Lotus Academy

Lotus Academy

Education(Empanelled with Nepal Army)

12/06/2024

अत्याधिक गर्मिकाे कारण भाेलिबाट २०८१/०२/३१ र ३२ गते विध्यालय बन्द रहने समस्त सबैमा जानकारी गराइन्छ।असार २ गतेबाट विध्यालय पुर्ववत् रुपमा सञ्चालन हुनेछ।

11/06/2024

Way to semifinal!!!
Lotus won match by 5 wickets..
Man of the match: Prem Das

04/06/2024

एभरग्रिन ई.बाे.स्कुल जितपुरका पुर्व प्रिन्सिपल तथा वर्तमान सञ्चालक नारायण प्रसाद महत्ताेकाे असामयिक निधनप्रति गहिराे शाेक भाव प्रकट गर्दै आज एकदिनका लागि विध्यालयकाे पठनपाठन कार्य बन्द गरिएकाे जानकारी गराउँदछु।

01/06/2024
29/05/2024

अत्याधिक गर्मी बढेकाेले उपमहानगरपालिकाकाे निर्णयअनुसार २०८१-०२-१७ र १८ गते विद्यालयकाे सम्पूर्ण कक्षाहरू बन्द रहने छ ।

Photos from Lotus Academy's post 28/05/2024

# ONE MORE TROPHY #

Rubi Karki from Class 8 securing 3rd position in Speech contest organized by Pathibhara School on occasion of Repulic Day

23/05/2024

बुद्ध पूर्णिमाको शुभकामना ! भगवान बुद्धको शिक्षाले तपाईलाई शान्ति, बुद्धि र करुणाको मार्गमा डोऱ्याओस्। तपाई र तपाईको परिवारलाई खुशी र शान्त दिनको कामना गर्दछ।

Photos from Lotus Academy's post 23/05/2024

On Buddha Purnima, may the blessings of Lord Buddha always be with you. Happy Buddha Jayanti 2024!

Photos from Lotus Academy's post 20/05/2024

सपथ ग्रहण कार्यक्रम र नयाँ विद्यार्थी स्वागतका केही झलकहरू

Photos from Lotus Academy's post 17/05/2024

Result Announcement for School Captain and Vice- Captain!!
School Captain: Saimon Limbu (Class X)
School Vice -Captain:James Chaudary (Class IX)

12/05/2024

सानाकिसान शिक्षा सदन रजघट्टामा अध्यापन गराउने शिक्षक दीक्षा सेढाईको निधनप्रति गहिरो संवेदना अर्पण गर्दछाैँ। साथै स्व.
सेढाईको निधनले विद्यालय परिवार मर्माहित भएको छ। यस दुःखद घडीमा निजको परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहितहार्दिक श्रद्धाञ्जली परिवारजनमा धैर्य धारण गर्ने क्षमता भगवानले प्रदान गरून् । अाज विद्यालयकाे सम्पूर्ण पठनपाठन बन्द रहने छ ।

Photos from Lotus Academy's post 11/05/2024

Starting 0f trophy collection for session 2081...
Winner 🏆🏆🏆
Congratulations to Lotus Family 🎉 🎉 🎉
Being 1st Position in
1st Sana Kisan Interschool Basic Level Quiz Championship organized by NPABSAN in association with Sana Kishan Sishu Sadan ✅

Photos from Lotus Academy's post 06/05/2024

परियाेजना कार्य

Photos from Lotus Academy's post 27/04/2024

Congratulation
Sah
of U14 "Himalaya Open Scrabble Tournament "

25/04/2024

हार्दिक शुभकामना कक्षा :१२

Photos from Lotus Academy's post 24/04/2024

नेपाली सेना ज्वालादल गणले आफ्नो सहकार्य रहेको लाेटस एकेडेमी विद्यालयमा विभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रम सहित प्रशिक्षण प्रदान गरेकोमा नेपाली सेना तथा सहभागी सबैलाई विशेष धन्यवाद ।

Photos from Lotus Academy's post 12/04/2024

वार्षिक परीक्षाफल प्रकाशनका केही झलकहरू

Photos from Lotus Academy's post 08/04/2024

बिदाई तथा फेरि भेटाैँला कार्यक्रम सम्पन्न

03/04/2024

हार्दिक बधाई!
यस जीतपुर सिमरा उ म न पा द्वारा लिइएको आधारभूत तहकाे वार्षिक परीक्षा -२०८० काे नतिजामा यस विद्यालयबाट उच्चतम जी पी ए ३.९७ ल्याउन सफल विद्यार्थी निखिल शाह सहित उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू लाई हार्दिक बधाई ज्ञापन गर्दछौं।
:लाेटस एकेडेमी परिवार
:सिमरा,बारा

28/03/2024

अाज २०८० चैत्र १५ गतेबाट हुनगइरहेको SEE परीक्षामा सम्पूर्ण विद्यार्थीहरूमा उच्च सफलताको शुभकामना ! ढुक्क भएर परीक्षा दिनुहोला ।

26/03/2024

आउँदै गरेको एसइई परीक्षार्थीका लागि सफलताको शुभकामना सहित अहिलेको नयाँ ग्रीडअनुसार नेपाली विषयमा सफल हुन केही टिप्स
१.‘जोडा मिलाउने’ का लागि पाठ्यपुस्तकका शब्दार्थ याद गर्ने ।
२.‘उपयुक्त शब्द पहिचान’का लागि व्याकरण शब्दभण्डार याद गर्नुपर्ने । खाली ठाउँ भर्दा आवश्यक शब्दमात्र नलेखी पूरै वाक्य लेखेर थपिएको शब्दलाई रेखाङ्कन गर्ने । यसमा, सिङ्गो शब्द छान्दा ध्यान पुर्‍याउने ।
३.‘वाक्यमा प्रयोग’का लागि पाठ्यपुस्तकमै भएका अनुकरणात्मक शब्द, पारिभाषिक–प्राविधिक शब्द, उखान, टुक्का र निपात याद गर्ने । यसमा पारिभाषिक शब्द छान्दा ध्यान पुर्‍याउने ।
४.(क)‘शुद्ध शब्द छान्ने : यसमा पनि पाठमै प्रयोग भएका शब्द सोधिने हुन् । ब/व, श/ष/स, पञ्चम वर्ण तथा ‘र’ का विभिन्न रूप प्रयोग भएका शब्द समूहमध्ये कुनै २ ओटा शब्द सोेधिने हुँदा यतिमा ध्यान दिए पुग्ने ।
(ख) वाक्य शुद्ध पार्ने : यसमा पनि ह्रस्व, दीर्घ, लेख्यचिह्न, पदयोग/पदवियोग,चन्द्रबिन्दु/शिरबिन्दु,य/ए, क्ष/छ्य, ग्यँ/ज्ञमध्येबाट शुद्ध पार्न सोधिने हुँदा थोरै ध्यान दिएको भए धेरै गाह्रो छैन ।
व्याकरणमा वर्णविन्यास शीर्षक पढ्कै छौँ ।
५.‘शब्दवर्ग/पदवर्ग छुट्याउने’ का लागि व्याकरणको शब्दवर्ग/पदवर्ग पढ्ने । यसमा छ ठाउँमा रेखाङ्कन गरिएको हुन्छ । यीमध्ये एउटा पदवर्ग विचलन भएको दिन्छ । ‘पदवर्ग विचलन’ भनेको एउटा पदवर्गका रूपमा जानिराखेको तर त्यहाँ प्रयोगका कारणले अर्कै पदवर्गका रूपमा रहेको भन्ने बुझ्नुपर्छ । यो विशेषतः “विशेषण : नाम, सर्वनाम : विशेषण, विशेषणः क्रियायोगी”का रूपमा आउँछन् । जस्तै, ‘बूढो मान्छे’ भन्दा यहाँ बूढो विशेषण छ तर ‘यो टोलमा पाँचजना बूढाहरू ९० वर्ष काटेका छन्’ भनियो भने यहाँ ‘बूढाहरू’ नाम हुने भयो । त्यस्तै, ऊ घरभित्र छ । (भित्र : नामयोगी), ऊ भित्र गयो । (भित्र : क्रियायोगी) ।
६.‘उपसर्ग/प्रत्यय पहिचान गर्ने तथा समास/विग्रह र तिनको निर्माण प्रक्रियासमेत गर्नका लागि दिइएको अनुच्छेद राम्ररी पढेर त्यहीँ खोज्ने । उपसर्ग शब्दको देब्रेपट्टि आउँछ र प्रत्यय दाहिनेपट्टि आउँछ भन्ने कुरा हामीलाई थाहै छ । ‘कतिपय उपसर्गहरू नदेखिने गरी आउँछन् भने प्रत्ययहरू त झन शब्दमा टाँसिएका हुन्छन्’ भन्ने कुरा ख्याल गर्ने । तिनको निर्माण प्रक्रिया देखाउन पनि गाह्रो छैन । उपसर्ग र प्रत्ययको सङ्ख्याबारे `प्राक्टिस सेट´को पाठ्यक्रममा हेर्नुभएकै होला ।
समास गर्दा छरिएका शब्द जोड्ने र विग्रह गर्दा जोडिएका शब्द छुट्याउने हुँदै हो ।
७. कुनै पनि कालको पक्षमा परिवर्तनका लागि, काल र पक्षबारे राम्ररी थाहा पाउने ।
लागेको बानी : सामान्य वर्तमान=ऊ दिनको पाँच गिलास चिया पिउँछ । भुतकालमा रहेको बानी : अभ्यस्त भूत = ऊ दिनको पाँच गिलास चिया पिउँथ्यो ।
काम पहिला भएर पछि थाहा पाएको अज्ञात भूत : डाँडामा हिउँ परेछ । (हिउँ राति नै परेको थियो, बिहान हेर्दा थाहा भयो ।)
सबै कालका अपूर्ण पक्षमा तै÷दै र पूर्ण पक्षमा एको/एकी/एका –आदरार्थीमा `नु भएको´) आउँछ भन्ने कुरा हामीलाई थाहै छ ।
८.–भावका लागि सामान्यार्थ,आज्ञार्थ,इच्छार्थ,सम्भावनार्थ,सङ्केतार्थबारे फेरि एकपटक पढ्ने । कुनै पनि भाव (चार वाक्य)मा बयान गर्दा वाक्यको क्रमबद्धता र शुद्धतामा पनि ध्यान दिऊँ ।
–एउटा लिङ्ग, वचन, पुरुष, आदरमा रहेको वाक्यलाई अर्को लिङ्ग, वचन, पुरुष, आदरमा परिवर्तन गर्न कुनै गाह्रो छैन । यस क्रममा पदसङ्गतिको पनि ख्याल गर्ने ।
९.कोष्ठकमा दिइएका धातु र सङ्केतका आधारमा वाक्य परिवर्तन गर्न वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण÷विश्लेषण, प्रत्यक्ष/अप्रत्यक्ष कथनबारे फेरि एकपटक व्याकरणमा पढ्ने । वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण/विश्लेषणमा कालचाहिँ परिवर्तन नगर्ने ।
१०.अनुच्छेद पढेर–
रेखाङ्कन गरिएको वाक्यमा कारक र विभक्ति चिनेर लेख्नुपर्ने, उद्देश्य र विधेय चिन्नुपर्ने, आलङ्कारिक पदक्रम र व्याकरिणक पदक्रममा परिवर्तन गर्नुपर्ने हुन्छ । सरल, मिश्र र संयुक्त वाक्यमा परिवर्तन गर्नुपर्ने पनि हुन्छ । यसबारे हामी जानकार नै छौँ ।
११.पाठ्यपुस्तकमा नभएको अनुच्छेद (अनसिन प्यासेज) दिएको हुन्छ—त्यो पढेर चारओटा प्रश्नको उत्तर दिनुपर्ने । यस्ता प्रश्नको उत्तर लेख्दा अनुच्छेदमा दिइएको कुरा जस्ताको तस्तै नसार्ने । प्रश्न जुन कालमा सोधिएको छ उत्तर पनि त्यही कालमा लेख्ने । कतिपय प्रश्नको उत्तर लेख्दा मौलिक उत्तर लेख्नुपर्ने हुँदा, दिइएको अनुच्छेद राम्ररी बुझेर पढ्ने । प्रश्न कुन क्रियामा टुङ्गिएको छ भन्ने कुरा ख्याल गर्ने ।
१२.बुँदाका आधारमा कथा वा जीवनी लेख्नुपर्नेबाट १ र वादविवाद, मनोवाद र संवादमध्ये १ को उत्तर लेख्नुपर्ने गरी जम्मा दुईओटा प्रश्न सोधिएको हुन्छ । यिनमा पनि एउटा मात्र प्रश्नको उत्तर लेखे पुग्ने भएकोले, कथा वा जीवनी लेख्न जाने हुने भयो । यी दुवैमा शीर्षक लेख्नचाहिँ नबिर्सने ।
१३.कार्यालयीय चिठी/निवेदन/व्यावसायिक चिठी/सम्पादकलाई चिठीमध्येबाट १ र समाचार लेखन/विज्ञापन/निमन्त्रणापत्र लेखन १ गरी दुईओटा प्रश्न सोधिए पनि कुनै १ को मात्र उत्तर लेख्दा हुने भएकोले सोहीअनुसार तयार हुने । चिठी लेख्दा पूरै एक पेज खर्च गरौँ ।
१४. बुँदा टिपोट गर्नुपर्ने र सारांश लेख्नुपर्ने अनुच्छेद पाठ्यपुस्तककै पाठबाट आउँछ । बुँदा टिपोट गर्दा, दिइएको अनुच्छेद राम्ररी पढेर टिप्ने । वाक्य नटुङ्ग्याउने । सारांश लेख्दाचाहिँ वाक्य टुङ्ग्याउने र सुहाउँदो शीर्षक दिन पनि नबिर्सने । अन्त्यमा शब्दनिर्देश लेख्न नबिर्सने है
१५.पाठ्यपुस्तककै कथा वा कविताबाट दिइएको अनुच्छेद पढेर उत्तर दिनुपर्ने प्रश्न (२ ओटा)मा, उत्तर ५÷७ वाक्यको मात्र लेख्ने । अनावश्यक लामो र गन्थने उत्तर लेखेर अङ्क नपाइने । साथै उत्तरका लागि त्यही अनुच्छेद सार्नु नहुने । उक्त अनुच्छेद जुन पाठबाट निकालिएको हो, त्यो पाठ राम्ररी बुझेको हुनुपर्ने ।
त्यस्तै निबन्ध,जीवनी वा रुपकबाट सोधिएका प्रश्न (२ ओटा)को उत्तर लेख्दा पनि मूल अनुच्छेद नै सार्ने नगरी प्रश्नले मागेको कुरो मात्र मौलिक शैलीमा लेख्ने । उक्त अंशले दिन सक्ने लाक्षणिक अर्थसमेत ठम्याएर उत्तर लेख्नुपर्ने ।
१६.आफ्नो विचार दिनुपर्ने तार्किक उत्तर लेख्दा, पहिला पाठमा भएको सन्दर्भ लेख्ने । त्यसपछि कल्पना गरेर तार्किकरूपमा आफ्ना विचार लेख्ने । यस्तो उत्तर दुई अनुच्छेदमा हुनुपर्ने ।
१७.भावविस्तार वा व्याख्या दुईओटा(एउटा कविताबाट आउने)–मध्ये एउटा गर्नुपर्छ । यो सामान्यतः तीनओटा अनुच्छेदमा गरिन्छ । उक्त पङ्क्तिले दिने सिधा अर्थभन्दा पनि लाक्षणिक अर्थमा ध्यान दिनुपर्छ । स्मरणीय छ : प्रश्नमा दिइएको अंश सार्नैपर्छ, सुरुका दुई शब्द र अन्तिमका दुई शब्द भए पनि । त्यो प्रस्तुतै नगरी, ‘प्रस्तुत हरफ’ भन्न मिल्दैन ।
१८.समीक्षात्मक उत्तर लामो हुन्छ । यो लेख्दा तीन खण्डमा लेख्नुपर्छ :
पहिलो अनुच्छेदमा : लेखकको नाम र लेखनको मूल विधाको चिनारी
दोस्रो र तेस्रो अनुच्छेदमा : प्रश्नमा केन्द्रित भएर पाठको तर्कपूर्ण विश्लेषण, सम्बन्धित अंशले दिने अनेकौँ अर्थ,प्रेरणा र सन्देशको सामान्य चर्चा
चौथो अनुच्छेदमा : कविता भए छन्द र लयको चर्चा, निबन्ध भए विचारको चर्चा, कथा भए सन्देशको चर्चा गर्दै प्रश्नको आशयमा केन्द्रित रहेर उत्तर टुङ्ग्याउने । यस क्रममा प्रश्नको अन्तिम क्रियापदलाई ध्यान दिने ।
१९.निबन्ध लेख्दा उक्त शीर्षकबारे आफूले पहिल्यै जानेको/बुझेको कुरा लेख्ने हो । यसका लागि हामीमा अध्ययनशीलता र लेख्ने अभ्यास पनि भएको हुुनुपर्‍यो । निबन्ध लेखनमा पनि परिचय खण्ड, व्याख्या खण्ड र निष्कर्ष खण्ड गरी तीन खण्डमा बाँडेर लेख्न सकिन्छ । सोधिएका तीनओटा शीर्षकमध्ये एउटाको मात्र लेखिने र १५० शब्दको मात्र भए पुग्ने । (यो टिप्स यहाँसम्म ९७० शब्दको छ । शीर्षकदेखि माथि ५ सम्म २३२ शब्द ! भनेपछि निबन्ध, लामो नलेख्दा हुने भयो ।)

–समयको ख्याल गरौँ । सफलताको शुभकामना !

Photos from Lotus Academy's post 27/02/2024

दादुरा रुबेलाकाे खाेप लगाउने कार्य सम्पन्न

23/02/2024

दादुरा - रुबेला खाेप लगाउने मिति २०८०/११/१४ गते ९ महिनादेखि १५ वर्षसम्म ,लाेटस एकेडेमी

Want your school to be the top-listed School/college in Simara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

बुद्ध पूर्णिमाको शुभकामना !  भगवान बुद्धको शिक्षाले तपाईलाई शान्ति, बुद्धि र करुणाको मार्गमा डोऱ्याओस्।  तपाई र तपाईको प...
बुद्ध पूर्णिमाको शुभकामना !  भगवान बुद्धको शिक्षाले तपाईलाई शान्ति, बुद्धि र करुणाको मार्गमा डोऱ्याओस्।  तपाई र तपाईको प...
तपाईको जिन्दगीमा सधै सरस्वती माताको आशिर्बाद रहोस, सरस्वती पुजाको  शुभकामना ।

Category

Telephone

Website

Address


Shantinagar
Simara
0977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Other Schools in Simara (show all)
St. Alphonsa's School St. Alphonsa's School
Simara

"Creating tomorrow's leaders with a passion for learning. Education , Innovation & Community.

Shree Janata Tejnarayan Dayawati Secondary school Pakadi, Phenehara, Simara Shree Janata Tejnarayan Dayawati Secondary school Pakadi, Phenehara, Simara
Bishnu Rural Municipality/Pakadi, Phenehara
Simara, 45800

Welcome to S.J.T.D.H.S. School page! Get updates on school-related news and events here. Tq!

Sunrise Model English Boarding School Sunrise Model English Boarding School
Rajghatta
Simara

Sunrise Model English Boarding School is Primary level boarding school which is devoted to make kid

Care Vision School , Jeetpur Care Vision School , Jeetpur
Jeetpur
Simara

"A holistic approach to quality education".This institution provides quality education according to the culture based and uplift the way of students to grasp modern age.

Evergreen English Secondary School Evergreen English Secondary School
Simara

Evergreen English secondary school is located in jeetpur-7, Bara established in 2056 B.S. It is well equipped, well managed, well facilliated with a motto of giving quality educati...

Mission Academy, Uchidi Mission Academy, Uchidi
Manaharwa/Uchidi Street
Simara

" Quality Education & Well Disciplined Environment "

City Dance Academy City Dance Academy
Simara Bara
Simara, 44400

City Dance Academy offers a comprehensive dance program for kids ages through Teen, as well as adults.Class Styles offered range from ballet to hip hop....

Nobel Academy, Simara Nobel Academy, Simara
Simara

UPDATE | UPGRADE || EDUCATION |||

Ekata School, Simara Ekata School, Simara
Jeetpur Simara SMC-1, Simara Bara
Simara

"Strict Discipline, Quality Education and Personality Development"

New Horizon English School New Horizon English School
Purva Tol, Ward 1
Simara

Place where any child can get a complete learning experience.

Simara Public English School Simara Public English School
Simara Public English School
Simara, 44400

Academic Institute enhancing knowledge and quality of students.