CPN-Uml Gandaki

CPN-Uml Gandaki

You may also like

Dinesh K Gupta
Dinesh K Gupta

Nepal Communist Party Uml Gandaki

जनताले सरकार भएको अनुभूति गर्न पाएनन् : गुरुङ 20/12/2023

जनताले सरकार भएको अनुभूति गर्न पाएनन् : गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकमा सरकार नभएको टिप्पणी गरेका छन् । उनले संवैधानिक र कानुनी रुपमा मात.....

17/12/2023
17/12/2023
17/12/2023
Photos from KP Baa's post 17/12/2023
Photos from CPN-Uml Gandaki's post 16/12/2023

एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुन्छ : ओली
फिदिम : मंसिर ३०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने दाबी गर्नुभएकाे छ ।

शनिबार पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने उहाँले बताउनुभयाे ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताउँनुभयाे ।

ओलीले भन्नुभयाे, 'देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।'

यस्तै उहाँलेे एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताउनुभयाे । उहाँले भन्नुभयाे, 'देश विकास हुन सकेको छैन् । देश कङ्गालीतर्फ धकालिदैछ । सरकारको बेइमानी चिर्न तपाईंहरुले एमालेलाई विश्वास गर्न जरुरी छ ।'

कृषि उत्पादन र प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने ओलीको भनाइ छ ।

Photos from CPN-Uml Gandaki's post 16/12/2023

पाँचथर मा जनसागर !

केपी ओलीको ‘लङ मार्च’ 16/12/2023

विशेषगरी पहाडका जनतामा आत्मविश्वास जगाउनु यो यात्राको उद्देश्य थियो । यात्राभर अध्ययन, अभिव्यक्ति र गतिविधिबाट अध्यक्ष ओलीले त्यस्तो आत्मविश्वास जगाउने काम गर्नुभयो ।

केपी ओलीको ‘लङ मार्च’ कर्तव्यप्रतिको इमानदारीले आगो र पानीको पर्वाह गर्दैन भनिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियताल...

16/12/2023

एमाले माथि जनताको क्रेज देखियो, नयाँ दल र राजतन्त्रको पक्षमा जनता छैनन् ः पृथ्वी सुब्बा गुरुङ
तेह्रथुम । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको बताउनुभएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ दिनसम्मको अनुभव सुनाउँदै गुरुङले एमाले विरुद्धको भ्रम चिर्दै यात्रामा देश भरी साथ र समर्थन पाएको बताउनुभयो । एमालेलाई कोशी प्रदेशमा केही व्यक्तिहरूले लगाएको पहिचान विरोधीको आरोप पनि यात्राको क्रममा नागरिक समर्थनले चिरिदिएको उहाँले दाबी गर्नुभयो ।
तेह्रथुममा पत्रकारसँग कुरा गर्दै गुरुङले बहु पहिचान सहित अहिलेको संघीयताको मोडल नै नेकपा एमालेको मोडल भएको दाबी गर्नुभयो । नेकपा एमालले नै संघीयतामा सात प्रदेशको कुरा दृढतापूर्वक उठाएको उहाँले स्मरण गराउनुभयो । ‘नेकपा एमाले प्रति जनताको व्यापक समर्थनबाट विमुख बनाउन देशी विदेशी शक्तिले एमालेलाई पहिचान विरोधी भनेर भ्रम फिँजाउने काम गरेका हुन्’, गुरुङले भन्नुभयो ।
एमालेको संकल्प यात्राले राजतन्त्र वा नयाँ दलको पक्षमा जनता छैनन् भन्ने कुरा पुष्टि गरेको गुरुङको भनाइ छ । जनताले यात्रा मार्फत एमाले विरुद्ध लागेका सबै आरोपको खण्डन गरिदिएको उहाँले बताउनुभयो । ‘यात्राको क्रममा एमाले प्रतिको क्रेज देखियो’, उहाँले भन्नुभयो ।
मध्यपहाडी लोकमार्ग निर्माण र स्तरोन्नतिको लागि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सरकाले निर्माणका काम ठप्प बनाएर कुनै काम नगरेको यात्राको क्रममा देखिएको उहाँले बताउनुभयो ।
त्यस्तै सरकारले आर्थिक विकासको कुनै काम नगरेको देखिएको पनि उहाँको भनाइ छ । आर्थिक करिडोरको बारेमा सरकारले नसोच्दा पहाड श्रोतले धनी हुँदा पनि समृद्धिको पथमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुला घाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

Photos from CPN-Uml Gandaki's post 15/12/2023

मध्यपाहाडी लोकमार्ग समृद्धि यात्रा
तेह्रथुमस्थित जन्मघरमा ने क पा एमालेका अध्यक्ष के पि ओली
सम्बन्ध स्थानिय सन्देश राष्ट्रिय

Photos from CPN-Uml Gandaki's post 15/12/2023

हिंसा र मुठभेटले समस्याको समाधान दिँदैन : केपी ओली
तेह्रथुम ,मंसिर २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारको समस्या समाधान नहुने बताउनुभएको छ ।
शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ आयोजित शुक्रबार झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन नहुने बताउनुभयो । ‘हिंसात्मक रूप दिनु, मुठभेटमा जानु, त्यसले कुनै पनि समस्याको समाधान दिँदैन’, उहाँले भन्नुभयो ।
लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट नै समस्याको समाधान खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढङ्गले नै हुनसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
बाटाका प्रदर्शनले, बाटोमा रुख ढालेर समस्या समाधान नहुने उहाँले प्रष्ट पार्नुभयो । यो कुरा सबैले बुझ्न आवश्यक रहेको ओलीले बताउनुभयो ।
एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको ओलीले बताउनुभयो । देशी विदेशी शक्ति आत्तिएर एमालेलाई अन्यायपूर्ण तरिकाले सरकारबाट हटाइएको ओलीको भनाइ छ ।
एमालेले फेरी पनि जनताको अभिमतमा विश्वास गरेर धैर्यताको साथ सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको उहाँले बताउनुभयो । गठबन्धनका षडयन्त्रपूर्ण क्रियाकलाको भण्डाफोर गर्दै एमाले शान्तिपूर्ण ढङ्गले जनताको अभिमतबाट अगाडि आउने उहाँले स्पष्ट पार्नुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेले मिसन २०८४ भनेको उहाँले स्पष्ट पार्नुभयो । मिसन २०८४ समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने मिसन भएको उहाँले बताउनुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

Photos from Balkot's post 15/12/2023
15/12/2023

तेह्रथुमको म्याङलुङ स्थानीय भेषभूषामा छोरीहरू !
लिम्बू भाषामा बिरालोलाई म्याङ भनिन्छ भने ढुङ्गालाई लुङ भनिन्छ। यहाँ बिरालोको नङग्राले खोस्रेर बनेको ढुङ्गाको मूर्ति छ। त्यसैबाट यस ठाउँको नाम म्याङलुङ रह्यो ।
हाम्रो यात्रामा जोडिनु भएका म्याङलुङबासी सबैलाई धन्यवाद!
सम्बन्ध स्थानीय - सन्देश राष्ट्रिय
२०८०

15/12/2023

शुभ बिहानी बसन्तपुर !!!
तेह्रथुम,धनकुटा र संखुवासभाको संगमस्थल बसन्तपुर क्षेत्रमा ३२ प्रजातिका गुराँस पाइन्छ। यहाँको तीनजुरे,मिल्के जलजले (टिएमजे) ) लाई गुराँसको राजधानी पनि भनिन्छ । यहाँ रातो मात्र होइन, विभिन्न रंगको गुराँस फूल्छ । चैत बैशाखमा यहाँका भीरपाखा रंगीन हुन्छन् । पर्यटकका लागि यो सुन्दर गन्तव्य हो ।
सम्बन्ध स्थानीय - सन्देश राष्ट्रिय
२०८०

14/12/2023
14/12/2023

यात्राको १५ औं दिन पूरा हुँदा हामीले १८०१ किलोमीटर दूरी पार गरेका छौं । यसबीचमा हामीले किसानलाई भेटेका छौं, कृषि वैज्ञानिक भेटेका छौं, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, युवा, कालिगढ, डाक्टर, व्यवसायी, मजदुर, उद्यमी लगायत सम्पूर्ण क्षेत्रका व्यक्ति र संस्थासँग छलफल गरेका छौं। यो यात्रा यात्राको भोलिपल्टै सकिने यात्रा होइन, यसले मध्यपहाडी जीवनमा राजमार्गले ल्याएको परिवर्तन बुझ्न र जनजीवनलाई अझ सजिलो बनाउने उपाय खोज्छ। आजको यात्रा राणा शासन विरोधी संघर्षका योद्धाहरू रामप्रसाद राई र नारदमुनि थुलुङ तथा सामाजिक क्रान्तिकी अगुवा योगमायामा समर्पित गर्दछु।
सम्बन्ध स्थानीय - सन्देश राष्ट्रिय
२०८०

Photos from CPN-Uml Gandaki's post 14/12/2023

कांग्रेस पनि आजित भइसकेको छ, यो सरकार ८४ सम्म टिक्दैन : ओली
भोजपुर ,मंसिर २८
: नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार ८४ सम्म नटिक्ने दाबी गरेका छन् ।

बिहीबार भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारका कारण जनताले दुख पाएको बताए ।

सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको ओलीको भनाइ छ ।

सरकार कुहिएको फल जस्तो भएको ओलीले बताए । उनले भने, 'सरकारको काम गतिलो छैन । जनताले दुख पाइरहेका छन्। कांग्रेस पनि आजित भइसकेको छ । सरकार कुहिएको फल जस्तो भएको छ।'

अहिले जनतालाई भेदभाव र पक्षपात नगर्ने सरकारको आवश्यकता रहेको उनले बताए ।

एमाले सरकारमा हुँदा असाधारण विकास भएको उनको दाबी छ ।

13/12/2023

आजको सूर्य खबर

Photos from CPN-Uml Gandaki's post 13/12/2023

एमालेको समृद्धिका लागि संकल्प यात्राको यस्तो छ धनकुटामा तयारी
कठामाडौं , मंसिर २७
नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमको लागि धनकुटामा आवश्यक तयारी पूरा भएको छ ।
बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको १५ औँ दिनमा अभियान टोली बिहीबार धनकुटा पुग्दै छ । अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहनुभएको छ ।
नेकपा एमाले धनकुटाले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ । पार्टीको प्रचार तथा प्रकाशन विभागले बुधबार पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ । संकल्प यात्राको टोलीलाई बिहीबार बिहान लेगुवामा स्वागत गरेर जिल्ला प्रवेश गराइने कार्यक्रम रहेको नेकपा एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।
बिहीबार बिहान नौ बजेतिर टोली लेगुवा पुग्ने कार्यक्रम रहेको छ । बिहीबार धनकुटाका लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका छन् । त्यहाँका कार्यक्रम सकेर अभियान तेह्रथुम प्रवेश गर्ने छ र वसन्तपुरमा आमसभा हुने छ ।
यात्राका क्रममा लेगुवामा ज्येष्ठ नागरिकसँग भेटघाट कार्यक्रम राखिएको छ । त्यस्तै पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया हुने छ ।
बिहीबार र नै अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्य प्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम पनि रहेको छ ।
जोरपाटीमा संकल्प यात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम मात्रै छ । सिधुवामा भने कृषक र कृषि क्षेत्र सम्बद्ध सरोकारवालासँग अन्तरक्रिया राखिएको छ ।
सिधुवाको कार्यक्रम पछि दिउँसो वसन्तपुरमा सभा राखिएको छ । वसन्तपुरको सभा धनकुटा, तेह्रथुम र सङ्खुवासभाको तर्फबाट संयुक्त रूपमा गर्न लागिएको हो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

13/12/2023
Photos from CPN-Uml Gandaki's post 13/12/2023

वर्तमान सरकार धेरै नटिक्ने अध्यक्ष ओलीको दावी
भोजपुर ,मंसिर २७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको बताएका छन् । भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए । उनले भने, यो कुहिएको फल जस्तो भएको छ, यसलाई झारेन भने पनि आफै झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा नरहेको ओलीले बताए । उनले वर्तमान सरकारबाट केही नहुने बताए ।
उनले एमालेलाई सिद्ध्याउँछु मार्छु भन्ने सपना भङ्ग गर्न समेत आग्रह गरे । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको बताए । ओलीले एमालेसँग एक्लै लड्ने त के हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेको बताए । उनले एमालेसँग एक्लै कोही लड्न नसक्ने भएकाले कसैले दाइने हात कसैले देब्रे हात कसैले जिउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोजेको बताए । उनले भने, एमालेलाई सिद्ध्याउँछु भनेर हातको छेउमा आए मुक्का खाने, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ एमालेले बनाउनु पर्छ ।
मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै सङ्कटमा पर्ने बताए । उनले भने, एमालेले बहुमत नल्याए देश धेरै अप्ठेरो अवस्थामा जाने छ । गठबन्धन दलहरूबाट देशमा केही हुनेवाला नभएको बताए । उनले देशमा वर्वाद भएको एमालेले हेरिरहन नसक्ने बताए ।

Photos from CPN-Uml Gandaki's post 13/12/2023

नेकपा एमालेले संचालन गरेको झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा टोली भोजपुर पुगेको छ । भोजपुर सदरमुकाममा स्वागत र जन-संवाद कार्यक्रम @भोजपुर बजार ।

Photos from K P Sharma Oli's post 13/12/2023
13/12/2023

दिक्तेलबाट शुभ बिहानी !
पाखा पखेरामा पोखिएका घामका कलिला किरण !
मनमोहक छ, सुन्दर छ गाउँ !
सम्बन्ध स्थानीय - सन्देश राष्ट्रिय
२०८०

माओवादीका दुई चर्चित नेता एमाले प्रवेश 12/12/2023

https://janatatimes.com/archives/225950?fbclid=IwAR3bB2YwMZuq0-8QzYCGg-vVfg-dWLN3SLBPENSy-LffZQoQdKPdES7KUyg

माओवादीका दुई चर्चित नेता एमाले प्रवेश ओखलढुंगा, मंसिर २६ । मध्यपहाडी संकल्प यात्राका क्रममा ओखलढुंगाका दुई माओवादी नेता नेकपा एमालेमा प्रवेश गरेका छन....

Photos from CPN-Uml Gandaki's post 12/12/2023

ओखलढुंगाको हर्कपुरमा विशाल सभा

Photos from CPN-Uml Gandaki's post 12/12/2023

कोशी प्रदेश प्रबेश
सम्बन्ध स्थानीय सन्देश राष्टिय-२०८०,अभियान ।

Photos from CPN-Uml Gandaki's post 12/12/2023

एमाले अध्यक्ष केपी ओलीद्वारा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन
रामेछाप । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।
एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप पुग्नु भएका ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गर्नुभएको हो । सो क्रममा ओलीले आयोजनाको प्रगति बारे जानकारी लिनुभएको थियो ।
ओली प्रधानमन्त्री हुँदो सो आयोजना सुरु भएको हो । एमाले नेतृत्व सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको थियो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।
आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अरब खर्च भएको छ ।
सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य सुरु भएको छ । ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका काम पनि सुरु भएका छन् ।
सुनकोशी नदीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिनमा झारिने छ । मरिण् खोलामा खसालिएको पानि वाग्मती नदी हुँदै वाग्मती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ ।
सुनकोशी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इन्ट्री पोर्टल, ५दशमलब ५ मिटर व्यास भएको १३ ३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड,३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।,
सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिण खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरु, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

Photos from CPN-Uml Gandaki's post 12/12/2023

सिन्धुलीको खुर्कोटमा सभा

Photos from CPN-Uml Gandaki's post 12/12/2023

एमाले अध्यक्ष ओलीद्वारा रामेछापको मन्थलिस्थित मदन आश्रितको सालिकमा माल्यार्पण
काठमाडौं । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले रामेछापको मन्थली स्थित मदन आश्रितको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मन्थली पुग्नुभएका ओलीले मंगलबार बिहान मदन भण्डारी स्मृति पार्कमा रहेको उहाँहरूको सालिकमा माल्यार्पण गर्नुभएको हो ।
मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्दै छ । हिजो राति रामेछापको मन्थलीमा सन्देश सभा राखिएको थियो ।
आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदै छ । घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने छ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

एमालेको संकल्प यात्रा : आज घुर्मीमा सभा, दिक्तेल बास 12/12/2023

एमालेको संकल्प यात्रा : आज घुर्मीमा सभा, दिक्तेल बास काठमाडौं । नेकपा (एमाले) ले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रव....

Photos from CPN-Uml Gandaki's post 11/12/2023

देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले अथाह साथ, समर्थन र उत्साह पाएको बताउनुभएको छ ।
सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको बताउनुभयो । ’यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भन्नुभयो ।
देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताउनुभयो । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीले बताउनुभयो । यो देश बनाउन पर्छ भन्ने बुझेर नै जनताले एमालेको समृद्धिको लागि संकल्प यात्रामा साथ दिएको ओलीको भनाइ छ ।
देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिनुभयो । नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गर्नुभयो । ‘बाघको छाला लगाएका तर स्याल, त्यस्ताले पार्टी सिद्ध्याउन खोज, हामीलाई त पार्टीको साधारण सदस्यबाट नै निकालिदिए’, ओलीले भन्नुभयो ।
एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताउनुभयो । प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र नेकपा एमाले नबनेको उहाँले स्पष्ट पार्नुभयो ।
एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको ओलीले बताउनुभयो । सरकारले ल्याएको यो बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो । अहिले अर्थतन्त्र ओरालो लागेको र युवा पलायन बढेको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो ।
गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने हुने ओलीले बताउनुभयो । सरकार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
सकरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको ओलीले बताउनुभयो । यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, ओलीले भन्नुभयो ।
अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताउनुभयो । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएको उहाँले स्पष्ट पार्नुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले ) पुष्पलाल मध्यपहाडी लाेकमार्ग यात्रा अभियान-  "झुलाघाट- चिवाभञ्ज्याङ् समृद...
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले ) पुष्पलाल मध्यपहाडी लाेकमार्ग यात्रा अभियान-  "झुलाघाट- चिवाभञ्ज्याङ् समृद...
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले ) पुष्पलाल मध्यपहाडी लाेकमार्ग यात्रा अभियान-  "झुलाघाट- चिवाभञ्ज्याङ् समृद...
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले ) पुष्पलाल मध्यपहाडी लाेकमार्ग यात्रा अभियान-  "झुलाघाट- चिवाभञ्ज्याङ् समृद...
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले ) पुष्पलाल मध्यपहाडी लाेकमार्ग यात्रा अभियान  झुलाघाट- चिवाभञ्ज्याङ् समृद्ध...
नेकपा (एमाले) गण्डकी प्रदेश विशेष समारोह ।। २०८० कार्तिक १३ गते । पोखरा सभागृह
हार्दिक शुभकामना !
नेकपा एमाले जिन्दाबाद !असोज १५ गते अमरसिंह  चौर जाऔं! गण्डकी प्रदेशको प्रथम  ऎतिहासिक अधिवेशन भब्यताका साथ सफल पारौं !-ग...

Website

Address

Pokhara

Other Political Parties in Pokhara (show all)
Narayan prasad Acharya Narayan prasad Acharya
Archalbot 2
Pokhara

Nepali leaders should be given priority to the nepali peoples and the nation first.

नेकपा एमाले पोखरा - , ३0 नेकपा एमाले पोखरा - , ३0
Lekhnath
Pokhara, 33700

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव

Rastriya Prajatantra Party Nepal - Kaski Rastriya Prajatantra Party Nepal - Kaski
Pokhara Airport
Pokhara, 33700

सम्बर्दधनवाद, सुशासन, समृद्धिको जगमा टेकेर सवल, समुन्नत र स्वाधीन नेपालको निर्माण गर्दै ।

Rastriya Swatantra Party - Kaski Rastriya Swatantra Party - Kaski
Pokhara
Pokhara, 44600

Rastriya Swatantra party - Kaski

Rastriya Yuva Sangh Nepal Rastriya Yuva Sangh Nepal
Gandaki Prades
Pokhara

Unified youth 22 Unified youth 22
22
Pokhara

Tarun dal pokhara 32 Tarun dal pokhara 32
Pokhara

democratic youth committee for the changes and for complete revolution for the nation�

Purna Kumar Gurung Purna Kumar Gurung
Ward No. 27
Pokhara, 33700

पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्

Rsp_Pokhara Rsp_Pokhara
Pokhara
Pokhara

This page give you a great news about pokhara under RSP party For more contact ९८५१३६०६६६

नेपाली काँग्रेस, कास्की नेपाली काँग्रेस, कास्की
Pokhara Metropolitan City, Ward No. 4, Chipledhunga
Pokhara, 00977

Nepali Congress is the oldest and the largest democratic party of Nepal