MKN khabar

समाज रुपान्तरण हाम्रो अभियान

18/06/2024

>>अत्यधिक गर्मी बढेसँगै महादेवसंग पानी माग्दै स्थानिय !!

लमही नगरपालिका वडा नम्बर ९ तेलियामा परम्परागत शैली अपनाएर पानीको माग गरेका हुन ।

_Bhim

17/06/2024

>>दाङको लमही नगरपालिकाले पुन: दुईदिन बिद्यालय बन्द गरेको छ ।
अत्यधिक गर्मि भएका कारण सोमबार सुचना जारी गर्दै पालिकाले बिद्यालय बन्दको जानकारी गराएको हो ।

अन्य पालिकाको अबस्था केछ?

14/06/2024

>>शिक्षक अभाबका बेला राजनितीक आस्थाका आधारमा करार शिक्षक हटाउँदा दाङमा विद्यार्थी आन्दोलित भएका छन ।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीका बिद्यार्थीहरु 'बिद्यार्थीको जय होस, आयुर्बेदको जय होस' भन्दै आन्दोलनमा उत्रिएका हुन ।।

बुढ्यौली उमेरको साहरा ‘माहुरी’ - Ghar Sanchar 13/06/2024

>>उमेरले ७६ बर्ष पुगेका उनको साहरा माहुरी बनेको छ ।।

बुढ्यौली उमेरको साहरा ‘माहुरी’ - Ghar Sanchar घरसञ्चारदाङ । बुढ्यौली छ उमेर । बाहिर भित्र गर्नपनि धौधौ छ । अलिकती बढी हिंड्यो कि दम बढिहाल्छ । तर युवाबस्था जस्त...

दाङमा अत्यधिक गर्मिले विद्यार्थी बेहोस - Ghar Sanchar 12/06/2024

>>दाङको एक बिद्यालयमा अत्यधिक गर्मिका कारण सातजना विद्यार्थी बेहोस भएका छन ।

दाङमा अत्यधिक गर्मिले विद्यार्थी बेहोस - Ghar Sanchar घरसञ्चार दाङ, ३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयमा विद्यार्थीहरु बेहोस भएका छन । तुलसीपु...

11/06/2024

>>दाङको लमहीमा बस र मोटरसाईकल आपसमा ठोक्किदा एकजना घाईते भएका छन ।

लमही नपा-४ सुनखोली स्थित सुनडबरी बाट घोराही तर्फ जादै गरेको लु ८८ प ३०२८ नं. को मोटरसाईकल र बिपरित दिशा तर्फ बाट आउदै गरेको रा १ ख ५८५ नं. को बस आपसमा ठोक्किएका हुन ।
दुर्घटनामा परी मोटरसाईकल चालक सुन्डबरी बस्ने बर्ष १९ को संगम देबकोटा घाईते भएका छन । भने मोटरसाईकल नहरमा खसेको छ ।

09/06/2024

>>बिपद ब्यबस्थापन सम्बन्धी प्रहरीले सचेत गराएको छ ।

दाङको प्रहरी चौकि सतबरियाले बिपद सँगै प्रहरी चौकि सतबरियाले लागू औषध दुर्बेसनी तथा न्युनिकरण, बालबिबाह, आत्महत्या, महिला शसक्तिकरण, महिला हिँसा, ट्राफिक नियम सम्बन्धी पनि जानकारी गराईएको थियो ।
बाढी प्रभाबित लमही-८ को गिधनिया बस्तिमा सचेतना कार्यक्रम गरिएको हो ।।

Photos from MKN khabar's post 07/06/2024

>>दाङको लमही बजारमा पर्याप्त सार्बजनिक धारा छैनन् । बजार आउनेहरुलाई पानी पिउन पर्यो भने नास्ता खाने बहानामा होटल छिर्नुपर्छ ।
बजार आउने जानेहरुलाई निरासिज युवा फाउण्डेसन लमहीले शुद्ध पिउने पानी पिलाएको छ । चर्को गर्मिमा काकाकुल भएकालाई केही राहात प्रदान भएको छ ।।

लुम्बिनी प्रदेश सरकारको अँटेरी, तिर्दैन मन्त्रिहरु बस्ने भवनको बिद्युत र पानीको महसुल - Ghar Sanchar 05/06/2024

>>लुम्बिनी प्रदेश सरकार अस्थाई मुकाम बुटवलबाट राप्ती उपत्यका दाङ देउखुरी सरे लगत्तै मन्त्रिहरुको आबासका लागि लमही स्थित विभिन्न संघसँस्थाको भवनहरु उपलब्ध गराईएको थियो ।
तर त्यही भवनमा प्रयोग भएको पानी र बिद्युतको महसुल लामो समयदेखी नतिर्दा भवन उपलब्ध गराउनेहरु समस्यामा परेका छन ।

लुम्बिनी प्रदेश सरकारको अँटेरी, तिर्दैन मन्त्रिहरु बस्ने भवनको बिद्युत र पानीको महसुल - Ghar Sanchar घरसञ्चारदाङ । लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूको आवासका लागी उपलब्ध गराइएका भवनको विद्युत र पानीको महसुल नति...

स्वर्गद्वारी गुठी पिडित किसान आन्दोलित, मालपोत र नापी घेराउ - Ghar Sanchar 02/06/2024

>>आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दीमा उत्रिएका हुन ।

स्वर्गद्वारी गुठी पिडित किसान आन्दोलित, मालपोत र नापी घेराउ - Ghar Sanchar घरसञ्चारदाङ- स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन....

दाङमा बिना सुचना लोडसेडिङ गरेको भन्दै बिप्लब नेकपा द्वारा ध्यानाकर्षण - Ghar Sanchar 31/05/2024

>>दाङमा बिना सुचना पटक-पटक लोडसेडिङ गरेको भन्दै नेकपा बिप्लबले ध्यानाकर्षण गराएको छ ।

दाङमा बिना सुचना लोडसेडिङ गरेको भन्दै बिप्लब नेकपा द्वारा ध्यानाकर्षण - Ghar Sanchar श्रबन कुमार यादब दाङ- दाङमा बिना सुचना पटक-पटक लोडसेडिङ भएपछि विप्लव नेकपा ध्यानाकर्षण भएको जनाएको छ ।विप्लव नेत.....

१५औं खेलाडीका रुपमा सन्दिपको नाम गोप्य राखिएको खुलासा - Ghar Sanchar 31/05/2024

>>विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समावेश नगरेको भन्दै आलोचना भएपछि सामाजिक सञ्जालबाट क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई १५ औँ स्थानमा गोप्य राखेको बताएका छन ।

१५औं खेलाडीका रुपमा सन्दिपको नाम गोप्य राखिएको खुलासा - Ghar Sanchar १८ जेठ, काठमाडौं- आईसीसी टी-२० विश्वकपको टोलीमा १५ औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको खुलासा भ....

30/05/2024

>> दाङमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको लमही नगरपालिका वडा नम्बर २ डोडही कुलोमा डुबेर सोही ठाउँ निवासी बर्ष १८ का बिपिन थापाको मृत्यु भएको हो ।
पाँच गाउँले कुलोको घेचकटला बाधमा डुबेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए ।
मृतकको साथमा अन्य ६ जना साथीहरू समेत पौडी खेल्न गएका थिए । गर्मी बढे सँगै पौडी खेल्ने क्रममा यस्ता घटनाहरु बढेकोले सतर्कता अपनाउन वडा प्रहरी लमहीले सबैमा अनुरोध गरेको छ ।

Photos from MKN khabar's post 30/05/2024

>>दाङको लमही नगर अन्तरगतका ४ बिद्यालयलाई लमही नगरले नतिजाको आधारमा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ ।
सँस्थागत दुई र सामुदायिक दुई गरि ४ बिद्यालय सम्मानित भएका हुन । माबि तर्फ गोरखा मोडेल लमही र आदर्श माबि देउपुर उत्कृष्ट भएका छन भने आबि तर्फ बालजनता माबि बनगाउँ र राप्ती ग्यालेक्सी सतबरिया उत्कृष्ट भएका छन ।

उत्कृष्ट बिद्यालय, शिक्षक र बिद्यार्थीलाई लमही नगरपालिकाले सम्मान गरेको हो ।

29/05/2024

>>आहा कति सुन्दर,,, एउटा चिनारी बनिदिएको छ । ठाउँ चिन्नुहुनेले कमेन्ट गर्नुहोस ।।

_ROG

Photos from MKN khabar's post 26/05/2024

>>आम्दानी सँग जोडिन घरेलु उद्योग कार्यालय दाङ र लमही-७ नम्बर वडा कार्यालयको सहकार्यमा आयोजित ढाई महिने प्लम्बिङ तथा हाउस वायरिङ तालिम समापन गरिएको छ ।
सीप सिकेका परिक्षार्थीले आम्दानी सँग जोडिन आत्मबल बढेको बताए । तालिममा जिल्लाका २५ जना सहभागी थिए । सहभागीहरु सबै परिक्षामा सहभागी हुनेछन ।

पास हुने परिक्षार्थीलाई सिटिईभिटी मान्यता प्राप्त प्रमानपत्र दिईनेछ । जसले प्रगतीको थप बाटो खुल्ला रहनुका साथै ट्रेनर बन्ने अबसर समेत मिल्ने घरेलु उद्योग दाङले जनाएको छ ।

Photos from MKN khabar's post 26/05/2024

>>भारत सरकारको अनुदानमा बनेका दाङका दुई बिद्यालयका भबन करिब १६ बर्षपछि हस्तान्तरण गरिएको छ ।
दाङको पद्मोदय पब्लिक घोराही र बालजनता माबी बनगाउँमा नबनिर्मित भवन बिद्यालयको स्वामित्वमा रहनेगरी हस्तान्त्रण गरिएको हो । २०६३ सालमा भारतिय राजदुत शिबशँकर मुखर्जीले शिलन्यास गरेको भवनलाई नेपालका लागि भारतिय दुतावासका प्रथम सचिब अविनास कुमार सिँहले हस्तान्त्रण गरेका हुन ।

Photos from MKN khabar's post 26/05/2024

>>दाङको लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज स्थित एक पसलमा चोरीको प्रयास भएको छ ।

झ्यालबाट काठको मद्धतमा सामान निकाल्न प्रयास गरेको देखिएको छ । यद्यपि पसलबाट कुनै सामान भने हराएको छैन ।

22/05/2024

Beautiful view of Jakhera Taal,,,,
Lamahi-3 Jakhera Dang ❤️

_श्रवण कुमार यादव

22/05/2024

>>दाङमा दुई मोटरसाईकल आपसमा ठोक्किदा १ जनाको मृत्यु र २ घाईते भएका छन ।

देउखुरीको नर्तिमा बुधबार दिउँसो पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको सरकारी नं .प्लेटको लुम्बिनी ए.ए.ए ८७०० नं. को मोटरसाइकल र बिपरित दिशा तर्फबाट जाँदै गरेको रा ३ प ८२४५ नं.को मोटरसाइकल एक आपसमा ठोक्किएका हुन ।

दुर्घटनामा परि रोल्पा जिल्ला गंगादेब गाउँपालिका वडा नम्बर ६ ताप्ला बजार बस्ने बर्ष ५४ का बिरबहादुर खड्काको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

21/05/2024

>>दाङमा वडाध्यक्ष माथी भाला प्रहार भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टँक बिष्टमाथी भाला प्रहार भएको हो ।

उनलाई एक साधुले कार्यकक्षमै भाला प्रहार गरेको खुलेको छ । सोही पालिका वडा नम्बर ६ खयरभट्टि निवासी २० वर्षिय साधु बिजय नेपालीले छातीमा धारिलो भाला प्रहार गरेको प्रहरीको भनाई छ । घाईते वडाध्यक्ष बिष्ट उपचारका लागि अहिले लमही अस्पतालमा छन ।

_shivu khanal

20/05/2024

>>रोल्पाबाट दाङको तुल्सीपुर आउँदै गरेको जिप
त्रिवेणी गाउँपालिका-५ जुँगार नजिक दुर्घटनामा परेको छ । दुर्घटनामा परि मानबिय क्षेती भने भएको छैन ।

_बुद्धिमान ओली

19/05/2024

>>दाङको लमही वडा नम्बर १ स्थित बसन्तपुर (बौराह) मा खानेपानीको चरम अभाब छ ।
नगरपालिका क्षेत्रमा पनि स्थानिय शुद्ध पिउने पानीबाट बञ्चित हुनु बिडम्वना हो ।

>>पिउनका लागि खोलाको पानी बोक्दै स्थानिय ।

Photos from MKN khabar's post 19/05/2024

>>क्रियाकर्ममा छोरा नै बस्नुपर्ने परम्परागत मान्यतालाई चुनौती दिँदै दाङ लमहीकी एक युवती आफ्नो बुवाको क्रियाकाजमा बसेकि छिन ।

लमही-३ बनगाउँ निवासी स्मृती केसी आफ्नो बुवा स्व. शेरहादुर केसीको काजक्रियामा बसेकि हुन । सन्तानलाई हुर्काउन बढाउन कुनैपनि बुवाआमाले गरेको दुखको अगाडि १३ दिने दुख केही नभएको बताउँदै स्मृतीले सुरुवात आफैबाट गर्नुपर्ने बताईन ।

Photos from MKN khabar's post 19/05/2024

>>दाङमा भयानक दुर्घटना भएको छ ।
लमही-घोराही सडकखण्डमा ४ वटा सवारीसाधन एक आपसमा ठोकिएका छन ।
थप विवरण आउन बाँकि!!!

19/05/2024

>>पछिल्ला समय गाईहरु लोपोन्मुख अबस्थामा छन ।

दाङको लमही स्थित ग्रिनपार्कमा बाछ्छालाई दूध खुँवाउदै गरेको गाईको आकृती महत्वका साथ निर्माण गरिएको छ ।
जसले आगामी दिनहरुमा गाई पुर्णरुपमा लोपोन्मुख भएपनि आकृतिले गाईको झ-झल्को दिनेछ ।।

_शिबराज खनाल

Photos from MKN khabar's post 17/05/2024

>>नागरिकसँग नेपाल प्रहरी ।।

दाङको प्रहरी चौकि सतबरियाले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनचेतना मुलक कार्यक्रम गरेको छ ।
लमही-८ बिच्कागाउँमा बिभिन्न अपराध न्युनिकरण तथा कानुनी उपचार सम्बन्धी जनचेतना कार्यक्रम गरेको हो ।

13/05/2024

>>केको बोट होला? ल चिन्नुहोस है ।।

13/05/2024

>>दाङको लमहीबाट महत्वपुर्ण झोला हरायो !!

काठमाण्डौ देखि गढवा घर आउने क्रममा आईतबार बेलुका लमहीमा नास्ताखान भनी होटेलमा गएका गढवा सिमलतारा निवासी नेपाल आर्मी जवान बिरेन्द्र दमाईको कालो ब्याग लमहीबाटै हराएको र उक्त ब्यागभित्र महत्वपुर्ण कागजात रहेकाले भेटाउनु हुने महानुभाबले नजिकको प्रहरी चौकि अथवा सम्बन्धित ब्यक्तिको फोन नम्बर 9869964888 मा सम्पर्क गरि असल नागरिकको परिचय दिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

>>सुन्दर काठमाण्डौ,,,देशको राजधानी यो समयमा रौनक देखिएको छ,,, यहाँको सडक र बस्तिहरु गुलमोहरले थप सौन्दर्य बढाएको छ ।
>>कोरियाको एक कम्पनिमा आगलागी,,, सबै सखाप ।।
>>दाङको राजपुर गाउँपालिका-७ हाडबासमा आखै अगाडि घरहरु यसरी सखाप भए ।२७ वटा घर भएको सो टोलमा टिनका छाना भएका २ घर भने बचेक...
>>दाङ देउखुरी ब्यापी ब्याडमिन्टन प्रतियोगिता ।। ४८ समुहले सहभागी जनाएको प्रतियोगिताको आयोजना लमही जेसिजले गरेको हो ।
>>दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा सडकमै हेभी गाडीहरु पार्किङ हुँदा दुर्घटनाको जोखिम बढ्यो ।यही बिषयमा ब...
>>आपत बिपदमा कसरी बचाउन सकिन्छ? सामाग्रीहरु के कस्ता आबस्यक हुन्छन!! शसस्त्र प्रहरीको अभ्यास ।।
>>एकजनाको ज्याननै लिने गरि भएको आगलागी,,,जसलेगर्दा तरुलिया गाउँ नै शोकमग्न बन्यो ।दमकलले २ दिन लगाएर आगो नियन्त्रणमा लिय...
>>यही नया शैक्षिक सत्रदेखी दाङको लमहीमा सञ्चालनमा आउँदै गरेको गुरुकुल एकेडेमी नै किन?
>>ठूलो मान्छे होईन असल बन्नुस,, नैतिक्ता नै जिवनको मूल्य हो ।।बिश्वयश्वर प्रसाद कोईराला (बिपि) का छोरा शशाँक कोईरालाले द...
>>बिद्यार्थीको उज्वल भबिष्यका लागि रोजि बड्स बालबाटिका नै किन?
>>उनको बुढेसकालको सहारा माहुरी बनेको छ ।दाङको लमही नगरपालिका-७ बन्गैँ निवासी ७६ बर्षिय शेरबहादुर बुढाको ३ जनाको परिवार म...
>>बर्दिया राष्ट्रिय निकुञ्ज भित्र घाम ताप्दै खेल्दै बाघ ।।_आशाराम चौधरी

Category

Telephone

Website

Address


Kathmandu

Other Journalists in Kathmandu (show all)
Shreedeep Rayamajhi Shreedeep Rayamajhi
Kathmandu

An activist, blogger and a leader who believes in spark of change

Bimal Bimal
Buddhanagar Kathmandu
Kathmandu, 44600

3.1M followers

Electornic Repire Service Electornic Repire Service
Chabhil
Kathmandu, 44600

we provide electornic service in nepal

प्रजोव्लकुमार मगर  / Prajolkumar Magar प्रजोव्लकुमार मगर / Prajolkumar Magar
Prajolkumarmagar@gmail. Com
Kathmandu, SINDHULI

तिनपाटन-५ लँङुरखोला सिन्धुली

नयाँ बोली नयाँ बोली
Kathmandu, 21700

www.enayaboli.com मा तपाइले दैनिक अपडेट हुने बैद?

National Forum of Newar Journalists Kathmandu National Forum of Newar Journalists Kathmandu
Kholchapakha
Kathmandu

National Forum of Newar Journalists Kathmandu

Narayan Tiwari Narayan Tiwari
Kathmandu

मौका मिले देश नै चलाउंला, नमिले घाँसीले झैं कुवा खनौंला । पेशाले पत्रकार । 🙏❤️🙏

Abhay Paudel Fans Club Abhay Paudel Fans Club
Manthali Municipalaty Ward No 12
Kathmandu

kabita_syangba kabita_syangba
Kathmandu

Highly self confidence person�.

Aayusha Budha Aayusha Budha
Kathmandu, 44600

I am junior journalist in nepal

dnxbista dnxbista
Kathmandu