डमा रहेका ११० जना र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती वार्डमा रहेका ५ जना गरी जम्मा ११५ जना सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता कपडा तथा पौष्टिक आहारा (दाल, चामल, गेडागुडी घ्यु) र खाना वितरण कार्यक्रम गरेको हो । यो प्रयास आफैँमा सानो हो, तर यसले राष्ट्रिय आवश्यकताको रुपमा व्यापकता खोजेको छ ।
सामान्यतया सुत्केरी अवस्थामा महिला दिदीबहिनीहरू शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कमजोर हुन्छन् । स्वास्थ्यको दृष्टिकोणले पनि सुत्केरी आमाको लागि यो जीवन–मरणको जोखिमपूर्ण अवस्था हो । त्यसमाथि दैनिक परिश्रममा जीवन निर्वाह गर्नुबाहेक अरू चारा नभएका श्रमिक महिला दिदीबहिनीहरुको सुत्केरी अवस्थामा जीवन ज्यादै जटिल र असहाय हुने गर्दछ । उनीहरूमा आफ्नो दैनिक परिश्रमको कष्टका साथै घरायसी काम, हुर्किँदै रहेका अन्य छोराछोरीको स्याहार र पारीवारिक जिम्मेवारीले सुत्केरी अवस्थामा पनि छोडेको हुँदैन, त्यसमाथि नवजात शिशुको हेरचाह तथा पालन पोषणको दायित्व बढ्ने गर्दछ ।
यसै पनि नेपालका महिलाहरू पुरुषको तुलनामा रुखासुखा र अल्पभोजनमा बाँचिरहेका हुन्छन् । त्यसमाथि सुत्केरी महिलाले नवजात शिशुलाई स्तनपान र हेरचाह गर्न छाडेर जीवन निर्वाहको लागि सुत्केरी अवस्थाको कमजोर शारीरिक अवस्थाका बीच श्रम गर्न बाध्य हुँदा हड्डी कमजोर हुने, आङ् खस्ने, रक्तअल्पता, क्षयरोग, मुटुको रोग जस्ता अनेक घातक रोग लाग्न सक्ने उच्चजोखिम भएको हुँदा सरकारले यस्ता महिला र नवजात शिशुको लागि २ बर्षसम्म जीवन निर्वाह सुनिश्चित गर्नु जरुरी छ । यसमा राज्यले इच्छाशक्ति, कार्यक्रम र बजेट व्यवस्था नगर्नु, प्रकारान्तरले महिला यातना, शोषण र अन्याय हो ।
सुत्केरी अवस्था पछि महिलाहरूमा घर–परिवार, बालबच्चाको पालन पोषणको जिम्मेवारी र दायित्व झन् बढ्ने भएकोले ज्याला–मजदुरीमा जीवन गुजारा गर्नु परेका महिलाहरूले प्राण बचाउन काममा जाने कि बालबच्चा वा सन्तानको हेरचाह गर्ने ? छनौटमा धर्मसंकटको अवस्थाले पिरोलेर रुवाएको छ । आधुनिक राज्यव्यवस्थाले आफ्ना नागरिक जिउँदो हुनु मात्र जीवन होइन भन्ने मानेको छ । त्यसकारण शिक्षा, स्वास्थ्य, महिला, बालबालिकाको क्षेत्रमा कार्यरत योजनाकार तथा वित्तीय क्षेत्रमा कार्यरत बजेट निर्माताहरूले यस्तो कठोर अवस्थाबाट सम्पूर्ण महिलालाई मुक्त गराई मानवीय मर्यादाको स्वस्थ जीवनको लागि नीति, नियम, कार्यक्रम र बजेट व्यवस्था गरियोस् ।
सरकारी तथा गैरसरकारी क्षेत्रका साथै राज्यका अवसरबाट लाभान्वित हुने पहुँचमा रहेका उद्योगी वा ब्यवसायीहरूबाट पनि श्रमिक सुत्केरी महिला र नवजात शिशुलाई सुरक्षित जीवन प्रदान गर्न सरकारको प्रयासमा होस्टेमा हैंसे गर्नु मानवीय जिम्मेवारी हो । यस प्रसंगमा प्याब्सनका डी. के. ढुंगाना, एन् प्याब्सनका सुवास न्यौपाने र पाण्डव हमालले शैक्षिक क्षेत्रमा गरिब विद्यार्थीलाई निःशुल्क शिक्षा सेवाको लागि व्यवस्थापन गरेर उदाहरणीय योगदान स्थापित गर्नुभएको छ । साथै एभरेस्ट कलेजका सञ्चालक विष्णुहरि पाण्डे लगायत शैक्षिक संस्था सञ्चालन गरिरहनु भएका विभिन्न शिक्षणसंस्थाका विद्वानहरुले पनि स्वस्फूर्त रुपमा १० प्रतिशतभन्दा बढी निःशुल्क शिक्षाको व्यवस्था गरेर गरिब विद्यार्थीको जीवन र भविष्य उज्वल बनाउने उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँहरु सबैले आआफ्नो हैशियतबाट निःशुल्क शिक्षाद्वारा राष्ट्रलाई गहकिलो योगदान गर्नुभएको छ ।
राज्यले चाहेर पनि श्रमिक मातृ–शिशु स्वास्थ्य हित र सुरक्षित जीवन यापनको लागि यथेष्ट व्यवस्था गर्न नसकेको परिस्थितिमा व्यावसायिक क्षेत्रबाट पनि आ–आफ्नो ठाउँबाट सुत्केरी स्याहार अक्षयकोष खडा गरी सबैबाट यथाशक्य योगदान पुर्याउने अभियान राष्ट्रको अनिवार्य आवश्यकता भएको छ । स्वस्थ र सन्तुष्ट श्रमिक आमा नै राष्ट्रको खुशियालीको स्रोत हो भन्ने निर्विवाद सत्यलाई आत्मसात गरौं भन्ने मेरो अनुरोध छ ।
यस नेपाल प्रहरी श्रीमती संघद्वारा मिति २०७९।११।२४ गते बुधबार “११३ औ अन्तराष्ट्रिय नारी दिवस”को अवसरमा नारीहरुको सम्मान स्वरुप परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली काठमाण्डौ र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती वार्डमा रहेका जम्मा ११५ जना सुत्केरी आमा तथा बच्चाहरुको लागि लत्ता कपडा, खाद्यान्न तथा खाना वितरण गरिएको कार्यक्रमका केही झलकहरु……………….
चन्द्रलोक प्रतिष्ठानद्वारा नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सचिव सन्ध्या जोशी ज्यू ‘‘ राष्ट्रिय नारी सम्मान २०७९” वाट सम्मानित ।
चन्द्रलोक प्रतिष्ठानद्वारा “११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस”को अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जनजीवनका लव्ध प्रतिष्ठित महानुभावहरु तथा विभिन्न क्षेत्रमा क्रियाशिल विशिष्ठ महिलाहरुलाई सम्मानित गर्न क्रममा यस संघकी प्रशासन सचिव सन्ध्या जोशी ज्यू ‘‘ राष्ट्रिय नारी सम्मान २०७९” वाट सम्मानित हुनु भएकोमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ ।
आज मिति २०७९/११/२१ गते यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह ज्यु तथा कार्यसमितिका पदाधिकारीज्युहरुको उपस्थितिमा कार्यसमितिको बैठक बसि पदावधी समाप्त भै रिक्त रहेका पदमा पदाधिकारीज्युहरु चयन गरि नव नियुक्त तथा पुन: नियुक्त पदाधिकारीज्युहरुलाई अध्यक्षज्यूवाट स्वागत गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराईएको कार्यक्रमका केही झलकहरु ।
जिल्ला काठमाण्डौं गोकर्णेश्वर नगरपालिका ६ नं. वडा कार्यालय भवन अगाडी नेपाल प्रहरी श्रीमती संघद्वारा जडान गरिएको पोर्टेवल शौचालय आज मिति २०७९।११।१७ गते बुधबार यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह ज्यूद्वारा संघका पदाधिकारी ज्यूहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दिपक रिसाल ज्यूलाई संरक्षणका लागि हस्तान्तरण गरी शुभारम्भ गरिएको कार्यक्रमका केही झलकहरु.........................
यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह ज्युको प्रमुख आतिथ्यता तथा संघको कार्यसमितीका पदाधिकारी ज्यूहरुको उपस्थितिमा आज मिती २०७९/११/१२ गते शुक्रबार आयोजित एक कार्यक्रम बीच नेपाल पुलिस स्कुल साँगाको ३९ औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको केही झलकहरु......
यस नेपाल प्रहरी श्रीमती संघको अयोजनामा मिती २०७९।१०।१५ गतेवाट संचालित २२ दिन कार्यअवधिको "हलुका सवारी चालक (Driving) तालिम" दोस्रो समुहको मिति २०७९।११।११ गतेका दिन १४:०० बजे यस संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह ज्यू लगायत कार्यसमितिका पदाधिकारी ज्यूहरुको उपस्थितिमा तालिम समापन कार्यक्रमका केही झलकहरु...........................!
तालिम संयोजक:- श्रीमती सन्धा जोशी ज्यू ।
मिती २०७९/११/०६ गते शनिवार हिन्दुहरुको महान् पर्व महाशिवरात्रीको अवसरमा यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगन्ज तथा मेडीसिटी अस्पताल ललितपुरको प्राविधिक सहयोगमा "निशुल्क स्वास्थ्य शिविर" संचालन र यस संघको आयोजनामा " निशुल्क खानेपानी वितरण तथा भक्तजनहरुलाई चन्दन टीका लगाउने कार्यक्रम" संचालन गरिएको केही झलकहरु ।
यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौको प्राविधिक सहयोगमा मिति २०७९।१०।२० गते जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.११ स्थित श्री ईन्द्रेश्वरी माध्यामिक विद्यालयमा संचालन गरिएको “नि:शुल्क स्वास्थ्य शिविर तथा कम्वल वितरण कार्यक्रममा" स्वास्थ्य विशेषज्ञ चिकित्सकहरुबाट सर्वसाधारण महानुभावहरुलाई जनरल फिजिसियन, स्त्री तथा प्रसुती ,हाडजोर्नी तथा नाक/कान/घाटी (ENT) सम्वन्धी महिला -३६५ जना र पुरुष-१५९ जना गरी जम्मा ५२४ जनालाई नि:शुल्क स्वास्थ्य परीक्षण गरि औषधिहरू वितरण गरिएको तथा मेलम्ची नगरपालिकाका भित्रका विपन्न परिवारहरुलाई ७० थान कम्बल वितरण गरिएको साथै उक्त ईन्द्रेश्वरी माध्यामिक बिद्यालयको हाताभित्र रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षमा रहेका बालबालिकाहरुको लागि खाद्यान्न तथा ७ थान न्यानो कम्वल सहयोग हस्तान्तरण गरिएको कार्यक्रमका केही झलकहरु.......................
यस नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित २० कार्य दिन अवधिको "हलुका सवारी चालक (Driving) तालिम" दोस्रो समुहको आज मिति २०७९।१०।१५ गतेका दिन यस संघकी अध्यक्ष श्रीमती कुशुम लता सिंहज्यू लगायत कार्यसमितिका पदाधिकारीज्यूहरुको उपस्थितिमा तालिम उद्घाटन कार्यक्रमका केही झलकहरु...........................!
तालिम संयोजक:- श्रीमती सन्धा जोशी ज्यू ।
नि:शुल्क आँखा शिविर सम्पन्न काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको क....
प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन ....
प्रहरी श्रीमती संघको निःशुल्क आँखा शिविर सम्पन्न Read More..
नेपाल प्रहरी श्रीमती संघद्धारा आँखा उपचार सञ्चालनमा More Useful Links :Visit us at : http://primetimes.tv/Like us on Facebook: https://www.facebook.com/primetimestv... ...
नेपाल प्रहरी श्रीमती संघ संगको सहकार्यमा स्टारको निशुल्क स्वास्थ्य शिविर ललितपुर, १३ माघ । सानेपास्थित स्टार अस्पतालले नुवाकोटको ककनी गाउँपालिका-४ रानीपौवामा बृहत निशुल्क स्वास्थ्य शि.....
नेपाल प्रहरी श्रीमती संघद्वारा भरतपुरमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन विशाल अंगाई, चितवन : नेपाल प्रहरी श्रीमती संघले चितवनको भरतपुरमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । भरत...
यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरी र विरगन्ज हेल्थ केयर पर्साको प्राविधिक सहयोगमा मिति २०७९।०९।२८ गते जिल्ला बारा महागढीमाई न.पा-१ तेलकुवामा संचालित स्वास्थ्य शिविर तथा कम्बल वितरण कार्यक्रम” मा मदेश प्रदेश श्रीमती संघकी अध्यक्ष सिमा खान ज्यूले यस संघकी अध्यक्ष कुसुमलता सिंह ज्यू लगायत कार्यसमितीका पदाधिकारी ज्यूहरुलाई स्वागत गर्नुभएको र उक्त स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण महानुभावहरु जम्मा ४३२ जनालाई बाल रोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी लगायत विभिन्न रोगहरू सम्वन्धी स्वास्थ्य विषेशज्ञ चिकित्सकहरूवाट निशुल्क स्वास्थ्य जाँच तथा औषधिहरू वितरण गरिएको र महागढीमाई नगरपालिका वडा नं.२ र ७ का २२३ विपन्न परिवारलाई २/२ थान गरी जम्मा ४४६ थान न्यानो कम्बल वितरण गरिएको कार्यक्रमका केही झलकहरु ।
नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल महाराजगन्जको संयुक्त आयोजनामा लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्यमा मिति २०७९।०९।२५ र २६ गते लुम्विनी प्रदेश तालिम केन्द्र वुटवलमा संचालित "स्वास्थ्य शिविर" मा लुम्विनी प्रदेश तालिम केन्द्र वुटवलमा कार्यरत प्रहरी कर्मचारीहरू, तालिमरत प्रशिक्षार्थीहरू लगायत स्थानिय प्रहरी (इ.प्र.का, व.प्र.का) पुर्व प्रहरी कर्मचारीहरु तथा प्रहरी परिवार गरी जम्मा ५६२(Dental-५८, Nephro -१६, ENT-६४, Physician-१२६, Skin-६२, Ortho-२१०, Gyno-२६) जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको कार्यक्रमका केही झलकहरू ।
मिति २०७९।०९।२४ गते आईतवार यस नेपाल प्रहरी श्रीमती संघले मानव सेवा आश्रम भरतपुर चितवनलाई खाद्यान्न सामाग्री ,कम्वल तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका केही झलकहरु........
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा दृष्टी आँखा फाउण्डेसन तथा चितवन आँखा अस्पताल भरतपुर चितवनसंगको सहकार्यमा मिति २०७९।०९।२४ गते सतनचुली सामुदायिक वन उपभोक्ता समूह रामनगर ,चितवनमा सँचालित "आँखा शिविर" कार्यक्रमका केही झलकहरु ।
नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल महाराजगन्ज, धार्मिक सेवा समिती मौलाकालिका मन्दिरको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साईन्सेसं भरतपुर , दृष्टी आँखा फाउण्डेसन तथा चितवन आँखा अस्पताल भरतपुर चितवनसंगको सहकार्यमा श्रद्वेय श्रीमान् प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ज्यु को प्रमुख आतिथ्यतामा मिति २०७९।०९।२३ र २४ गते जिल्ला नवलपरासी पुर्व गैडाकोट -१ स्थित वडा कार्यालय मिलनचोकमा संचालन गरिएको स्वास्थ्य शिविरमा सर्वसाधारण महानुभावहरु जम्मा १०५४ ( महिला -६१८, पुरुष-४३६) जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको र आँखा शिविरमा जम्मा १२७ जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क आँखा जाँच तथा औषधी वितरण गरिएको कार्यक्रमका केही झलकहरू ।
नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पताल महाराजगंजको आयोजना तथा नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवन मेडिकल कलेज भरतपुर र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरसँगको सहकार्यमा मिति २०७९।०९।२३ र २४ गते यस नेपाल प्रहरी शिक्षालय भरतपुरको प्राङ्गणमा “स्वास्थ्य शिविर” तथा “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको छ ।
उक्त शिविरबाट नेपाल प्रहरी शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू, तालिमरत प्रशिक्षार्थीहरू लगायत पुर्व प्रहरी कर्मचारीहरु तथा प्रहरी परिवार गरी जम्मा ८०१ (Ortho-२१८, Medicine-२४७, ENT-९६, Gyno-३१, Cardio-३२, Urology-१४, Dental-४८, Derma-४१, Radiology-७२) जनाले विशेषज्ञ डाक्टरहरूबाट निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको थियो भने २७० जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए । साथै उक्त अवसरमा नेपाल प्रहरी अस्पतालकी प्राविधिक प्रहरी उपरीक्षक डा.दिवा शर्माज्यूले मृगौला रोग सम्बन्धि सचेतामूलक प्रस्तुतीकरणसमेत दिनुभएको थियो जसबाट करिब ९०० जना प्रहरी कर्मचारी र तालिमरत प्रशिक्षार्थीहरू लाभन्वित भएका थिए ।
उक्त कार्यक्रमका झलकहरू ..................
मिति २०७९।०९।२२ गते शुक्रबारको दिन यस नेपाल प्रहरी श्रीमती संघले गोकर्णेश्वर माकलवारी काठमाण्डौमा रहेको मेरुदण्डिय पक्षघात समूह नेपाललाई खाद्यान्न सामाग्री तथा लत्ताकपडा (ब्लाङकेट) हस्तान्तरण गरिएको कार्यक्रमका केही झलकहरु........
टाउकोको नशामा रगत जमी त्रि.वि शिक्षण अस्पतालको वाल कक्षमा उपचार्थ जिल्ला गुल्मी ईस्मा गाँउपालिका वडा नं.२ वस्ने प्रकाश ठकुरीको ३० महिनाको छोरा अभिषेक ठकुरीलाई आज मिति २०७९/०९/११ गते यस नेपाल प्रहरी श्रीमती संघको पदाधिकारीज्यूहरूले भेटघाट गरि स्वास्थ्य अवस्था सम्बन्धी जानकारी लिदै उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको केही झलकहरू.....
यस संघ र विभिन्न मितिमा विभिन्न शैक्षिक संस्थाहरु विच भएको सम्झौता वमोजिम नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार,अमर प्रहरी परिवार र पुर्व प्रहरी परिवारका सन्ततीहरुको लागि उपलव्ध गराईने छात्रवृत्ति सम्वन्धमा आज मिति २०७९।०९।०७ गते यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंह ज्यू ले नेपाल प्रहरी विद्यालय साँगा,सामाखुसी ,धरान र दाङमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थी भाइ बहिनीहरुसँग ZOOM Meeting मार्फत गरिएको अन्तरक्रिया कार्यक्रमको केही झलकहरु...........
यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा आज मिती २०७९/०९/०३ गते नेपाल प्रहरी बिद्यालय धरानमा यस संघले विभिन्न संस्थाहरुसँग गरिएको शैक्षिक सम्झौता वमोजिमको छात्रवृत्ति सम्बन्धी साक्षात्कार कार्यक्रमका केही झलकहरु.......
नेपाल प्रहरी श्रीमती संघ र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि. बिराटनगरको सहकार्यमा मिति २०७९।०९।०३ गते १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित " एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रमका केही झलकहरु ………..
नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साईन्सेसं चितवनसँगको सहकार्यमा मिति २०७९।०८।२४ गते बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडामा र मिति २०७९।०८।२५ गते सशस्त्र प्रहरी बल, नेपाल नं.४० रिजर्व गण हे.क्वा. पिलुवा, बारामा “स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न गरिएका केही झलकहरु ………..
आज मिति २०७९।०८।२३ गते शुक्रबारको दिन यस नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष कुशुम लता सिंह ज्यू तथा मेघा अस्पताल प्रा.लि. का अध्यक्ष किशोर जंग राणाज्यू र चिकित्सा निर्देशक डा. ईवराज सिंम्खडाज्युले नेपाल प्रहरीका बहालवाला प्रहरी, अमर प्रहरी र पुर्व प्रहरी कर्मचारीहरु तथा प्रहरी कर्मचारीहरुका आश्रीत परिवारहरुलाई स्वास्थ्य उपचारसेवामा छुट दिने भनी समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको कार्यक्रमका केही झलकहरु.............
मिति २०७९/०८/०४ गते भएको प्रतिनिधी सभा तथा प्रदेस सभाको निर्वाचनमा खटिएका नेपाल प्रहरीको टोली निर्वाचन डिउटी सम्पन्न गरी मिति २०७९/०८/०५ गते फर्कने क्रममा जिल्ला बैतडी पाटन नगरपालिका वडा नं.४ थुम स्थितमा भएको सवारी दुर्घटनामा परी मृत्यु वरण गरेका स्व.प्र.स.ह. अर्जुन बहादुर कठायत, स्व.प्र.ज. लोक बहादुर बाठा मगर, स्व.प्र.ज. पुतली खड्का, स्व.प्र.ज. धिर्क बहादुर बिष्ट र स्व प्र.ज. रमेश सिंह साउदको परिवारलाई क्रिया खर्च बापत सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. मोहन आचार्य ज्यू मार्फत क्रिया खर्च बापद आर्थिक सहयोग हस्तान्तरण गरिएको र उक्त सवारी दुर्घटनामा घाईते भई कोहलपुर मेडिकल कलेज नेपालगंजमा उपचारार्थ रहेका प्र.ह. गणेश बहादुर खड्का प्र.ज. भानु सिंह बिष्ट र सुदुरपश्चिम प्रहरी अस्पताल शाखा धनगढीमा उपचारार्थ रहेका प्र.स.ह. गोपाल बहादुर पाल, प्र.ज. नरेश कठरिया, प्र.ज. चन्द्र सिंह ठगुन्ना र मिति २०७९/०८/०४ गते जिल्ला बाजुरामा निर्वाचन बुथमा भएको झडपमा (गोली चल्दा) घाईते भएका प्र.स.ह. कृष्ण कुवरलाई मिति २०७९/०८/११ गते यस नेपाल प्रहरी श्रीमती संघको पदाधिकारीज्यूहरू उपचारार्थ रहेको सम्बन्धित अस्पतालमा खटी गई स्वास्थ्य अवस्था सम्बन्धी जानकारी लिदै उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको केही झलकहरू..............
आज मिति २०७९/०४/०९ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा श्रावण महिनाको दोस्रो सोमवारको अवसरमा पशुपतिनाथको मन्दिरमा पाल्नुहुने श्रद्दालु भक्तजनहरुको लागि नि:शुल्क आँखा शिविर,प्राथमिक उपचार तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएका झलकहरू..........
आज मिति २०७९।०४।०६ गते यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहज्यू तथा एभरेष्ट कलेज,कोलम्बस कलेज,काठमाण्डौ नेशनल कलेज र वेदास कलेजका संचालक श्री बिष्णु हरि पाण्डेज्यू विच कोलम्वस कलेजका निर्देशक यादव भट्टराई, एभरेष्ट कलेजका शैक्षिक निर्देशक बाबुराम चापागाई , नेपाल प्रहरीका नायब महानिरीक्षक दुर्गा सिहं र किरण राणाज्यूको समउपस्थतीमा नेपाल प्रहरीका वहालवला, अमर प्रहरी र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई +2 का लागी पुर्ण छात्रबृती (पाच) जनालाई ,Bachelor of Computer Application तर्फ पुर्ण छात्रबृती (दुई) जनालाई र Bachelor Business Management तर्फ पुर्ण छात्रवृती (एक) जनालाई तथा +2 का लागी वार्षिक एकमुष्ट शुल्कमा जम्मा ५० जनालाई व्यवस्थापन संकाय तर्फ ७५ % र बिज्ञान संकाय तर्फ ७३% छूट सम्बन्धी भएको सम्झौता कार्यक्रममा झलकहरु:-
आज मिति २०७९/०४/०२ गते यस नेपाल प्रहरी श्रीमती संघले साउन पहिलो सोमबारको अवसरमा पशुपतीनाथ मा पाल्नुहुने श्रद्दालु भक्तजनहरुलाई नि: शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर संचालन कार्यक्रमका झलकहरु:-
आज मिति २०७९।०३।२२ गते नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित यौन हिंसा सम्बन्धी सचेतना मुलक कार्यक्रममा यस संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंह ज्यूको अध्यक्षतामा उपत्यका ट्राफिक महाशाखामा, ट्राफिक महाशाखाका प्रमुख ज्यू, यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष ज्यू ,काठमाण्डौ होटल ब्यवसायी संघका महासचिव ज्यू लगाएत नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु समेतको उपस्थितीमा उपत्यका भित्रका सार्वजनिक सवारी साधनहरुमा यौंन हिंसा सम्बन्धी सचेतना मुलक स्टिकर टाँस्ने तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएका केही झलकहरु......................................
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Address
Bhrikutimandap
Kathmandu
44600
Opening Hours
Monday | 10:00 - 17:00 |
Tuesday | 10:00 - 17:00 |
Wednesday | 10:00 - 17:00 |
Thursday | 10:00 - 17:00 |
Friday | 10:00 - 15:00 |
Sunday | 10:00 - 17:00 |
Babarmahal
Kathmandu
Welcome to the official page of Nagdhunga Tunnel Construction Project.
Kathmandu, 44600
Millennium Challenge Corporation (MCC) - Nepal Compact Paving The Way Towards Prosperity In Nepal
Mitrapark
Kathmandu, 44600
Kathmandu Metropolitan City ward no 7's information page
Balaju
Kathmandu
Nepal Bureau of Standards & Metrology (NBSM) is the National Standards Body of Nepal. It is one of the departments under Ministry of Industry, Commerce and Supplies.
Kalimati
Kathmandu
भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न
Kamalpokhari
Kathmandu, 44600
Welcome to official page of Public Service Commission Nepal