काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office

Kathmandu is the capital and largest metropolitan city of Nepal. An Official page.

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन : २ दिनभित्रै परीक्षा र नतिजा 10/12/2023

काठमाडौँ महानगरपालिकाले आज स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते (हिजो) सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो ।

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन : २ दिनभित्रै परीक्षा र नतिजा काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक ....

कार्यक्रम माग गर्ने संघसंस्थाका प्रतिनिधिलाई वडा नं. २३ बाट अभिमुखीकरण 10/12/2023

वडा कार्यालयबाट विकास सहायताअन्तर्गत काम गर्ने संघ संस्थाबाट हामीले नतिजा अपेक्षा गरेका छौँ । यो नतिजा प्राप्त गर्न कार्यक्रम माग गर्ने, स्वीकृत गर्ने, कार्यक्रम सञ्चालन गर्ने, सञ्चालित कार्यक्रमको नतिजा मापन गर्ने, प्रतिवेदन बनाउने, भुक्तानी माग गर्नेजस्ता प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि केही कागजपत्र चाहिन्छन् । संघ संस्थाले यो प्रक्रिमा थाहा पाउनुभयो भने नतिजा आउँछ । बेरुजु हँुदैन । वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले भन्नुहुन्छ, ‘परम्परागत तथा स्थानीय सिप र क्षमतालाई महानगरको विकासमा आवद्ध गराउन चाहन्छौँ । यसका लागि संघसंस्थाले योजना तथा कार्यक्रम माग गर्ने प्रक्रिया थाहा पाउनुपर्छ ।’

कार्यक्रम माग गर्ने संघसंस्थाका प्रतिनिधिलाई वडा नं. २३ बाट अभिमुखीकरण काठमाडौँ । वडा कार्यालयबाट विकास सहायताअन्तर्गत काम गर्ने संघ संस्थाबाट हामीले नतिजा अपेक्षा गरेका छौँ । यो नति....

Photos from काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office's post 09/12/2023

स्रोत शिक्षकको नतिजा प्रकाशन सम्बन्धी सुचना

सामुदायिक कुकुरमा डिस्टेम्पर रोगको संक्रमण : टोलमा देखिए खवर गर्न आग्रह 09/12/2023

केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको काठमाडौँ महानगरपालिका पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिनुभएको छ । समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा रोग थाहा भएको उहाँको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ । कुकुरबाट मान्छेमा भने सर्दैन ।

सामुदायिक कुकुरमा डिस्टेम्पर रोगको संक्रमण : टोलमा देखिए खवर गर्न आग्रह काठमाडौँ । केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको काठमाडौँ महानगरपालिका पशुपन्छी विभागका प्रम.....

२९ महानगर दिवसको मूल समारोह सैनिक मञ्चमा हुने — प्रमुख शाह 09/12/2023

यस बर्ष महानगर दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा हुने भएको छ । हिजो (मंसिर २२) बसेको नगर कार्यपालिकाको २५ औँ बैठकमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले यस सम्बन्धी जानकारी दिनुभएको हो । ‘गएका बर्षहरुमा दिवसकाको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ बसन्तपुरमा यस बर्ष सवारी प्रवेधमा निषेध गरेका छौँ । ठूलो स्पिकर राखेर गरिने कार्यक्रन रोकेका छौँ । यो निषेध अरुका लागि मात्र होइन । महानगरपालिका आफैँका लागि पनि हो । यसकारण यस बर्षको कार्यक्रम सैनिक मञ्चमा गर्न लागेका हौँ ।’ प्रमुख शाहले स्पष्ट पार्नुभयो ।

नगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो ।

२९ महानगर दिवसको मूल समारोह सैनिक मञ्चमा हुने — प्रमुख शाह काठमाडौँ । यस बर्ष महानगर दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा हुने भएको छ । हिजो (मंसिर २२) बसेको नगर कार्यपाल.....

08/12/2023

२५ औं नगर कार्यपालिका बैठक || काठमाडौँ महानगरपालिका || २०८० मंसिर २२ गते शुक्रबार || काठमाडौँ प्लाजा, कमलादी, काठमाडौँ ||

08/12/2023
जलवायु परिवर्तन र वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ ठूला सहर प्रमुख 07/12/2023

काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटीज) को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरुले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

प्रतिवद्धता जनाउने सहरहरुमा काठमाडौँ महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बंगलादेशको ढाका, रवंदाको कीगाली र उगान्डाको काम्पला सहर छन् ।

जलवायु परिवर्तन र वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ ठूला सहर प्रमुख काठमाडौँ । काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र स...

06/12/2023

काठमाडौं महानगरपालिकामा प्रशिक्षक तथा विज्ञहरूलाई सूचिकृत हुन आउने बारेको सूचना !!

अनधिकृत व्यक्तिले औषधि बेच्न नपाइने, प्रेस्किप्सनबिना औषधि दिन नपाइने व्यवस्था कडाइका साथ का 06/12/2023

’जनस्वास्थ्यमा लापर्वाही हुने क्रियाकलापले आफूलाई संवेदनशील बनाएको बताउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सर्वसाधारणलाई अपिल गर्दै भन्नुहुन्छ, ‘यस्ता लापर्वाही देखिए, भेटिए वा आफूलाई परे महानगरपालिकाको जनस्वास्थ्य विभागमा उजुरी गर्नुहोला । टोल फ्री नं. १६६००१०५५११ मा सम्पर्क गर्नुहोला । तोकिएको समयभित्र सुधारको संकेत देखिएन भने गलत गर्नेहरुलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधी पसल बन्द गर्ने सम्मको कारवाही गर्छौँ ।’

अनधिकृत व्यक्तिले औषधि बेच्न नपाइने, प्रेस्किप्सनबिना औषधि दिन नपाइने व्यवस्था कडाइका साथ का काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरै औषधी पसलहरु मापदण्ड विपरीत रहेको उल्लेख गर्दै काठम....

05/12/2023

औषधी पसल(फार्मेसी) सञ्‍चालन गर्ने ब्यवसायीहरुका लागि काठमाडौं महानगरपालिकाको अत्यन्तै जरुरी सूचना !

05/12/2023

सहभागी गराइदिने सम्बन्धमा ।

05/12/2023

स्रोत शिक्षक परीक्षाको कार्यतालिका सम्बन्धमा ।

05/12/2023

भाषा, कला, संस्कृति सम्बन्धी कार्यरत विज्ञ/संघ संस्थाहरुलाई सूचीकृत हुन आउने बारेको सूचना

काठमाडौं महानगरपालिकाको आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत सहरी योजना आयोगद्धारा सञ्चालन हुने अनुसन्धान तथा अन्वेषण नामक स्वर्णीम आयोजना अन्तर्गत भाषा, कला, संस्कृति अनुसन्धानको लागि यस क्षेत्रमा संलग्न भई कार्यरत इच्छुक व्यक्ति/ विषय विज्ञहरु तथा संघ संस्थाहरुका Roster तयार गर्ने कार्य भई रहेकोले सम्बन्धित सबैलाई यसै सूचना मार्फत सुचीकृत हुन आउन काठमाडौं महानगरपालिकाको Website: www.kathmandu.gov.np मा रहेको तपसिल बमोजिमको लिङ्कमा फारम भरी १५ दिन भित्र आवेदन पेश गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

Link: https://shorturl.at/buI15

आवेदन दिनको लागि आवश्यक कागजात

१. शैक्षिक योग्यताको प्रमाणपत्र

२. विज्ञता/अनुभवको प्रमाणपत्र

३. नेपाली नागरिकताको प्रतिलिपि

४. संघ संस्थाको हकमा फर्म/कम्पनी दर्ता, प्यान/भ्याट दर्ता, आयकर चुक्ता, व्यवसाय दर्ता प्रमाणपत्रहरु

कर्मचारीलाई सीपीआरको प्रयोगात्मक कक्षा : विपद व्यवस्थापन क्षमता विकास कार्यक्रम 04/12/2023

काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को आधारभूत तालिम लिएका छन् । विपद क्षति न्यूनीकरणका लागि पूर्वतयारी, विपतका समयको प्रतिकार्य र त्यसपछिको पुनःस्थापनामा वडाले निर्वाह गर्नु पर्ने भूमिका, यसका लागि जान्नु पर्ने आधारभूत ज्ञान र व्यवस्थापनका लागि हुनै पर्ने सिप विकासका लागि आयोजना गरिएको ३ दिने तालिम (मंसिर १५, १६ र १७ गते) को अन्तिम दिन यसको अभ्यास गरिएको हो । विपद व्यवस्थापन विभागले आयोजना गरेको तालिममा वडा सचिव, इञ्जिनियर र विपदका समयमा सक्रिय हुनु पर्ने विभागहरु (प्रशासन, लेखा) का अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

कर्मचारीलाई सीपीआरको प्रयोगात्मक कक्षा : विपद व्यवस्थापन क्षमता विकास कार्यक्रम काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को आधारभूत तालिम लिएका छन् ...

विकास साझेदारबाट आर्थिक सहयोग लिन होइन, सिकाइ र अनुभव जान्न चाहन्छौँ — प्रमुख प्रशासकीय अधिकृ 04/12/2023

उहाँले भन्नुभयो, ‘श्रम बजारमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न व्यवसायिक तालिम सञ्चालन प्रक्रिया थालेका छौँ । तालिम प्राप्त जनशक्तिलाई ‘श्रम बैङ्क’ मा सूचीकृत गराउँछौँ । श्रम बैङ्कमा रोजगारदाता पनि सूचीकृत रहनुहुन्छ । यसले सिप भएका मानिसले रोजगारदाता पाउनुहुन्छ । रोजगारदाताले आफूलाई चाहिने जनशक्ति पाउनुहुन्छ । यसका लागि रोजगारीका क्षेत्र, यस क्षेत्रमा आवश्यक पर्ने जनशक्ति, अहिले उपलब्ध गराइएका तालिमहरुको गुणस्तरका बारेमा विस्तृत थाहा पाउन खोजेका हौँ ।’

विकास साझेदारबाट आर्थिक सहयोग लिन होइन, सिकाइ र अनुभव जान्न चाहन्छौँ — प्रमुख प्रशासकीय अधिकृ काठमाडौँ । श्रम बजारमा सिर्जना भएका अवसर, अवसर प्राप्त गर्न व्यक्तिमा चाहिने ज्ञान र सिपको स्तर, सिपलाई अवसरमा रु....

सामान्य सावधानी र सानातिना व्यवहारिक आचरणले ठूलो विपत्ति टर्छ 02/12/2023

‘व्यक्तिका सानातिना व्यवहारिक आचरण र सावधानीले सम्भावित ठुलो जनधनको क्षतिबाट बच्न र बचाउन सकिन्छ । यसकारण काठमाडौँ महानगरपालिकाले विपदका विषयमा आधारभूत जानकारीका लागि सचेतना बढाउने काम थालेको छ ।’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भन्नुहुन्छ, ‘विपद व्यवस्थापनको चक्रमा नागरिक, समुदाय, संघसंस्था, सरकार सबैको भूमिका छ । यसमा जनप्रतिनिधिले नेतृत्व र कर्मचारीले नीति कार्यान्वयनमा काम गर्नुपर्छ ।’ मंसिर १५ गतेबाट सुरु भएको ३ दिने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिममा उहाँले महानगरपालिकाको भूमिकाका विषयमा कुरा गर्दै यस्तो बताउनुभएको हो ।

सामान्य सावधानी र सानातिना व्यवहारिक आचरणले ठूलो विपत्ति टर्छ काठमाडौँ । ‘व्यक्तिका सानातिना व्यवहारिक आचरण र सावधानीले सम्भावित ठुलो जनधनको क्षतिबाट बच्न र बचाउन सकिन्छ । ...

02/12/2023

गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी सूचना

30/11/2023

तालिममा सहभागी पठाइदिने सम्बन्धमा ।

काठमाडौं महानगरपालिकाको लिजा समितिले दुई दिने अभिमुखिकरण HAMROKATHMANDU 20800812 29/11/2023

काठमाडौं महानगरपालिकाको लिजा समितिले दुई दिने अभिमुखिकरण

काठमाडौं महानगरपालिकाको लिजा समितिले दुई दिने अभिमुखिकरण HAMROKATHMANDU 20800812 Producer/Presenter : Baikuntha BhandariCamera Person : Anup Pradhan, Rupin DangolGraphics\Visual Editor : Raj Dhamiहाम्रो काठमाडौँका सम्पूर्ण कार्यक्रम युट्य...

29/11/2023

श्री वडा कार्यालय सबै काठमाण्डौं महानगरपालिका। (विवरण सम्बन्धमा ।)

बाँसुरी बादन प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाको आव्हान 29/11/2023

मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बाँसुरी बादन प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाको आव्हान काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानग....

29/11/2023

मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मङ्सिर १२ गते स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ । सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ ।

29/11/2023

बाँसुरी खलः धें धें बल्ला कासा-११४४ सम्बन्धि सार्वजनिक सूचना ।

मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र सूर्तीजन्य बस्तु बिक्री र प्रयोग पूर्ण निषेध 28/11/2023

मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । आज स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ । सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ, भनिएको छ ।

मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र सूर्तीजन्य बस्तु बिक्री र प्रयोग पूर्ण निषेध काठमाडौँ । मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्.....

प्रमुख शाहबाट चन्द्रबिनायक तथा भैरवनाथ जात्रा क्षेत्रको अवलोकन : मंसिर ११ गतेबाट जात्रा सुरु 28/11/2023

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन भ्रमण गर्नुभएको छ । जात्राको पहिलो दिन उहाँले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिनुभएको हो । त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतले जात्रासँग सम्बन्धित ठाउँ, संस्कार, संस्कृति र सामाजिक जीवनका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रमुख शाहबाट चन्द्रबिनायक तथा भैरवनाथ जात्रा क्षेत्रको अवलोकन : मंसिर ११ गतेबाट जात्रा सुरु काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हु...

27/11/2023

जानकारी सम्बन्धमा !!!

बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान 27/11/2023

काठमाडौँ महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको छ । यो, जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो । यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो । यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि सार्वजनिक स्थलमा नमूना परीक्षणका लागि राख्ने योजना बनेको हो ।

बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको छ । यो, .....

‘संस्थागत स्व-मूल्याङ्कन’ र ‘वित्तीय जोखिम व्यवस्थापन’ प्रणाली विषयमा अभिमुखीकरण 25/11/2023

अधिकारीले भन्नुभयो, ‘आर्थिक बर्ष २०७८/०७९ मा महानगरपालिकाले १०० पूर्णाङ्कमा ५७.२५ अङ्क प्राप्त गरेको थियो । यसमा ९ अङ्कको शासकीय प्रबन्धमा ७ अङ्क, ८ अङ्कको संगठन र प्रशासनमा ४ अङ्क, ११ अङ्कको वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क प्राप्त गरेको थियो ।’ सूचकमा प्राप्त नतिजाका विषयमा जानकारी दिँदै उहाँले, ११ अङ्कको वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ अङ्क, १६ अङ्कको सेवा प्रवाहमा ९.७५ अङ्क, ७ अङ्कको न्यायिक कार्यमा ४ अङ्क, १३ अङ्कको भौतिक पूर्वाधारमा ४.५ अङ्क, १० अङ्कको सामाजिक समावेशीकरणमा ४.५ अङ्क, ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ४.५ अङ्क र ६ अङ्कको सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको बताउनुभयो ।

‘संस्थागत स्व-मूल्याङ्कन’ र ‘वित्तीय जोखिम व्यवस्थापन’ प्रणाली विषयमा अभिमुखीकरण काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘स्थानीय तह संस्थागत स्वमूल्याङ्कन समिति (लिजा)’ ले सूचक र क्षेत्रगत जिम्...

24/11/2023
उपप्रमुख अष्ट्रेलिया प्रस्थान : मंसिर १७ गते फर्किने कार्यक्रम 24/11/2023

भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका बारेमा जानकारी दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सिडनी, क्यानवेरा होर्बट र मेलवर्नलगायत सहरका सहरी तथा शासन व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरुसँग भेटघाटका कार्यक्रम पनि छन् । यस अवसरमा अष्ट्रेलियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्ने, संसद भवनको अवलोकन गर्ने कार्यक्रम पनि छ ।’

उपप्रमुख अष्ट्रेलिया प्रस्थान : मंसिर १७ गते फर्किने कार्यक्रम काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । अष्ट्रेलिया सर....

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

काठमाडौँ महानगरपालिका,  विकास साझेदार निकायको बैठक || २०७९ असोज ५ गते बुधवार ||
फोहोर ढुवानी गर्न काठमाडौँ महानगरपालिकालाई पेशा तथा ब्यवसायिक क्षेत्रबाट सहयोग || आज विहान नेपाल ट्रीपर तथा ट्रक ब्यवसाय...
काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको सातौँ  बैठक || २०७९ साउन २६ बिहीबार ||
चौथो कार्यपालिका बैठक || २०७९ असार १० शुक्रबार
काठमाडौँ महानगरपालिका वडा नं १४ को मत परिणाम घोषणा || २०७९ जेठ १२ गते बिहीबार ||
स्थानीय तह सदस्य निर्वाचन घोषणा २०७९ || राष्ट्रिय सभा गृह ||
विजय र्‍याली काठमाडौँ महानगरपालिका वडा नं. १६
काठमाडौँ महानगरपालिका वडा नं १६ को मत परिणाम घोषणा || २०७९ जेठ १२ गते बिहीबार
काठमाडौँ महानगरपालिका वडा नं १७ को मत परिणाम घोषणा || २०७९ जेठ १२ गते बिहीबार

Telephone

Address


Kathmandu Plaza, Kamaladi
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 15:00

Other Government Organizations in Kathmandu (show all)
Nepal Scouts Nepal Scouts
Lainchaur
Kathmandu

This is the official page of Nepal Scouts.

HIV/AIDS and STI Control Board Nepal HIV/AIDS and STI Control Board Nepal
39 Rani Marg Behind Tundal Devi Temple Baluwater
Kathmandu

Nagdhunga Tunnel Construction Project Nagdhunga Tunnel Construction Project
Babarmahal
Kathmandu

Welcome to the official page of Nagdhunga Tunnel Construction Project.

Hello balara municipality Hello balara municipality
हेल्लो बलरा नगरपालिका
Kathmandu, HELLOBALARAMUNICIPALITY

Millennium Challenge Corporation - Nepal Compact Millennium Challenge Corporation - Nepal Compact
Kathmandu, 44600

Millennium Challenge Corporation (MCC) - Nepal Compact Paving The Way Towards Prosperity In Nepal

नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन
Kathmandu, 44600

नेपालकै जेठो संगठन, नेपाल निजामती कर्?

Kathmandu Metropolitan City ward No 7, Mitrapark Kathmandu Metropolitan City ward No 7, Mitrapark
Mitrapark
Kathmandu, 44600

Kathmandu Metropolitan City ward no 7's information page

Armed Police Force, Nepal Armed Police Force, Nepal
Halchowk
Kathmandu, 00977

नेपाल गुणस्तर तथा नापताैल विभाग NBSM नेपाल गुणस्तर तथा नापताैल विभाग NBSM
Balaju
Kathmandu

Nepal Bureau of Standards & Metrology (NBSM) is the National Standards Body of Nepal. It is one of the departments under Ministry of Industry, Commerce and Supplies.

National Land Commission National Land Commission
Kalimati
Kathmandu

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न

हेलो लोक सेवा आयोग हेलो लोक सेवा आयोग
Kamalpokhari
Kathmandu, 44600

Welcome to official page of Public Service Commission Nepal