Anti Human Trafficking Bureau, Nepal
Nearby government services
0977
Babarmahal
Forestry Complex
@NepalPoliceHQ's branch to fight against #HumanTrafficking and raise awareness to #EndTrafficking.
प्रेस विज्ञप्ति-२१
२१ ''ग्राहकको रोजाई अनुसार वालिकाहरु उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ'' । (मिति २०८०-०९-०५ गते )
Nepal Police
प्रेस विज्ञप्ति-२०
“म्यानमार पुर्याई बन्धक बनाई Online Scamming मा लगाउने व्यक्ति पक्राउ”
Nepal Police
“ म्यानमार पुर्याई बन्धक बनाई Online Scamming मा लगाउने व्यक्ति पक्राउ”
मानव बेचबिखन अनुसन्धान ब्युरो र अनाहत नेपालको संयुक्त आयोजनामा प्रहरी कर्मचारीहरुलाई पीडितको आघात व्यवस्थापन, मनोसामाजिक सहायता र तनाव व्यवस्थापन समेतको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले काठमाण्डौ उपत्यकामा कार्यरत २० जना प्रहरी कर्मचारी (सि.प्र.अ./जु.प्र.अ.) हरुका लागि मिति २०८०।०८।१८ गतेबाट भिलेज हाईल्याण्ड रिसोर्ट, रानीकोट, भक्तपुरमा संचालन भएको ५ कार्यदिन अवधीको आवासिय “Psychological First Aid (PFA) and Mental Health and Psychosocial Support (MHPSS)” तालिम यस ब्यूरोका प्रमुख प्र.ब.उ. जीवन कुमार श्रेष्ठ र अनाहत नेपालको कार्यकारी निर्देशक रक्षा ओझाको प्रमुख आतिथ्यमा आज मिति २०८०।०८।२२ गते सम्मपन्न भएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरो र अनाहत नेपालको संयुक्त आयोजनामा प्रहरी कर्मचारीहरुलाई पीडितको आघात व्यवस्थापन, मनोसामाजिक सहायता र तनाव व्यवस्थापन समेतको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले काठमाण्डौ उपत्यकामा कार्यरत २० जना प्रहरी कर्मचारी (सि.प्र.अ./जु.प्र.अ.) हरुका लागि मिति २०८०।०८।१८ देखि ऐ. २२ गते सम्म भिलेज हाईल्याण्ड रिसोर्ट, रानीकोट, भक्तपुरमा संचालन हुने ५ कार्यदिन अवधीको आवासिय “Psychological First Aid (PFA) and Mental Health and Psychosocial Support (MHPSS)” तालिम आजबाट सुरु भएको.................
“नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ”
महिलाहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाई भारत,दिल्लीमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ ।
रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा बेश्याबृत्तीमा लगाउने पक्राउ
बिजया दशमी तथा आउदै गरेको शुभ दिपावली, नेपाल सम्वत् ११४४ र छठ पर्वको उपलक्ष्यमा सुख, शान्ति र समृद्दि तथा उतरोत्तर प्रगतिको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यत्त गर्दछौ । जय नेपाल 🙏🙏🙏🙏🙏
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानब अधिकारको लागि जनमञ्च (पिपुल फोरम) को संयुक्त आयोजना तथा IREX को सहयोगमा काठमाण्डौ उपत्यका अनतर्गतका मुद्दा चल्ने प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई मानव बेचबिखन तथा ओसारपसार अपराध अनुसन्धानमा संलग्न प्रहरीहरुको लागि कानुन सम्बन्धि पुर्नताजगी २ दिने अनुशिक्षण तालिम आज मिति २०८०/०६/१४ गते समापन भएको छ ।
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानब अधिकारको लागि जनमञ्च (पिपुल फोरम) को संयुक्त आयोजना तथा IREX को सहयोगमा काठमाण्डौ उपत्यका अनतर्गतका मुद्दा चल्ने प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई २ दिने मानव बेचबिखन तथा ओसारपसार अपराध अनुसन्धानमा संलग्न प्रहरीहरुको लागि कानुन सम्बन्धि पुर्नताजगी तालिम धुलिखेलमा आज मिति २०८०/०६/१३ गते शुभारम्भ भएको छ ।
फेरि भेटौंला कार्यक्रम सम्पन्न........................!
असोज, ९ बबरमहल ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको च.न.७११ मिति २०८०।०४।३० गतेको पत्रादेशानुसार पर्यटक प्रहरी कार्यालय,भृकुटीमण्डप,काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक आयुश प्रसाद जोशीलाई यस ब्युरोका कार्यालय प्रमुख श्रद्धेय श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठज्यू लगायत ब्युरो परिवारको तर्फबाट मायाको चिनो प्रदान गर्नुको साथै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
फेरि भेटौंला कार्यक्रम सम्पन्न........................!
असोज, ८ बबरमहल ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको च.न.११७० मिति २०८०।०५।२१ गतेको पत्रादेशानुसार यस मानव बेचबिखन अनुसन्धान ब्युरोबाट नेपाल प्रहरी अस्पताल, महराजगंज काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक मनिराम भट्टलाई यस ब्युरोका कार्यालय प्रमुख श्रद्वेय श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठज्यू लगायत ब्युरो परिवारको तर्फबाट मायाको चिनो प्रदान गर्नुको साथै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
फेरि भेटौंला कार्यक्रम सम्पन्न........................!
भदौ, २७ बबरमहल ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको च.न.१०३२ मिति २०८०।०५।०१५ गतेको पत्रादेशानुसार यस मानव बेचबिखन अनुसन्धान ब्युरोबाट जिल्ला प्रहरी कार्यालय, भोजपुर कार्यालय प्रमुखको रुपमा सरुवा भई जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक सुदिप राज पाठकलाई यस ब्युरोका कार्यालय प्रमुख श्रद्वेय श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठज्यू लगायत ब्युरो परिवारको तर्फबाट मायाको चिनो प्रदान गर्नुको साथै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
अमेरीका पठाईदिने भनी मानब वेचबिखन गर्ने गीरोहका नाईके पक्राउ
अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके पक्राउ
अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके पक्राउ अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाइ ठूलो मात्रामा ....
फेरि भेटौंला कार्यक्रम सम्पन्न........................!
भदौ, २१ बबरमहल ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको च.न.१०३१ मिति २०८०।०५।०१५ गतेको पत्रादेशानुसार यस मानव बेचबिखन अनुसन्धान व्युरोबाट जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीको कार्यालय प्रमुखको रुपमा सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक नरहरी रेग्मी ज्यूलाई यस व्युरोका कार्यालय प्रमुख श्रद्वेय श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूलगायत ब्यूरो परिवारको तर्फबाट मायाको चिनो प्रदान गर्नुको साथै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
आज मिति २०८०।०५।२० गते महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा “सामाजिक न्याय र आर्थिक सशक्तिकरण:मानव बेचबिखनको निर्मूलन” मुल नारा सहित आयोजित मानव बेचबिखन विरुद्धको १७ औ राष्ट्रिय दिवस,२०८० को कार्यक्रममा भृकुटीमण्डप, काठमाण्डौबाट सुरु भएको र्यालीमा यस कार्यालयका कार्यालय प्रमुख सहित प्रहरी कर्मचारीहरु सहभागी भएको साथै नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी,काठमाण्डौमा भएको कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार ,रोकथाम,नियन्त्रण तथा उद्धारको क्षेत्रमा उल्लेखनिय कार्य गरेको भनि महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री सुरेन्द्र राज आचार्यद्धारा नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान व्यूरोलाई सम्मान गरिएको र मानब बेचबिखन घटनाको अनुन्धान,नियन्त्रण तथा समन्वयमा उत्कृष्ट कार्य गरेको भनि यस व्यूरोमा कार्यरत प्रहरी हवल्दार दल बहादुर घिसिङलाई नगद पुरस्कार रु. ३५०००।- रुपैया सहित पुरस्कृत गरिएको ।
मिति २०८०।०५।०८ गते नेपाल प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूबाट मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको निरीक्षण अनुगमन गर्नुका साथै यस व्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको ।
नेपाल ल क्याम्पस , B.A.LL.B मा अध्यनरत ३५ जना बिधार्थीहरुका लागि मानव बेचबिखन अनुसन्धान तथा ओसारपसार तस्करी सम्बन्धी कानुनी प्राबधान, समस्या र चुनौती तथा हालको अबस्था बारे यस नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका कार्यलय प्रमुख प्र.ब.उ जीबन कुमार श्रेष्ठ र प्र.उ नरहरी रेग्मीद्वारा प्रशिक्षण दिनुहुदैँ।
https://youtu.be/pDsjDHBwqHc?t=
जनचेतनामुलक लघु चलचित्र “मनशरा” | A short awareness movie created by Nepal Police "Manshara"
जनचेतनामुलक लघु चलचित्र “मनशरा” | A short awareness movie created by Nepal Police "Manshara" ‘अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस” को अवसरमा नेपाल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्यूरोद्वारा निर्म....
https://laltinkhabar.com/story/3866/
`वैदेशिक रोजगारीमा ठगी`प्रकाशित तथा प्रशारित समाचारप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर् काठमाडौं- केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा “वैदेशिक रोजगारीमा ठगी” विषयमा प्रकाशित तथा प्रशार
https://www.ratopati.com/story/376232/foreign-affairs-ministry
म्यानमारमा नेपालीलाई बन्धक बनाइयो, परराष्ट्रले जारी गर्यो ‘ट्राभल एडभाइजरी’
जबर्जस्ती म्यानमार पुर्याइ अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियो....
थाइल्याण्ड लाने भनी बन्धक बनाएर म्यानमार पुर्याउने चिनियाँ नागरिक पक्राउ Read More..
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजनामा WINROCK International र CeLRRd को प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा मधेश प्रदेश अन्तर्गतका प्रहरी ईकाइहरुमा कार्यरत नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरुलाई "मानव बेचबिखन तथा ओसापसार अपराधको अबधारणात्मक प्रष्टता एबम् प्रभावकारी अनुसन्धान" विषयक ३ दिने अनुशिक्षण तालिम आज मिति २०८०-०३-२९ गते समापन भएको छ ।
प्रेस विज्ञप्ति-१३
“थाईल्याण्ड लाने भनि झुक्याई जवरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर Online Scamming गराएको भन्ने मुद्दामा अनुसन्धानको क्रममा चिनिया नागरिक पक्राउ”
घटना विवरणः-
दक्षिण पुर्वि एसियाका लाओस,थाईल्याण्ड,म्यान्मार लगायतका देशहरुमा आकर्षक रोजगारीको प्रलोभन देखाई अवैध Online Scamming मा लगाई चरम शोषण गर्ने गरेको भन्ने गुनासोहरु यस व्युरोमा प्राप्त हुने क्रममा थाईल्याण्डमा कम्प्युटर टाईपिङको काम भनि मिति २०७९।०४।०९ गते पिडीत जाहेरवाली समेतलाई नेपाल बाट थाईल्याण्ड लगि जबर्जस्ती १३ घण्टा सम्म बस तथा डुङ्गामा चढाई म्यान्मारको एकिन नाम थाहा नभएको कम्पनीमा पुर्याई बन्धक बनाई सक्कल राहदानी तथा मोबाईल समेत जफत गरी अवैध Online Scamming मा दिनको १८ देखी २० घण्टा सम्म काम गर्न बाध्य बनाई चरम श्रम शोषण गरी शारिरीक तथा मानसिक यातना दिई बिरामी भई काम गर्न नसक्ने अवस्थामा पनि काम मै लगाईरहेको अवस्थामा पिडीत नेपाल फिर्ता हुन खोज्दा काममा लगाउने चिनिया नागरिकले फिरौती रकम (Ransom) माग गरेकोमा पिडितले उक्त रकम बुझाएपछि नेपाल फिर्ता भई यस व्युरोमा जाहेरी दर्खास्तका साथ उपस्थित भएपश्चात उक्त कार्यमा संलग्न चाईनीज नागरीकहरु मध्ये तपसील बमोजीमको विवरण भएको चाईनीज नागरीकलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०३।२७ गतेका दिन काठामाण्डौबाट पक्राउ गरि आजै सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्यादथप अनुमति लिई अनुसन्धान कार्य भईरहेको ।
पक्राउ परेका अभियुक्तः- चिनको GANSU प्रान्त स्थायी वतन भई काठमाण्डौं का.म.न.पा. वडा नं. १५ बिजेश्वरीमा अस्थायी रुपमा बसोबास गर्ने वर्ष ४२ को Johnson नाम बताउने LIANG JUN (PPE9999552I) चाईनिज पुरुष ।
प्रारम्भिकअनुसन्धानबाट खुल्न आएको विवरणः-
- प्रतिवादी सन २०१८ देखि नेपाल आउने जाने गर्ने गरेको, visit, student र Business visa मा नेपालमा बसोवास गरी विभिन्न व्यापार , व्यवसायमा लगानि समेत गरीरहेको बुझिन आएको ।
- जाहेरवाली “२६ बबरमहल १८९” चिनियाँ भाषाको दोभाषे साथी मार्फत चिनियाँ नागरीक LIANG JUN संग भेटघाट भई ४।५ महिना सँगै काम गरिसकेपछि प्रतिवादीले थाईल्याण्डमा कम्प्युटर टाईपीङ सम्बन्धि रोजगारीमा लैजान प्रस्ताव गरेको ।
- पक्राउ परेका प्रतिवादी सम्मिलित गिरोहले नेपालबाट आकर्षक रोजगारीमा थाईल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको पाईएको ।
- म्यान्मार पुगिसकेपछि सक्कल राहदानी र मोबाईल जफत गर्ने,बन्धक बनाउने र बिभिन्न सामाजिक सञ्जाल (फेसबुक,ह्वाट्सएप,ट्विटर,ईन्सटाग्राम जस्ता एपहरु) मार्फत दिनको १८ देखि २० घण्टा सम्म online Scamming को काममा लगाउने गरेको पाईएको,उक्त कार्य गर्न नमानेमा शारीरिक मानसीक यातना दिने गरेको ।
- Online Scamming मार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई Fake ID मार्फत कुराकानी गरी cryptocurrency , Bit coin लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको ।
-काम गर्न नसकि फिर्ता हुन्छु भन्नेलाई Ransom रकम माग गर्ने गरेको पाईएको ।
- उक्त गिरोहको मिलोमतोमा थाईल्याण्ड भनि म्यान्मार पठाईएका पीडित जाहेरवाला लगायत कम्तीमा १० जनालाई जबर्जस्ती Online Scamming को काममा लगाउदै आईरहेको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको ।
- प्रस्तुत घटनामा अन्य २ जना चाईनिज नागरिकहरुको संलग्नता रहेको बुझिन आएको, संलग्न अभियुक्तहरुको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको ।
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजनामा WINROCK International र CeLRRd को प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा मधेश प्रदेश अन्तर्गतका प्रहरी ईकाइमा कार्यरत नेपाल प्रहरीका १२ जना जु.प्र.अ.सहित जम्मा २९ जना अनुसन्धान अधिकारीहरुका लागि "मानव बेचबिखन तथा ओसापसार अपराधको अबधारणात्मक प्रष्टता एबम् प्रभावकारी अनुसन्धान" विषयक ३ दिने अनुशिक्षण तालिम आज मिति २०८०-०३-२७ गतेबाट मधेश प्रदेशमा शुभारम्भ भएको ।
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो,USAID र WINROCK को संयुक्त आयोजनामा कोशी प्रदेश अन्तर्गतका प्रहरी ईकाइमा कार्यरत नेपाल प्रहरीका ८ जना जु.प्र.अ.सहित जम्मा ३० जना अनुसन्धान अधिकारीहरुका लागि "मानव बेचबिखन तथा ओसापसार अपराधको अवधारणात्मक प्रष्टता एवम् प्रभावकारी अनुसन्धान" विषयक ३ दिने अनुशिक्षण तालिम आज मिति २०८०-०३-०५ गतेबाट कोशी प्रदेशमा शुभारम्भ भई मिति २०८०-०३-०७ गते समापन भएको ।
शुभकामना सहितको फेरी भेटौँला कार्यक्रम ।
==============================
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको मिति २०८०/०२/०७ गतेको निर्णयानुसार मानव बेचबिखन अनुसन्धान व्यूरोबाट बढुवा भई सम्पति शुद्धिकरण अनुसन्धान बिभाग प्रहरी शाखा, पुल्चोक पदस्थापना भई जान लाग्नु भएका प्रहरी उपरीक्षक बसुन्धरा खड्का सरलाई मिति २०८०/०२/२२ गते मानब बेचबिखन अनुसन्धान व्यूरो परिवारको तर्फबाट आयोजना गरिएको "शुभकामना सहितको फेरी भेटौँला कार्यक्रम ", सम्पन्न भएको छ । सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक बसुन्धरा खड्का ज्यूले मानव बेचबिखन अनुसन्धान व्यूरोमा रहँदा बस्दाको अवधिमा प्राप्त गरेका अनुभव तथा पेशागत उपलब्धिको चर्चा गर्नुका साथै व्यूरो परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूबाट मायाको चिनो प्रदान गर्नुका साथै व्यूरोमा उहाँले गर्नु भएको कार्यको प्रशंसा गर्दै निजको व्यबसायिक तथा पेशागत प्रहरी जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको छ।
मिति २०८०/०२/२१ गते मानव बेचबिखन अनुसन्धान व्यूरोको निरीक्षण भ्रमणमा पाल्नु भएका तालुक केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख प्र.अ.म.नि. किरण वज्राचार्य ज्यूलाई यस व्यूरोका प्रमुख प्र.व.उ. जीवन कुमार श्रेष्ठले स्वागत गर्नु भएको र प्र.अ.म.नि.ज्यूबाट सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै यस व्यूरोमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भएकोमा यस व्यूरो प्रमुखबाट प्र.अ.म.नि.ज्यूलाई धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको ।
“Psychological First Aid” तालिम सम्पन्न ।
****************************************
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान व्यूरोको तत्वावधानमा Anahata Nepal को सहयोगमा केन्द्रीय अनुसन्धान व्यूरो मातहतका व्यूरोहरु तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी परिसरहरुका मुद्दा शाखामा कार्यरत अनुसन्धान अधिकृतहरु र महिला सेलमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पीडित परामर्श सिप अभिवृद्धी गर्नका लागि मिति २०८०/०१/१९ गते देखि २०८०/०१/२१ गते सम्म संचालन भएको ३ दिने आवासिय “Psychological First Aid” तालिममा १६ जना प्रहरी अधिकृतहरु समेत गरि जम्मा २० जना प्रहरी कर्मचारीहरुको सहभागितामा काभ्रेपलाञ्चोकको पनौतीमा तालिम सम्पन्न ।
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को संयुक्त आयोजना तथा IREX को सहयोगमा लुम्बिनी प्रदेश अन्तर्गतका मुद्दा शाखा तथा नेपाल - भारत सिमा स्थित प्रहरी ईकाइमा कार्यरत प्र.अ.हरुळाई संचालित २ दिने मानव बेचबिखन मुद्दाको अनुसन्धान र कानूनी प्रकृया बिषयक आवासिय प्रशिक्षण कार्यक्रम मिति २०८०/०१/११ गते समापन भएको छ ।
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानब अधिकारको लागि जनमञ्च (पिपुल फोरम) को संयुक्त आयोजना तथा IREX को सहयोगमा लुम्बिनी प्रदेश अनतर्गतका मुद्दा शाखा तथा नेपाल-भारत सिमा स्थित प्रहरी ईकाइमा कार्यरत प्र.अ.हरुलाई संचालित २ दिने मानव बेचबिखन मुद्दाको अनुसन्धान र कानूनी प्रकृया बिषयक आवासिय प्रशिक्षण कार्यक्रम आज मिति २०८०/०१/१० गते ०९:०० बजे शुभारम्भ भएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजना तथा USAID र WINROCK International को समन्वयमा नेपाल प्रहरीका अपराध अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुका लागि मानव बेचबिखन तथा ओसारपसार अपराधको अवधारणागत प्रष्टता एवम् प्रभावकारी अनुसन्धान विषयक प्रशिक्षण तालिम मिति २०७९।१२।२६ गते देखी २८ गते सम्म सञ्चालन भएको ३ दिने प्रशिक्षण कार्यक्रम समापन ।
मिति २०७९।११|२५ गतेका दिन यस मानब बेचबिखन अनुसन्धान व्यूरोका निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा यस ब्यूरोका सिनियर अधिकृत समेतको सहभागितामा US Embassy का प्रतिनिधिको रुपमा Poltical Affairs Officer Luther Gove, Program Advisor Sarah Davis, Rebecca Lesnak, and Foreign Affairs Officer from the State Department’s Office Matthew Villemain को समुपस्थितीमा नेपालमा मानव वेचविखन तथा ओसार-पसार र बालबालिका वेचविखनको वर्तमान अवस्था चुनौती लगायत ब्यूरोको परिचय, अनुसन्धानात्मक प्रक्रिया एवम् भावि लक्ष्य सहितका कार्यक्रमहरुको विषयमा छलफल/अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको ।
मिति २०७९।११|१८ गतेका दिन यस मानब बेचबिखन अनुसन्धान व्यूरोका निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा यस ब्यूरोका सिनियर अधिकृत समेतको सहभागितामा USAID का प्रतिनिधिको रुपमा Director DGO David Isaak, Deputy DGO Mrs. Netlyn Bernard, chief of Party Hamro Samman USAID Granted Zainab Akther को समुपस्थितीमा नेपालमा मानव वेचविखन तथा ओसार-पसारको वर्तमान अवस्था, चुनौती लगायत ब्यूरोको परिचय, अनुसन्धानात्मक प्रक्रिया एवम् हाम्रो सम्मान अन्तर्गतका तालिमको विषयमा छलफल/अन्तर्क्रियात्मक कार्यक्रम गरिएको।
युगान्डाबाट ल्याएर ठमेलमा वेश्यावृत्ति, युगान्डाकै अर्की महिला पक्राउ अफ्रिकी देश युगाण्डाकी महिलालाई वेशयावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको ....
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Hotline/Tollfree No:/1177
Kathmandu
Naxal
Kathmandu
This is the Official page of Nepal Police. This page should not be used for reporting crime.
Singhadurbar
Kathmandu
This is the official page of the Narcotic Drugs Control Section, Ministry of Home Affairs Government of Nepal.