Nepali Bible

Nepali Bible

You may also like

grip.fact
grip.fact

This page is made for people to know about LOVE OF GOD. And you Can hear Bible testimony from different prechere.

Please if you like my videos Please share it to others.

08/11/2020

#दुःख_कष्टमा_भएको_मानिसको_परमेश्वरसँग_कस्तो_सम्बन्ध_हुनु_पर्दछ_?

( १ इतिहास ०४ : ०९ - १० )
९. याबेस आफ्‍ना दाजुभाइहरूभन्‍दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्‍यसलाई वेदनामा जन्‍माएँ।”
१०. याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे, “बिन्‍ती छ, मलाई आशिष्‌ दिएर ठूलो इलाका दिनुहोस्‌! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्‍नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्‌।” अनि परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो।
====================================================================

विषय : दुःख, कष्टमा भएको मानिसको परमेश्‍वरसँग कस्तो सम्बन्ध हुनु पर्दछ ? ( १ इतिहास ०४ : ०९ - १० )
१. दुःख, कष्टमा भएको मानिसले परमेश्‍वरसँग प्रार्थना गर्नु पर्दछ । ( १ इतिहास ०४ : १० को पहिलो भाग )
( परमेश्‍वरसँग झन् नजिक र घनिष्ट हुनु पर्दछ )
२. परमेश्‍वरले आफ्‍नो आज्ञा कार्यान्वयन गर्नुहोस् भनि आशिष् माग्नु पर्दछ । ( १ इतिहास ०४ : १० को दोश्रो भाग )
३. परमेश्‍वरको बिजय आफ्‍नो जिवनमा घोषणा गर्नु पर्दछ । ( १ इतिहास ०४ : १० को चौथो भाग )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली
===================================================================

जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।।
ll आमेन ।।

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।

19/10/2020

#हामिले_कसरी_परमेश्वरबाट_इनाम_पाउन_हाम्रो_धार्मीकता_अभ्यास_गर्नु_पर्दछ_?

( मत्ती ०६ : ०१ - १८ )
१. “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
२. “यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
३. तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।
४. तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
५. “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌।
६. तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
७. र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।
८. यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।
९. “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।
१०. तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।
११. हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।
१२. हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।
१३. हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
१४. किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
१५. तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
१६. “जब तिमीहरू उपवास बस्‍तछौ, तब ढोंगीहरूजस्‍ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्‍ना मोहड़ा अँध्‍यारा पार्छन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
१७. तर तिमीचाहिँ उपवास बस्‍दा आफ्‍नो शिरमा तेल लगाऊ, र आफ्‍नो मुख धोऊ।
१८. र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्‍तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
====================================================================

विषय : हामिले कसरी परमेश्वरबाट इनाम पाउन हाम्रो धार्मीकता अभ्यास गर्नु पर्दछ ? ( मत्ती ०६ : ०१ - १८ )
१. हामिले खाँचोमा परेकाहरूलाई परमेश्वरको इच्छाअनुसार दिएर । ( मत्ती ०६ : ०१ - ०४ )
२. हामिले अदृश्य परमेश्वरसँग गुप्तमा पार्थना गरेर । ( मत्ती ०६ : ०५ - १५ )
३. हामिले अदृश्य परमेश्वरले देख्ने हिसाबले उपवास वसेर । ( मत्ती ०६ : १६ - १८ )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।
===================================================================
जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।

18/10/2020

#झुटा_ख्रिष्टियानहरू_को_को_हुन्_र_तिनिहरूलाई_कसरी_चिन्न_सकिन्छ_?

( मत्ती ०७ : १५ - २३ )
१५. “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्‌, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।
१६. तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?
१७. त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
१८. असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ।
१९. असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।
२०. यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।
२१. “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिसले मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।
२२. त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्‌, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
२३. अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
====================================================================

विषय : झुटा ख्रिष्टियानहरू को को हुन् र तिनिहरूलाई कसरी चिन्न सकिन्छ ? ( मत्ती ०७ : १५ - २३ )
१. तिनिहरू बिश्वासीको भेषमा आउने अर्थात देखिने सिकारीहरू हुन् र तिनिहरूका फलबाट तिनिहरूलाई चिन्न सकिन्छ। ( मत्ती ०७ : १५ - २० )
२. तिनिहरू येशूलाई प्रभु मान्छन् तर उहाँको इच्छा पालन गर्दैनन् । ( मत्ती ०७ : २१ - २३ )
( तिनिहरू आखिरी अन्तिम समय सम्म स्थिर रहन सक्दैनन् )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।
===================================================================
जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।

24/08/2020

#येशूले_पापीहरूलाई_के_कुराको_निम्ति_बोलाउनु_हुन्छ_?

( मर्कुस २ : १३ - १७ )
१३. उहाँ फेरि एक पल्‍ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।
१४. त्‍यसपछि जाँदैगर्दा उहाँले अल्‍फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्‍नुभयो र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तिनी उठेर उहाँको पछि लागे।
१५. उहाँ लेवीको घरमा भोजन गर्न बस्‍नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।
१६. उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्‍त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्‍छन्‌?”
१७. यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
====================================================================

विषय : येशूले पापीहरूलाई के कुराको निम्ति बोलाउनु हुन्छ ? ( मर्कुस २ : १३ - १७ )
१. येशूले पापीहरूलाई उहाँलाई पछ्याउनको निम्ति बोलाउनु हुन्छ । ( मर्कुस २ : १३ - १४ )
२. येशूले पापीहरूलाई उहाँसँग सङ्गती गर्नको निम्ति बोलाउनु हुन्छ । ( मर्कुस २ : १५ - १६ )
३. येशूले पापीहरूलाई उनिहरू पापबाट पश्चाताप गरून् भन्नको निम्ति बोलाउनु हुन्छ । ( मर्कुस २ : १७ )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।
===================================================================
जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।

10/08/2020

#बिश्वासीहरूको_निम्ति_पावलको_जस्तो_जिम्मेवार_प्रार्थना_कस्तो_हुनु_पर्दछ_?

( एफिसी ३ : १४ - १९ )
१४. यसैकारण म पिताको सामने आफ्‍ना घुँड़ा टेक्‍तछु,
१५. जसद्वारा स्‍वर्ग र पृथ्‍वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ।
१६. म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्‌,
१७. र विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून्‌, र प्रेममा जरा गाडिएका र दह्रिला भएर,
१८. सबै सन्‍तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक,
१९. र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
====================================================================

विषय : बिश्वासीहरूको निम्ति पावलको जस्तो जिम्मेवार प्रार्थना कस्तो हुनु पर्दछ ? ( एफिसी ३ : १४ - १९ )
१. हरेक बिश्वासीहरू भित्रि मनुष्‍यत्‍वमा शक्तिशाली होउन् भनेर । ( एफिसी ३ : १४ - १६ )
२. हरेक बिश्वासीहरूले ख्रीष्टको प्रेमलाइ बुझ्‍न सक्ने शक्ति प्राप्त गर्न सकुन् भनेर । ( एफिसी ३ : १७ - १८ )
३. हरेक बिश्वासीहरू परमेश्‍वरको सारा पुर्णताले भरिपुर्ण होउन् भनेर । ( एफिसी ३ : १९ )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।
===================================================================
जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।

25/07/2020

#हाम्रो_ध्यान_के_कुरामा_केन्द्रित_हुनु_पर्दछ_?

( मत्ती ६ : १९ - २४ )
१९. “आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌।
२०. तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।
२१. किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।
२२. “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ।
२३. तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!
२४. “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।
====================================================================

विषय : हाम्रो ध्यान के कुरामा केन्द्रित हुनु पर्दछ ? ( मत्ती ६ : १९ - २४ )
१. हाम्रो ध्यान स्वर्गीय कुरामा केन्द्रित हुनु पर्दछ । ( मत्ती ६ : १९ - २१ )
२. हाम्रो ध्यान स्वस्थ हेराईमा केन्द्रित हुनु पर्दछ । ( मत्ती ६ : २२ - २३ )
३. हाम्रो ध्यान ईश्वरीय कुरामा केन्द्रित हुनु पर्दछ । ( मत्ती ६ : २४ )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।
===================================================================

जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।

20/07/2020

#कस्तो_किसिमको_प्रार्थनाले_असम्भव_देखिने_कुराहरूलाई_पनि_सम्भव_तुल्याउछ_?

( मर्कुस ११ : २२ - २५ )
२२. येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “परमेश्‍वरमा विश्‍वास राख।
२३. साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले आफ्‍नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्‌’ भन्‍यो भने, त्‍यसको निम्‍ति त्‍यस्‍तै हुनेछ।
२४. यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।
२५. जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।
====================================================================

विषय : कस्तो किसिमको प्रार्थनाले असम्भव देखिने कुराहरूलाई पनि सम्भव तुल्याउछ ? ( मर्कुस ११ : २२ - २५ )
१. परमेश्‍वरमा बिश्वास साथ गरेको प्रार्थनाले असम्भव देखिने कुराहरूलाई पनि सम्भव तुल्याउछ । ( मर्कुस ११ : २२ )
२. आत्माबिश्वास साथ गरेको प्रार्थनाले असम्भव देखिने कुराहरूलाई पनि सम्भव तुल्याउछ । ( मर्कुस ११ : २३ - २४ )
३. धर्मि भएर गरेको प्रार्थनाले असम्भव देखिने कुराहरूलाई पनि सम्भव तुल्याउछ । ( मर्कुस ११ : २५ )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।
===================================================================
जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।

20/06/2020

#हामी_कसरी_सँधै_सन्तुष्ट_रहन_सक्छाैँ_? (एउटा ख्रीष्टीयनकाे सन्तुष्ट रहन सक्ने रहस्यहरू के के हुन् ) ?

जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।
===========================================================
विषय : एउटा ख्रीष्टीयनकाे सन्तुष्ट रहन सक्ने रहस्यहरू के के हुन् ? ( फिलिप्पी ४:१०-२० )
१. हरेक कुरामा येशु ख्रीष्टमा भराेसा गरेर जिवन जिउनु । ( फिलिप्पी ४:१०-१३ )
२. एक अर्काकाे कष्ट र खाँचाेमा सहभागी भएर जिवन जिउनु । ( फिलिप्पी ४:१४-१७ )
३. परमेश्वर र मानिसहरू प्रति सँधै धन्यवादि भएर जिवन जिउनु । ( फिलिप्पी ४:१८-२० )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।

13/06/2020

हामिले कसरी परमेश्वरसँग निरन्तर मेल-मीलापमा रहेर जीवन जिउन सक्छौ ?
जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।
===========================================================
विषय : हामिले कसरी परमेश्वरसँग निरन्तर मेल-मीलापमा रहेर जीवन जिउन सक्छौ ? ( फिलिप्पी ४ : १ - ९ )
१. हामी सधै प्रभुमा स्थिरताका साथ जिवन जिएर । ( फिलिप्पी ४ : १ - ३ )
२. हामी सधै प्रभुमा आनन्दित भइ जिवन जिएर । ( फिलिप्पी ४ : ४ - ७ )
३. हामी आफुमा प्रभुको उपस्थिती निरन्तर ल्याउने हिसाबले जिवन जिएर । ( फिलिप्पी ४ : ८, ९ )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।

08/06/2020

जयमसिह !
जीबनको रहस्य जान्नकाे लागि परमेश्वरको वचन बाइबल खोल्नुपर्छ र त्यसकाे अध्ययन गर्नु पर्दछ अनि मात्र सत्य के हाे साे जान्न सकिन्छ र सत्यले हरेकलाई स्वतन्त्र तुल्याउछ । हामीलाइ हाम्राे पापदेखि स्वतन्त्र पार्न येशु ख्रीष्ट यस संसारमा ओर्लिआउनुभयो । उहाँमाथी बिश्वास गर्ने सबैलाई उहाँले अनन्त जीवन दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा भएको होस ।। आमेन ।।
=========================================================

विषय : हामिले ख्रीष्ट येशुमा पाईने पुरस्कार पाउन कस्तो जिवन जिउनु पर्दछ ? ( फिलिप्पी ३ : १२ - २१ )
१. हामिले आफ्नो स्वर्गिय बोलावट अनुसारको जिवन जिएर । ( फिलिप्पी ३ : १२ - १४ )
२. हामिले आत्मिक जिवन परिपक्क ढङ्गले जिएर । ( फिलिप्पी ३ : १५ - १६ )
३. अग्रजहरुको जिवन सतर्कताका साथ अनुसरण गरेर । ( फिलिप्पी ३ : १७ - २१ )

वक्ता : डा.देवेन्द्र राज निरौला (पास्टर)
स्थान : प्रेम मण्डली

* हजुरहरू सबैले सुनेर र शेयर गरेर सहयाेग गर्दिनुहुन हार्दिक अनुराेध गर्दछु ।

Want your school to be the top-listed School/college in Lalitpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

दुःख, कष्टमा भएको मानिसको परमेश्‍वरसँग कस्तो सम्बन्ध हुनु पर्दछ ? ( १ इतिहास ०४ : ०९ - १० )
झुटा ख्रिष्टियानहरू को को हुन् र तिनिहरूलाई कसरी चिन्न सकिन्छ ? ( मत्ती ०७ : १५ - २३ )
येशूले पापीहरूलाई के कुराको निम्ति बोलाउनु हुन्छ  ? ( मर्कुस २ : १३ - १७ )
बिश्वासीहरूको निम्ति पावलको जस्तो जिम्मेवार प्रार्थना कस्तो हुनु पर्दछ ? ( एफिसी ३ : १४ - १९ )
हाम्रो ध्यान के कुरामा केन्द्रित हुनु पर्दछ ? ( मत्ती ६ : १९ - २४ )
कस्तो किसिमको प्रार्थनाले असम्भव देखिने कुराहरूलाई पनि सम्भव तुल्याउछ ?
एउटा ख्रीष्टीयनकाे सन्तुष्ट रहन सक्ने रहस्यहरू के के हुन् ? ( फिलिप्पी ४:१०-२० )
हामिले कसरी परमेश्वरसँग निरन्तर मेल-मीलापमा रहेर जीवन जिउन सक्छौ ? ( फिलिप्पी ४ : १ - ९ )
हामिले ख्रीष्ट येशुमा पाईने पुरस्कार पाउन कस्तो जिवन जिउनु पर्दछ ? ( फिलिप्पी ३ : १२ - २१ )
उत्पती २

Category

Telephone

Address


Lalitpur
44700

Other Education in Lalitpur (show all)
Laligurans School Student Council Laligurans School Student Council
Godawari-14, Badegaun
Lalitpur

This is Students' page of Laligurans School

National Students' Society of Healthcare Management Nepal-NSSHCMN National Students' Society of Healthcare Management Nepal-NSSHCMN
Sanepa
Lalitpur

A non-profitable, non-political organization registered in District Administration Office, Lalitpur.

Kiran Pokhrel Kiran Pokhrel
Lalitpur

The habile students home boys hostel The habile students home boys hostel
Lalitpur

लकडाउन ब्यापार डाउन

Tuition Hub Tuition Hub
Lagankhel
Lalitpur, 44600

सीप सिकेर आफ्नो आयश्रोत र जिबनस्तर उक?

Jasper Education Foundation Jasper Education Foundation
Kumaripati
Lalitpur, 44700

Best institute for Bridge Course and CMAT Preparation https://t.ly/RbzUE

Quest Examination Department Quest Examination Department
Lalitpur, 00977

Information

Nepal Engineering Technology Pvt. Ltd. Nepal Engineering Technology Pvt. Ltd.
GNR Complex, Kupondole
Lalitpur, 44600

Nepal Engineering Technology is a group of enthusiastic & innovative engineers working professionals

Bal Chautara Pre School & Elementary School Bal Chautara Pre School & Elementary School
Sitapakha 4 Lalitpur
Lalitpur

Kclass Kclass
Lalitpur, 284403

Korean Language

Hamro Tuition Center Hamro Tuition Center
Lalitpur, 44600

Moving forward together

MBS at PMC MBS at PMC
Patandhoka, Lalipur
Lalitpur, 44700

MBS official page