KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.

We strive to provide painless and stress-free oral/dental treatment for each patient.

At Khushi Dental Hospital we believe that patients and families deserve to know whether the dentist whom they have chosen to receive their care meets the highest standards and is committed to excellence. Through our initiatives for Patient Safety and Quality, we continually monitor and improve the care we provide to our patients. At Khushi Dental Hospital we provide you with the highest quality de

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 26/04/2024

‘Dedicated towards quality service’
गुणस्तरीय र भरपर्दो सेवामा सदैव तत्पर छौं।
डा. सुशिल पोखरेल (डेन्टल सर्जन)
NMC NO. : 23707

23/04/2024

Some basic preventive measures for better oral /dental health.

19/04/2024

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 16/04/2024

A case of surgical exposure of impacted canine 🦷 KHUSI Dental Hospital

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 16/04/2024

A case of enucleation of Radicular cyst.
KHUSI Dental Hospital

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 16/04/2024

Aesthetic rehabilitation of peg shaped incisors with the help of crown and veneers🦷🦷

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 16/04/2024

A case of prosthetic rehabilitation of missing canine with the help of zirconium crown and bridge 🦷🦷🦷

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 16/04/2024

Case of beautiful smile transformation 🦷

13/04/2024

नयाँ वर्षको शुभकामना!
नयाँ वर्ष २०८१ सालको पावन अबसरमा शुभचिन्तक तथा हाम्रा सम्पुर्ण सेवाग्राहीमा साथै देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई नयाँ वर्ष २०८१ समृद्धि प्रदान गरोस् भनि शुभकामना व्यक्त गर्दछौं।

खुशी डेन्टल हस्पिटल प्रा लि, बुटवल

10/04/2024

दांत तथा मुखसम्बन्धि हरेक समस्याको गुणस्तरीय समाधान, मात्र खुशी डेन्टलमा।
पुष्पलाल पार्क,बुटवल।

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 08/03/2024

यहॅांहरु सम्पूर्णमा महाशिवरात्रिको शुभकामना व्यक्त गर्दै यस महिनाभर छुट योजना लिएर आएका छौं , सेवा लिएर मौकाको फाईदा उठाउनुहोस्।

05/03/2024

From routine cleanings to advanced treatment ,choose Khusi Dental🦷

19/12/2023

दाँतसँग जोडिएको छ मुटुको स्वास्थ्य

मुटुरोग विज्ञका अनुसार मुखको हेरचाह र मुटुको हेरचाह एक अर्कासँग सम्बन्धित छन् । उनीहरु भन्छन्, ‘केही विरामीहरु सुर्ति चपाउँछन्, धुम्रपान गर्छन् । उनीहरुले मुखको स्वास्थ्यमा ध्यान नदिँदा गिँजा सुन्निने तथा रातो हुने अर्थात् सीआरपी पैदा हुन्छ । यो सिधै मुटरोग सँग जोडिएको छ । गिँजामा संक्रमण गर्ने जिवाणुले मुटुको भल्भमा संक्रमण गर्दछ । सुर्ति सेवन गर्ने मानिसमा मुटुको धमनी बन्द हुने समस्या पनि उत्पन्न हुनसक्छ ।’
दाँतका रोगीहरुको उपचारका क्रममा मुटु समेत चेकजाँच गर्नु आवश्यक हुन्छ । मुखको संक्रमणको सम्बन्ध मुटुको स्वास्थ्यसँग जोडिएको हुनाले कुनैपनि उपचार सुरु गर्नु भन्दा पहिले विरामीको प्रोफाइलेक्टिक एन्टिबायोटिक्स दिइन्छ । अस्पतालमा पनि कुनै इलेक्टिभ सर्जरी वा रेडियोथेरापी गर्नुअघि विरामीको दाँतको चेकअप गराइन्छ ।

यसरी गरौँ दाँतको हेरचाह

दिनहुँ दुइपटक दाँत माझ्ने, गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्ने, रातमा सकेसम्म गुलियो खानेकुरा नखाने अल्कोहल, सफ्ट ड्रिक्स पनि धेरै सेवन नगर्ने, बोतलको ढकनी खोल्दा, ओखर फोड्ने जस्ता कामका लागि दाँतको प्रयोग नगर्ने, दाँतको सफाइ राम्रोसँग गर्ने, डेन्टिस्टले सुझाए अनुसारको माउथवासको प्रयोग गर्ने, गिँजा सुन्निने, दुख्ने तथा रगत आउने भएमा तत्कालै दन्त चिकित्सककोमा गएर उपचार गराइहाल्ने ।

19/12/2023

दाँत सफा गर्नेदेखि ब्रेसेससम्म, कुन उपचार गर्न कति खर्च लाग्छ ?

दाँतको एक्सरे

डेन्टल एक्सरेले कुनै पनि सम्भावित दन्त तथा मुख स्वास्थ्य समस्या पहिल्याउन मद्दत गर्छ । यसले दाँतको वृद्धि विकास, दाँत र गिजाको अवस्था देखाउँछ । प्राय: बाङ्गोटिङ्गो दाँतको अवस्था, बङ्गारा कति उम्रिएको छ भन्न प्रयोग हुन्छ ।

खर्च : एक्सरेको खर्च दाँतको संख्याअनुसार बढ्छ । जस्तै, एउटा दाँतकोे एक्सरे गराएमा एक सय रुपैयाँ लाग्छ । पूरा दाँतको एक्सरे गर्दा ८०० रुपैयाँ शुल्क लाग्छ ।

स्केलिङ र पोलिस

कुनै उपकरणको सहायताले दाँतमा टाँसिएको फोहोर अर्थात् दन्त लेउ र अन्य फोहोरहरु सफा गर्नुलाई स्केलिङ भनिन्छ । दाँतमा फोहोर जम्मा भइरह्यो भने दाँतबाट रगत आउने, गिजा सुन्निने, दाँत हल्लिने जस्ता समस्याहरु आउँछन् । त्यसैले यो समस्या आउन नदिन वर्षमा एकपटक अनिवार्य दाँत सफा गर्न जरुरी छ ।

दाँत सफा गरेपछि अनिवार्य रुपमा पोलिसिङ जरुरी हुन्छ । यसले दाँतलाई सफा र नरम बानाउँछ ।

खर्च : दाँत स्केलिङ र पोलिस गरेको खर्च अस्पताल अनुसार फरकफरक हुन्छ । यसको खर्च ५०० रुपैयाँदेखि सुरु हुन्छ ।

ब्रेसेस लगाउने

दाँतबाङ्गोटिङ्गो भएमा खाना चपाउनगाह्रो हुने, दुईवटा दाँत घस्रिएर खिइने र सेन्सेटिभ हुने, दाँतको मांसपेशी र जोर्नीमा पनि असर गर्न सक्छ । दाँत खप्टिएको छ भने दाँत राम्रोसँग सफा हुन पाउँदैन र अन्य दाँतका समस्या देखिन सक्छ । त्यसैले यो मिलाउन पनि दाँतमा ब्रेसेस बाँधिन्छ ।

ब्रेसेस तीन प्रकारका छन् । सबैभन्दा बढी मेटल ब्रेसेस प्रयोग हुने गरेको छ । यो उपचार अवधिभर ‘फिक्सड’ हुन्छ, निकाल्न मिल्दैन । हरेक महिना फलोअप गराएर कस्नुपर्ने हुन्छ ।

मेटल ब्रेसस मन नपर्नेहरुको विकल्पमा‘सेरामिक ब्रेसस’ छ । यो ब्रेसेसको काम गर्ने तरिका एउटै हो । तर विशेषता के छ भने यो सेरामिकले बनेको हुन्छ र हेर्दा देखिंदैन । कसैलाई गिजामा संक्रमण हुनसक्ने हुँदा फलोअप राम्रो हुनुपर्छ ।

त्यसैगरीअर्को उपाय भनेको ‘क्लियर अलाइनर्स’ । यो बक्समा सेटसहित आउँछ । यो ब्रेसेस लगाएपछि हरेक महिना फलोअपका आइराख्नु पर्दैन ।

खर्च : ब्रेसेस लगाएको खर्च ४० हजारदेखि एक लाख माथि लाग्न सक्छ। यसमा दाँतको अवस्था, कस्तो खालको समान प्रयोग हुन्छ, त्यसअनुसार शुल्क निर्धारण हुन्छ मेटलको लगाएमा ३५-४० हजार, सेरामिकको ब्रेससमा ५०-६० हजार र ‘क्लियर अलाइनर्स’ एक लाखमाथि पर्न सक्छ ।

दाँत निकाल्ने

सामान्यतया दाँत निकाल्ने अवस्था भनेको दुधे दाँत हल्लिदा, दाँत पूरै टुक्रिएर जराले छोडेको, बढ्दो उमेरसँगै दाँत झर्ने अवस्था, ब्रेसेस लगाउँदा खाल्डो वा खाली ठाउँ मिलाउन केही दाँत निकाल्नुपर्ने हुन सक्छ ।

खर्च : सामान्यतया एउटा दाँत निकाल्न एक सय रुपैयाँ लाग्न सक्छ । तर कुनै कारणवश दाँतको अवस्था जटिल भएर निकाल्न परेमा मूल्य बढी पर्न सक्छ ।

गिजाको समस्या

जिन्जिभाइटिस

गिजामा समस्या देखिने प्रमुख कारण दन्त स्वास्थ्यमा ध्यान दिन नसक्नु हो । नियमित र राम्ररी ब्रस नगर्दा दाँतमा तहमा लेउ जम्मा हुन्छन् र गिजाको वरपर कडा भएर बस्छ । यी हानिकारक जिवाणुले गिजालाई संक्रमित गर्नसक्छ र जिन्जिभाइटिस भनिने समस्या निम्त्याउन सक्छ ।

यस्तोमा गिजा सुनिने र कहिलेकाहीं रगत बग्ने समस्या हुन्छ । ‘जिन्जिभाइटिस’ मात्र छ भने दाँतको हेरचाह र ‘स्केलिङ’गर्दा ठीक हुन्छ ।

पिरियडोन्टाइटिस

‘जिन्जिभाइटिस’लामो समयसम्म भइरहेमा किटाणु संक्रमणले गिजा र दाँतको जरा बीचमा पिरियडोन्टल पकेट (हानिकारक ब्याक्टेरियाको विकास र रोग निम्त्याउन उपयुक्त अवस्था) बनाउन सक्छ । उपचार नगरिएको खण्डमा ‘जिन्जिभाइटिस’को फैलावटले पिरियडोन्टाइटिस समस्या हुन सक्छ । अन्ततः गिजाको ‘सफ्ट टिस्यु’र त्यसको भित्री हड्डीमा क्षति पुर्‍याउँछ । जसले दुखाइ मात्र दिंदैन दाँत कमजोर भई हल्लिन्छ ।

खर्च : पिरियडोन्टाइटिस हुँदा पिरियडोन्टल शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । शल्यक्रियाको लागत तीन हजारदेखि ६ हजार रुपैयाँसम्म लाग्छ ।

दाँत भर्ने

यदि कुनै दाँतमा कीरा लागेको छ भने त्यो भाग कालो हुन्छ । दाग बस्ने मात्र नभई सिरिङ सिरिङ हुन्छ । दाँतमा हुने यस्तो अवस्थालाई बोलीचालीको भाषामा ‘कीरा लाग्यो’ भनिन्छ । जुन सुरुको अवस्थामा भए कीटाणु हटाएर त्यहाँ सिमेन्ट भर्ने काम गरिन्छ ।

खर्च : सडन भएको दाँत भर्ने शुल्क ५०० देखि सुरु हुन्छ । दाँतको अवस्था र संख्या हेरेर शुल्क बढ्दै जान्छ ।

रुट क्यानल टिट्रमेन्ट(आरसीटी)

दाँतमा कीरा लाग्यो । तर लामो समयसम्म त्यसको उपचार गरिएन भने दाँत सड्ने र काम नै नलाग्ने हुन सक्छ । त्यति मात्र होइन यसले जरालाई नै क्षति पुर्‍याउँछ । दाँतलाई जोगाउन त्यसको जरादेखि गरिने उपचार ‘रुट क्यानल टिट्रमेन्ट’उपचार हो । यो विधिमा दाँतको जरादेखि उपचार गर्दा दाँतको चपाउने भाग वा भित्री भागमा सानो प्वाल बनाएर दाँतको नसासम्म पुगेर उपचार गरिन्छ ।

खर्च : आरसीटीको उपचार खर्च औसतमा तीन हजारदेखि सुरु हुन्छ । दाँतको जटिलता अनुसार शुल्क बढ्न सक्छ ।

इन्टरडोनटिक शल्यक्रिया

आरसीटीबाट पनि उपचार सम्भव नभएको अवस्था वा समयमा नगरेमा जरामा संक्रमण बढ्छ । जसलाई पेरिएपिकल अ‍ब्सकेस भनिन्छ । यसमा जीवाणु दाँतको जराको भित्री भागमा पुग्छ र दाँतलाई टुक्राउने, गिजा सुनिन्ने, दुख्ने, दाँतले ठाउँ छोड्ने र कहिलेकाहीं ट्युमर पनि पलाउन सक्छ । यसमा आरसीटीपछि पनि इन्टरडोनटिक शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

खर्च : अगाडिको दाँत भए तीन हजार रुपैयाँदेखि सुरु हुन्छ । त्यस्तै पछाडितर्फको दाँतमा गर्न जरा धेरै हुने भएकाले चार हजारबाट शुल्क सुरु हुन्छ । अस्पताल तथा किलिनिक अनुसार शुल्क तलमाथि हुन सक्छ ।

डेन्टल क्राउन

दाँत कमजोर, टुक्रिएको, थोरै ग्याप, झरेको अवस्थामा लगाइन्छ । डेन्टल क्राउन दुईखालका हुन्छन् । एउटा हेर्दा मेटल जस्तो देखिने र अर्को मेटल जस्तो नदेखिने ।

खर्च : डेन्टल क्राउनको लागत तीन हजारदेखि २५ हजारसम्म पर्छ ।

दाँत इम्प्लान्ट

कुनै दाँत झरेको ठाउँमा अर्को दाँत प्रत्यारोपण गर्न मिल्छ । प्रत्यारोपणपछि प्राकिृतिक जस्तै देखिने र काम पनि त्यस्तै गर्छ ।

खर्च : प्रत्यारोपण गर्न कम्तीमा ३५ हजार लाग्छ । त्यसमा क्राउनसमेत राख्दा ५० हजार खर्च हुन आउँछ ।

कृत्रिम दाँत

दाँत सबै झरेको छ भने कृत्रिम दाँत राखिन्छ । यसलाई ‘कमप्लिट डेन्चर’ भनिन्छ ।

खर्च : ‘कमप्लिट डेन्चर’को मूल्य १२ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ । एउटा दाँत राखेबापत औसत मूल्य एक हजार पर्छ ।

त्यस्तै पूरै नहालेर एउटा मात्र दाँत राख्नुपर्ने हुन्छ भने त्यसको एक हजार लाग्छ । दाँतअनुसारको पैसा लाग्छ जुन निकालेर सफा गर्न मिल्छ । तर ‘फिक्स्ड’खालको दाँत हाल्दा एउटाको ११ हजार रुपैयाँ पर्न आउँछ ।

19/12/2023

दाँत माझ्न कस्तो टुथपेस्ट चाहिन्छ ?

‘दैनिक दाँत माझ्नुपर्छ, यो दन्त स्वास्थ्यको लागि अनिवार्य छ ।’ यो हामीले बाल्यकालदेखि नै सुन्दै र गर्दै आएको कुरा हो । धेरैको बिहानी ब्रसमा मन्जन लिएर नै सुरु हुन्छ । दाँत माझ्नको लागि मन्जन आवश्यक छ, भनिन्छ । तर अहिले उठिरहेको प्रश्न के छ भने दाँत माझ्न मन्जन नै चाहिन्छ त ?

दाँत माझ्न मन्जन जरुरी छ । दाँत माझ्न मन्जन चाहिंदैन भन्नु गलत हो । मन्जनमा सोडियम फ्लोराइड, म्याग्नेसियम, एल्युमिनियम हाइड्रोक्साइड, क्याल्सियम हाइड्रोजन फस्फेट, क्याल्सियम कार्बोनेट, सिलिका र हाइड्रोक्सिपाटाइट हुन्छ । यी तत्वले दाँतलाई सफा मात्र होइन स्वस्थ पनि बनाउन पनि भूमिका खेल्छन् । जसरी भाँडा माझ्न साबुन जरुरी छ, उसैगरी दाँतमा पनि मन्जन जरुरी छ ।

कहिलेकाहीं परिस्थितिवश मन्जनको उपलब्धता नभएमा त्यस्तो बेला दाँत माझ्दा फरक पर्दैन ।

मन्जनबिना दाँत माझ्न हुँदैन

मन्जन नराखी दाँत माझ्दा मुख ताजा नहुने, कीराले खाने सम्भावना हुने, फोहोर जम्मा हुने, मुख गन्हाउने, राम्रोसँग घर्षण नहुँदा गिजामा घोचेर घाउ हुने र रगत आउने समस्या देखिन्छ । त्यसैले मन्जबिना दाँत माझ्नु हुँदैन । यसले दाँतलाई सफा पनि बनाउन सक्दैन र लामो समय मन्जनबिना दाँत माझ्दा भएको इनामेल पनि घोटिने भएकाले दाँत कमजोर हुन्छ ।

मन्जनले गर्ने कार्य

मन्जनमा हुने मुख्यतया भूमिका क्याल्सियम, सोडियम र फ्लोराइडको हुन्छ । क्याल्सियमले दाँतलाई खनिज प्रदान गर्ने, सफा गर्ने र बलियो बनाउन मद्दत गर्छ । सोडियम फ्लोराइडले जमेको फोहोर हटाउनुका साथै दाँतमा कीरा लाग्न दिंदैन । यसमा भएका अन्य तत्वले मुखलाई ताजा बनाउँछ । त्यसैले त दाँत माझेपछि फ्रेस अनुभव हुन्छ । यसले आत्मबल पनि बढाउँछ ।

त्यसो भए मन्जन किन्दा के कुरामा ध्यान दिने ?

दाँतलाई फाइदा गर्ने धेरै तत्व भएका मन्जनहरु बजारमा छन् । तर त्यसमा सबैभन्दा प्रमुख क्याल्सियम र फ्लोराइड हो । त्यसैले मन्जन किन्दा फ्लोराइड र क्याल्सियम भएको हेरेर किन्नुपर्छ । दाँत कमजोर र झनझन् गर्ने समस्या भएका व्यक्तिका लागि बी सेन्सोडाइन मन्जन प्रयोग गर्नुपर्छ। यसमा क्याल्सियम र फ्लोरोराइडसँगै पोटासियम नाइटट्रेट पनि हुन्छ । पोटासियम नाइटट्रेटले सिरिङ्ग हुनबाट रोक्छ । र, दाँतलाई बलियो बनाउन मद्दत गर्छ ।

बालबालिकाको लागि छुट्टै मन्जन

बच्चाको लागि फ्लोराइड कम भएको छुट्टै किसिमको मन्जन प्रयोग गर्नुपर्छ । किनकि बच्चाहरुले मन्जनलाई निल्न पनि सक्छन् । उनीहरुको शरीर फ्लोराइडलाई ग्रहण गर्ने किसिमले बनिसकेको हुँदैन । यस्ता मन्जन बजारमा सहजै पाउन सकिन्छ । त्यससँगै उनीहरुको मन्जनमा विभिन्न किसिमको फलफूलयुक्त फ्लेभर पनि राखिएको हुन्छ । ताकि उनीहरुमा दाँत माझ्न नहिच्काउन र रहर झन् बढोस् ।

वस्यकले माझ्ने फ्लोराइडको मात्रा उच्च भएको मन्जनले बालबालिकामा डेन्टल फ्लोरोसिसको समस्या बढाउने सम्भावना हुन्छ । डेन्टल फ्लोरोसिसले दाँतलाई कमजोर बनाउने, दाँत फुलेर सेतो हुने, पहेंलो र खैरो रङको देखिन्छ । यसले दाँतको स्वस्थतालाई त बिगार्छ । साथै, अनुहारको सुन्दरतामा पनि कमी ल्याउँछ । त्यति मात्र होइन, दीर्घकालीन रुपमा पछि दाँत टुक्रिंदै जाने र प्वाल पर्ने हुँदा क्राउन समेत लगाउनुपर्ने हुन सक्छ । मन्जनले मात्र नभई कतै पानीमा पनि फ्लोराइडको मात्रा उच्च हुन्छ । यसले सबै उमेर समूहमा डेन्टल फ्लोरोसिसको समस्या ल्याउँछ ।

मन्जन प्रयोग गर्ने सही मात्रा

कतिपयले मन्जन ब्रसभरि हालेर माझ्ने गरेको पाइन्छ । यसरी माझ्दा दाँत अत्यन्त चम्किलो हुने धेरैमा भ्रम हुन्छ । मन्जन सधैं केराउको दानाको आकार जति मात्रामा मन्जन लिएर बिहान र बेलुकी दाँत माझ्नु अनिवार्य छ । त्यस्तै बालबालिकाको लागि वयस्कले लिने भन्दा अलि कम मात्रामा दिएर ब्रस गर्न र गराउन लगाउनुपर्छ ।

केराउको दाना जति मन्जन राखेर अल्ट्रा सफ्ट टुथब्रसले हलका दबाब दिएर बिहान र बेलुकी दाँत माझ्नुपर्छ । बेलुकी खाना खाइसकेपछि एकपटक र बिहान खाना खाइसकेपछि दाँत माझ्नुपर्छ । कसैले भने बिहान फ्रेस नहुने जस्तो लाग्छ भने उठ्ने बित्तिकै पनि ब्रस गर्न सकिन्छ ।

नुन बेसारले पनि दाँत सफा हुन्छ ?

धेरैजसोले नुन, बेसार र तेलले पनि दाँत माझ्ने गरेको पाइन्छ । आयुर्वेद अनुसार यो पनि उचित हुन सक्छ । किनभने बेसारमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । अल्सर, घाउहरुमा पनि दूध र बेसारको पेस्ट बनाएर प्रयोग हुन्छ । यसले दाँतलाई पनि केही हदसम्म राम्रो गर्ला । दाँतलाई स्वस्थ र सफा बनाउन दैनिक रुपमा मन्जन नै प्रयोग गर्नुपर्छ ।

हुन त विगतमा मन्जनको आविष्कार नहुँदै दाँत माझ्नुपर्छ भन्ने धारणा थियो । त्यसका लागि आफ्नो ठाउँ वरपर जे पाउँछ त्यसलाई नै सदुपयोग गर्दै दाँत माझ्ने गर्थे । जस्तै, बाँसको कलिलो डाठ, दत्युन, अंगारले माझ्ने गर्थे । त्यस समय खानपिन पनि स्वस्थ र प्रदूषित हावापानी थिएन । र, काल्सियम, म्याग्नेसियम जस्ता तत्व प्राकृतिक खानेकुराबाट प्राप्त हुन्थ्यो । तर अहिले पहिला जस्तो वातारण र जीवनशैली छैन । त्यसैले दन्त स्वास्थको लागि मन्जन र नरम ब्रस आवश्यक छ ।

19/12/2023

१० कारणले मुख गन्हाउँछ ।

सास गन्हाउने समस्या किन हुन्छ ? यसको एउटा मात्र जवाफ छैन । मुखको दुर्गन्धको कारण दाँत तथा मुख मात्र हुँदैन, शरीरको अन्य समस्याको कारण पनि मुखबाट दुर्गन्ध आउने हुन्छ ।

१. यसको मुख्य कारण दाँतको बीचमा हुने ‘ब्याक्टेरिया’ कीटाणु हो । यदि सास गन्हाउने समस्यालाई समयमै ध्यान दिएन भने यो बढ्न सक्छ ।

२. दाँतको बीचमा जम्मा भएर बसेको फोहोर, जिब्रोको सरसफाइ राम्ररी नगर्दा र गिजाको समस्या आदि मुखको दुर्गन्धको कारण हो ।

३. मुखबाहेकको कारणमा साइनसको समस्याले पनि सास गन्हाउन सक्छ ।

४. फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ ।

५. कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसकारण मुख तथा सासबाट गन्ध आउने हुन्छ ।

६. ग्यास्ट्रिक तथा पेटको समस्याले पनि मुखबाट दुर्गन्ध आउन सक्छ ।

८. मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसकारण मुख गन्हाउन थाल्छ ।

९. मिर्गौलाको समस्याले शरीरमा मेटाबोलिक परिवर्तन देखापर्छ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ, जसकारण मुखबाट गन्ध आउने गर्छ ।

१०. लामो समयसम्म चुरोट र खैनीको सेवन गर्ने मानिसहरूमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरूको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुखबाट निस्किने गन्ध पनि फरक-फरक हुन्छ ?

मुखबाट निस्किने दुर्गन्ध पनि दुई प्रकारको हुन्छ, आफूलाई महसुस हुने र अरूलाई महसुस हुने । कसैमा माछा गन्हाएको जस्तो दुर्गन्ध आउँछ भने कसैमा एसिडिक दुर्गन्ध महसुस हुन्छ ।

मुख र दाँत सफा हुँदा पनि कतिपयको मुखमा गन्ध आउने समस्या हुन्छ । त्यो गन्ध अन्य स्वास्थ्य समस्या जस्तै साइनसको समस्या, मिर्गौलाको समस्या, पेटको समस्या र मधुमेहको समस्याका कारण पनि आएको हुन सक्छ ।

दाँत तथा गिजामा कस्तो समस्या हुँदा गन्ध आउँछ ?

सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । जसकारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ । गिजाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ ।

यस्तो गन्धलाई कसरी रोक्ने ?

मुखबाट दुर्गन्ध आउने धेरैजसो मुखकै समस्याका कारण भएकाले यसलाई रोक्न बिहान र बेलुका दिनमा दुई पटक नछुटाई राम्रोसँग दाँत माझ्ने । दाँतको बीचमा भएका खाली ठाउँमा विभिन्न खानेकुरा अड्किन्छ । ती कुरा त्यहाँ नकुहियोस् र दुर्गन्ध नबढोस् भनेर राम्रोसँग ब्रस गर्नुपर्छ ।

जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ सफा गर्दा मुख गन्हाउने समस्या कम हुन्छ । दाँतमा अड्किएको खाना ब्रस गर्दा मात्र ननिस्कन सक्छ, त्यसैले दाँतलाई फ्लस पनि गर्नुपर्छ । हरेक पटक खाना खाएपछि मुख राम्ररी कुल्ला गर्नुपर्छ ।

मुखको सरसफाइमा ध्यान दिंदा पनि मुखबाट दुर्गन्ध आइरहन्छ भने अन्य कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।

कसैमा मुखको दुर्गन्ध अत्यधिक छ भने त्यो दुर्गन्ध कम गर्न माउथ फ्रेसर, माउथ वास प्रयोग गर्न सकिन्छ । तर यो समस्याको समाधान भने होइन । दाँतलाई राम्ररी सफा गरिसकेपछि मात्र माउथ वासको प्रयोग गर्ने हो । मुखको दुर्गन्ध विभिन्न कारण हुने हुँदा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । उपचार गरिएन माउथ फ्रेसरले कुल्ला मात्र गरियो भने समस्या समाधान हुँदैन समस्या दोहोरिन सक्छ तथा बढ्न पनि सक्छ ।

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 07/12/2023

Some of the beautiful AI generated images of our hospital. Visit us and invest for your healthy mouth and beautiful smile.

01/09/2023

दाँत सफा गर्नेदेखि ब्रेसेससम्म, कुन उपचार गर्न कति खर्च लाग्छ ?

दाँतको समस्या एउटा मात्र हुन्न, अनेकौं समस्या हुन्छन् । कसैको दाँत उछिटिएको हुन्छ, कसैको दाँत खिया लागेको हुन्छ, कसैको दाँत भाँचिएको हुन्छ, कसैको दाँत कीराले खाएको हुन्छ, कसैको दाँत फुक्लिएको हुन्छ । यी सबै समस्याको उपचार गर्न कति खर्च लाग्छ ? जिज्ञासा उठ्नु स्वाभाविक हो ।

हुन त अस्पताल वा क्लिनिक, त्यहाँको सेवा सुविधा आदिलाई हेरेर यसको खर्च फरक पर्न सक्छ । यद्यपि हामीले यहाँ ती सबैको औसत खर्च तय गरेका छौं ।

दाँतको एक्सरे

डेन्टल एक्सरेले कुनै पनि सम्भावित दन्त तथा मुख स्वास्थ्य समस्या पहिल्याउन मद्दत गर्छ । यसले दाँतको वृद्धि विकास, दाँत र गिजाको अवस्था देखाउँछ । प्राय: बाङ्गोटिङ्गो दाँतको अवस्था, बङ्गारा कति उम्रिएको छ भन्न प्रयोग हुन्छ ।
खर्च : एक्सरेको खर्च दाँतको संख्याअनुसार बढ्छ । जस्तै, एउटा दाँतकोे एक्सरे गराएमा एक सय रुपैयाँ लाग्छ । पूरा दाँतको एक्सरे गर्दा ८०० रुपैयाँ शुल्क लाग्छ ।

स्केलिङ र पोलिस

कुनै उपकरणको सहायताले दाँतमा टाँसिएको फोहोर अर्थात् दन्त लेउ र अन्य फोहोरहरु सफा गर्नुलाई स्केलिङ भनिन्छ । दाँतमा फोहोर जम्मा भइरह्यो भने दाँतबाट रगत आउने, गिजा सुन्निने, दाँत हल्लिने जस्ता समस्याहरु आउँछन् । त्यसैले यो समस्या आउन नदिन वर्षमा एकपटक अनिवार्य दाँत सफा गर्न जरुरी छ ।

दाँत सफा गरेपछि अनिवार्य रुपमा पोलिसिङ जरुरी हुन्छ । यसले दाँतलाई सफा र नरम बानाउँछ ।

खर्च : दाँत स्केलिङ र पोलिस गरेको खर्च अस्पताल अनुसार फरकफरक हुन्छ । यसको खर्च ५०० रुपैयाँदेखि सुरु हुन्छ ।

ब्रेसेस लगाउने

दाँतबाङ्गोटिङ्गो भएमा खाना चपाउनगाह्रो हुने, दुईवटा दाँत घस्रिएर खिइने र सेन्सेटिभ हुने, दाँतको मांसपेशी र जोर्नीमा पनि असर गर्न सक्छ । दाँत खप्टिएको छ भने दाँत राम्रोसँग सफा हुन पाउँदैन र अन्य दाँतका समस्या देखिन सक्छ । त्यसैले यो मिलाउन पनि दाँतमा ब्रेसेस बाँधिन्छ ।

ब्रेसेस तीन प्रकारका छन् । सबैभन्दा बढी मेटल ब्रेसेस प्रयोग हुने गरेको छ । यो उपचार अवधिभर ‘फिक्सड’ हुन्छ, निकाल्न मिल्दैन । हरेक महिना फलोअप गराएर कस्नुपर्ने हुन्छ ।

मेटल ब्रेसस मन नपर्नेहरुको विकल्पमा‘सेरामिक ब्रेसस’ छ । यो ब्रेसेसको काम गर्ने तरिका एउटै हो । तर विशेषता के छ भने यो सेरामिकले बनेको हुन्छ र हेर्दा देखिंदैन । कसैलाई गिजामा संक्रमण हुनसक्ने हुँदा फलोअप राम्रो हुनुपर्छ ।

त्यसैगरीअर्को उपाय भनेको ‘क्लियर अलाइनर्स’ । यो बक्समा सेटसहित आउँछ । यो ब्रेसेस लगाएपछि हरेक महिना फलोअपका आइराख्नु पर्दैन ।

खर्च : ब्रेसेस लगाएको खर्च ४० हजारदेखि एक लाख माथि लाग्न सक्छ। यसमा दाँतको अवस्था, कस्तो खालको समान प्रयोग हुन्छ, त्यसअनुसार शुल्क निर्धारण हुन्छ मेटलको लगाएमा ३५-४० हजार, सेरामिकको ब्रेससमा ५०-६० हजार र ‘क्लियर अलाइनर्स’ एक लाखमाथि पर्न सक्छ ।

दाँत निकाल्ने

सामान्यतया दाँत निकाल्ने अवस्था भनेको दुधे दाँत हल्लिदा, दाँत पूरै टुक्रिएर जराले छोडेको, बढ्दो उमेरसँगै दाँत झर्ने अवस्था, ब्रेसेस लगाउँदा खाल्डो वा खाली ठाउँ मिलाउन केही दाँत निकाल्नुपर्ने हुन सक्छ ।

खर्च : सामान्यतया एउटा दाँत निकाल्न एक सय रुपैयाँ लाग्न सक्छ । तर कुनै कारणवश दाँतको अवस्था जटिल भएर निकाल्न परेमा मूल्य बढी पर्न सक्छ ।

गिजाको समस्या

जिन्जिभाइटिस

गिजामा समस्या देखिने प्रमुख कारण दन्त स्वास्थ्यमा ध्यान दिन नसक्नु हो । नियमित र राम्ररी ब्रस नगर्दा दाँतमा तहमा लेउ जम्मा हुन्छन् र गिजाको वरपर कडा भएर बस्छ । यी हानिकारक जिवाणुले गिजालाई संक्रमित गर्नसक्छ र जिन्जिभाइटिस भनिने समस्या निम्त्याउन सक्छ ।

यस्तोमा गिजा सुनिने र कहिलेकाहीं रगत बग्ने समस्या हुन्छ । ‘जिन्जिभाइटिस’ मात्र छ भने दाँतको हेरचाह र ‘स्केलिङ’गर्दा ठीक हुन्छ ।

पिरियडोन्टाइटिस

‘जिन्जिभाइटिस’लामो समयसम्म भइरहेमा किटाणु संक्रमणले गिजा र दाँतको जरा बीचमा पिरियडोन्टल पकेट (हानिकारक ब्याक्टेरियाको विकास र रोग निम्त्याउन उपयुक्त अवस्था) बनाउन सक्छ । उपचार नगरिएको खण्डमा ‘जिन्जिभाइटिस’को फैलावटले पिरियडोन्टाइटिस समस्या हुन सक्छ । अन्ततः गिजाको ‘सफ्ट टिस्यु’र त्यसको भित्री हड्डीमा क्षति पुर्‍याउँछ । जसले दुखाइ मात्र दिंदैन दाँत कमजोर भई हल्लिन्छ ।

खर्च : पिरियडोन्टाइटिस हुँदा पिरियडोन्टल शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । शल्यक्रियाको लागत तीन हजारदेखि ६ हजार रुपैयाँसम्म लाग्छ ।

दाँत भर्ने

यदि कुनै दाँतमा कीरा लागेको छ भने त्यो भाग कालो हुन्छ । दाग बस्ने मात्र नभई सिरिङ सिरिङ हुन्छ । दाँतमा हुने यस्तो अवस्थालाई बोलीचालीको भाषामा ‘कीरा लाग्यो’ भनिन्छ । जुन सुरुको अवस्थामा भए कीटाणु हटाएर त्यहाँ सिमेन्ट भर्ने काम गरिन्छ ।

खर्च : सडन भएको दाँत भर्ने शुल्क ५०० देखि सुरु हुन्छ । दाँतको अवस्था र संख्या हेरेर शुल्क बढ्दै जान्छ ।

रुट क्यानल टिट्रमेन्ट(आरसीटी)

दाँतमा कीरा लाग्यो । तर लामो समयसम्म त्यसको उपचार गरिएन भने दाँत सड्ने र काम नै नलाग्ने हुन सक्छ । त्यति मात्र होइन यसले जरालाई नै क्षति पुर्‍याउँछ । दाँतलाई जोगाउन त्यसको जरादेखि गरिने उपचार ‘रुट क्यानल टिट्रमेन्ट’उपचार हो । यो विधिमा दाँतको जरादेखि उपचार गर्दा दाँतको चपाउने भाग वा भित्री भागमा सानो प्वाल बनाएर दाँतको नसासम्म पुगेर उपचार गरिन्छ ।

खर्च : आरसीटीको उपचार खर्च औसतमा तीन हजारदेखि सुरु हुन्छ । दाँतको जटिलता अनुसार शुल्क बढ्न सक्छ ।

इन्टरडोनटिक शल्यक्रिया

आरसीटीबाट पनि उपचार सम्भव नभएको अवस्था वा समयमा नगरेमा जरामा संक्रमण बढ्छ । जसलाई पेरिएपिकल अ‍ब्सकेस भनिन्छ । यसमा जीवाणु दाँतको जराको भित्री भागमा पुग्छ र दाँतलाई टुक्राउने, गिजा सुनिन्ने, दुख्ने, दाँतले ठाउँ छोड्ने र कहिलेकाहीं ट्युमर पनि पलाउन सक्छ । यसमा आरसीटीपछि पनि इन्टरडोनटिक शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

खर्च : अगाडिको दाँत भए तीन हजार रुपैयाँदेखि सुरु हुन्छ । त्यस्तै पछाडितर्फको दाँतमा गर्न जरा धेरै हुने भएकाले चार हजारबाट शुल्क सुरु हुन्छ । अस्पताल तथा किलिनिक अनुसार शुल्क तलमाथि हुन सक्छ ।

डेन्टल क्राउन

दाँत कमजोर, टुक्रिएको, थोरै ग्याप, झरेको अवस्थामा लगाइन्छ । डेन्टल क्राउन दुईखालका हुन्छन् । एउटा हेर्दा मेटल जस्तो देखिने र अर्को मेटल जस्तो नदेखिने ।

खर्च : डेन्टल क्राउनको लागत तीन हजारदेखि २५ हजारसम्म पर्छ ।

दाँत इम्प्लान्ट

कुनै दाँत झरेको ठाउँमा अर्को दाँत प्रत्यारोपण गर्न मिल्छ । प्रत्यारोपणपछि प्राकिृतिक जस्तै देखिने र काम पनि त्यस्तै गर्छ ।

खर्च : प्रत्यारोपण गर्न कम्तीमा ३५ हजार लाग्छ । त्यसमा क्राउनसमेत राख्दा ५० हजार खर्च हुन आउँछ ।

कृत्रि दाँत

दाँत सबै झरेको छ भने कृत्रिम दाँत राखिन्छ । यसलाई ‘कमप्लिट डेन्चर’ भनिन्छ ।

खर्च : ‘कमप्लिट डेन्चर’को मूल्य १२ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ । एउटा दाँत राखेबापत औसत मूल्य एक हजार पर्छ ।

त्यस्तै पूरै नहालेर एउटा मात्र दाँत राख्नुपर्ने हुन्छ भने त्यसको एक हजार लाग्छ । दाँतअनुसारको पैसा लाग्छ जुन निकालेर सफा गर्न मिल्छ । तर ‘फिक्स्ड’खालको दाँत हाल्दा एउटाको ११ हजार रुपैयाँ पर्न आउँछ ।

23/05/2023

हाम्रो यस हस्पिटलको प्रथम वार्षिकीको अवसरमा जेष्ठ १०-१३ गतेसम्म निःशुल्क चेकजांच तथा परामर्श सेवा प्रदान गरिने व्यहोरा जानकारी गराउदै मौकाको फाइदा लिनुहुन अनुरोध छ।
071590620/9857023238

27/04/2023

के तपाई पनि दांतको वीचमा छिद्रा (Spacing)/Diastema भएर खुलेर हांस्न र मुस्कुराउन सक्नुभएको छैन्? तपाईको समस्याको समाधान हामीसंग छ। Zirconium Crowns/Veneers को माध्यमबाट २-३ दिनमै पूर्ण आत्मविश्वासका साथ हांस्न सक्नुहुनेछ।
For Appointment: 071590620/9857023238
खुशी डेन्टल हस्पिटल प्रा.लि, बुटवल पुष्पलाल पार्क

22/04/2023

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुलफित्रको पावन अवसरमा देश विदेशमा रहनु भएका तमाम दाजु भाई दिदिबहिनीहरु तथा सेवग्राहिमा सुख,स्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना |

"May Allah open the doors of success and prosperity .
Eid Mubarak ☪️

Photos from KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.'s post 20/04/2023

A case of exposure of maxillary impacted canine followed by orthodontic alignment.
Done by Dr Santosh Kandel (OMFS),Dr Narayan Pokharel (orthodontist)

08/04/2023
20/03/2023

यहांहरू सबैमा विश्व मुख स्वास्थ्य तथा खुशी दिवसको शुभकामना । यस अवसरमा नि शुल्क परिक्षण र परामर्श प्रदान गरिरहेका छौं।
☎️071590620 📲9857023238

19/03/2023

सेवा लिन पाल्नुहोला।

शारिरिक र मानसिक स्वास्थ्यको लागी आधारभूत पक्ष नै स्वस्थ मुख र सुन्दर मुस्कान हो। मौकाको फाइदा उठाउनुहोस् ,समयमै उपचार गरी खुशी जिवन जिउनुहोस्।

16/03/2023

Congratulations team Nepal ,we dit it✊🏻

19/02/2023

शारिरिक र मानसिक स्वास्थ्यको लागी आधारभूत पक्ष नै स्वस्थ मुख र सुन्दर मुस्कान हो। मौकाको फाइदा उठाउनुहोस् ,समयमै उपचार गरी खुशी जिवन जिउनुहोस्।

26/01/2023

वसन्त पन्चमिको शुभकामना!सरस्वती माताको आशिस सदैव रहिरहोस् 🙏

Want your practice to be the top-listed Dentist in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Edentulous patient receiving complete denture prosthesis ,and reevaluation of fitting and functional efficacy done on fo...
#braces #dentistryworld #orthodontics
छिद्रा(Gap/Spacing )दॅांतको उपचार🦷
यहॅांहरु सम्पूर्णमा महाशिवरात्रिको शुभकामना व्यक्त गर्दै यस          महिनाभर छुट योजना लिएर आएका छौं , सेवा लिएर मौकाको ...
Keep your teeth sparkling and your breath fresh ✨🦷. #dentistry #generaldentist #prosthodontist #orthodontist #endodontis...
समयमै उपचार गरॅौं।
#smiletransformation#aesthetics #prosthodontics#butwal
विहेको सिजन छ , Polishing गरेर दांत चम्काउनुहोस्।
#khusidentalhospital #butwal #hospitalline #puspalalpark
Center for Dental Implants, Reconstructive, Cosmetic and General Dentistry.Khushi Dental Hospital is Multi speciality De...
स्वस्थ मुखनै स्वस्थ शरिरको पहिलो आधार हो।
Do visit us for aesthetic enhancement 😊

Telephone

Website

Address


Rupendehi
Butwal

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Other Butwal dentists (show all)
Bhairab Aasish Dental Bhairab Aasish Dental
Hospital Line
Butwal

D & D Dental Care D & D Dental Care
Devinagar
Butwal

Brightening Smiles !

City Hub Dental Spa And Implant Center City Hub Dental Spa And Implant Center
Hospital Line, Maitri Path
Butwal

Welcome to City Hub Dental Spa, conveniently located at the heart of Butwal City. We provide a wide

Chirayu Dental Care Chirayu Dental Care
Sarvan Path Butwal
Butwal, 32907

Dental clinic in Butwal has been stablished with the aim of providing best dental treatments.

Dr Nisha khanal Dr Nisha khanal
Butwal

dental surgeon निशुल्क दन्तरोग परामर्शको लागि 9847498320

Nico Dental Care Nico Dental Care
Butwal

Quality treatment with a pleasant experience is our priority. " Your health is our concern" is our moto �

Nepal Dental Home Nepal Dental Home
Puspalaal Park
Butwal, 32907

Sital Dental care Pvt. Ltd. Sital Dental care Pvt. Ltd.
Sh*talnagar
Butwal, 32907

its a dental clinic where you can solve all the problem related to your mouth, teeth & gum

Aarogya Dental Care and Implant Center Aarogya Dental Care and Implant Center
Sukkhanagar
Butwal

Multispeciality Dental Clinic with professional dental treatment by experienced ad certified Dentist.

Kantipur Dental Center - भलवारी Kantipur Dental Center - भलवारी
Bhalwari, Tilottama/7
Butwal

Committed to dental excellence Please ! Like Our Page For Dental Awareness...

The Town Dental The Town Dental
Tillotama-5, Devdaha Marg Manigram
Butwal, 9857031227

Dental clinic