Nepal Police
This is the Official page of Nepal Police. This page should not be used for reporting crime.
Chief of Nepal Police: IGP Basanta Bahadur Kunwar
Organizational Information:
Nepal Police is the only civil police organization of Nepal and was formally established with the promulgation of the Police Act in 2012 BS (1955 AD). Subsequently, the Police Regulation was promulgated in 1959 AD. Nepal Police consists of approximately 79,541 uniformed officers at various ranks. Organizational Vision:
A people focused, fair and professional police service.
लागु औषध दुरूपयोग विरूद्ध लडौंः रोकथाममा जोड दिऔं।
हार्दिक बधाई तथा शुभकामना
जंगली हात्तीको दारा जस्तो देखिने वस्तु सहित ३ जना व्यक्तिहरू पक्राउ
#नेपालप्रहरी
प्रहरी समाचार
बाटो काट्दा सधैँ जेब्रा क्रसिङ्ग वा आकाशे पुलको प्रयोग गरौँ । ट्राफिक नियम तपाई हाम्रो सुरक्षाका लागि हो ।
#नेपालप्रहरी
काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ७ मा दिउँसको समयमा २५ लाख बराबरको धनमाल चोरी गर्ने व्यक्तिहरु पक्राउ
४ किलो ५०४ ग्राम लागु औषध कोकिन सहित ४ जना विदेशी नागरिकहरु पक्राउ
#नेपालप्रहरी
Computer Source Code (कम्प्यूटर स्रोत सङ्केत) चोरी गर्ने व्यक्ति पक्राउ
#नेपालप्रहरी
३७ औं लागु औषध दुरूपयोग एवम् अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०२४ को सप्ताहव्यापी (असार ६ गतेदेखि १२ गतेसम्म) कार्यक्रमको सुभारम्भ भएको छ ।
जिल्ला मुस्ताङ, जोमसोम देखि ४० कि.मि. टाढा रहेको वारागुङ मुक्तिक्षेत्र गा.पा. ५ को साङता स्थित समाज घरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजना तथा जि.प्र.का. मुस्ताङको समन्वयमा उक्त गाउँमा बसोबास गर्ने १५ घरपरिवारलाई राहत सामाग्री वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिबन्धित लागु औषध सहित मानिसहरु नियन्त्रणमा ।
दसौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेज्यूको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित योग विज्ञान शिविर-२०८१ को क्रममा लिइएका केही झलकहरु !!
नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा PCL Nursing को पहिलो व्याचमा अध्ययनरत सबै ४० जना विद्यार्थीहरु उत्तीर्ण भई १००% नतिजा ल्याउन सफल भएकोमा सम्पूर्ण शिक्षकवर्ग तथा विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न
दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो ।
स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताउनुभयो । संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउनुहुँदै कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने उल्लेख गर्नुभयो । देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्याई सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले निश्चित आसन, विधि र पद्धतिको अवलम्बनद्वारा गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोंचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्नुका साथै स्वअनुशासन र आध्यात्मिक अनुशासनतर्फ डोर्याउन समेत मद्दत पुग्ने बताउनुभयो । मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी शारीरिक, मानसिक र आध्यात्मिक अनुभूतिलाई सन्तुलनमा राखी मानव जीवनलाई शान्त, रचानात्मक र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको र यसले समाजमा अपराधका घटनाहरू समेत न्यूनिकरण हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । शान्त, धैर्यवान भई विवेकपूर्ण निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगसँग अभ्यस्त गराउने उद्देश्यका साथ तालिम प्रदायक निकायहरूमा संचालित तालिम कार्यक्रममा योगलाई अनिवार्य समावेश गराउँदै आएको बताउनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्र, पतंजली युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल र महिला पतंजली योग समिति नेपालका सह केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।
नेपाल पुलिस स्कुल, साँगामा अध्ययनरत विद्यार्थीहरूले प्रतिनिधि सभा र सिंहदरबारको स्थलगत अवलोकन भ्रमण गर्नुका साथै सांसदहरू तथा केन्द्रीय प्रशासनिक जिम्मेवारी सम्हाल्नु भएका अधिकारीज्यूहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरी सिकाईको दायरा फराकिलो गर्ने क्रममा लिईएका केही तस्विरहरु ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौँ महानगरपालिका वडा नं.१५ स्थित श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालयका विद्यार्थी, शिक्षक/ शिक्षिका र सैनिक कर्मचारीहरु गरि अ.२५० जनाको उपस्थितीमा “ लागु औषध , साईवर अपराध र ट्राफिक नियम ” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न।
विस्तृत: https://www.facebook.com/100026682563207/posts/1531632014402869/
प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा २ करोड २९ लाख बराबरको अवैध सामानहरू लोड रहेको ट्रकहरू पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आन्तरुज राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाईएको ।
कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक हत्या गरी खाल्डोमा पुरेको भिडियो "भुत प्रेत" नामबाट विभिन्न सामाजिक संजालहरुमा अपलोड गरे पश्चात उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मिति २०८१।०२। ३२ गते जिल्ला इलाम देउमाई न.पा.४ सरदार गाँउमा घटना घटेको खुल्न आई प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटिई उक्त घटनामा संलग्न रहेको अभियोगमा ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
अवैध ६ के.जी. सुन र ४८ लाख नगद सहित मानिस पक्राउ
ईद उल अज़हा (बक़रीद) को हार्दिक शुभकामना
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर तथा नेपाल प्रहरी परिवार
प्रहरी सहायक हवल्दारहरुको पदस्थापन सम्बन्धमा (मिति २०८१।०३।०२)
९४ करोड ठगी गरेको अभियोगमा सहकारी संस्थाका अध्यक्ष सहित ४ जना पक्राउ ।
मिति २०८१।०२।३२ गते राति परेको अबिरल वर्षाको कारण जिल्ला ताप्लेजुङ फक्तालुङ गापा २ टिन्जा बस्ने फक्तालुङ गा.पा. का उपाध्यक्ष रबिन लिम्बुको घर माथिबाट पहिरो आई घर भित्र सुति रहेका ४ (चार) जना सदस्यहरु घरभित्र पुरीएकोमा प्र.चौ. शिवाबाट प्रहरी टोली खटीई पहिरोबाट मृत्यु भएका मानिसहरुको उद्दार गर्ने क्रममा स्थानीय व्यक्तिहरु र नेपाल प्रहरी ।
सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Website
Address
Naxal
Kathmandu
Babarmahal
Kathmandu
Welcome to the official page of Nagdhunga Tunnel Construction Project.
Kathmandu, 44600
Millennium Challenge Corporation (MCC) - Nepal Compact Paving The Way Towards Prosperity In Nepal
Mitrapark
Kathmandu, 44600
Kathmandu Metropolitan City ward no 7's information page
Balaju
Kathmandu
Nepal Bureau of Standards & Metrology (NBSM) is the National Standards Body of Nepal. It is one of the departments under Ministry of Industry, Commerce and Supplies.
Kalimati
Kathmandu
भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न
Kamalpokhari
Kathmandu, 44600
Welcome to official page of Public Service Commission Nepal